काठमाडौं – उपप्राध्यापक तथा कवयित्री उपमा आचार्यको नेतृत्वमा अन्तर्राष्ट्रिय साहित्यिक सञ्जाल राइटर्स इन्टरनेसनलको नेपाल समिति गठन गरिएको छ। काठमाडौंको मित्रपार्कमा आइतबार आयोजित नेपाली लेखक, कवि, साहित्यकारहरूको विशेष भेलाले राइटर्स इन्टरनेसनलको ११ सदस्यीय नेपाल समिति गठन गरेको हो। इन्टरनेसनलका अन्तर्राष्ट्रिय उपाध्यक्ष राजेन्द्र गुरागाईको प्रमुख आतिथ्यमा भएको सो भेलाद्वारा गठित नेपाल समितिको उपाध्यक्ष, महासचिव, सचिव तथा कोषाध्यक्षमा क्रमशः राधिका गुरागाई, मनोज न्यौपाने, नारायण सापकोटा र शारदा पाण्डे रहेका छन्। समितिको सदस्यमा ज्ञाननिष्ठ ज्ञवाली, गंगा सुवेदी, सुविद गुरागाई, राधा गजुरेल, देवा अधिकारी र कैलाशकुमार पाण्डे रहेका छन्।
राइटर्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय सदस्य कवि गोकुल अधिकारीका अनुसा अमेरिका, जापान, बंगलादेश, भारत, नेपाल, भुटानमा इन्टरनेसनलका समिति आफ्नो देशको मौलिक भाषा, साहित्य तथा संस्कृति प्रवद्र्धन तथा आदानप्रदानका लागि क्रियाशील रहेको छ।