गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा अमर्यादित ‘कमेन्ट’ गर्ने एकजना प्रहरीको फन्दामा परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले गायिका चौहानको जाहेरीका आधारमा एकजनालाई पक्राउ गरेको जनाएको छ।
ब्युरोका अनुसार गुञ्जन राई नाम गरेका व्यक्ति बुधबार ललितपुरबाट पक्राउ परेका छन्।
एलिनाले ब्युरोमा अन्य तीनजनाविरुद्ध पनि जाहेरी दिएकी छन्। उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ।
गायिका एलिना र समीक्षा अधिकारीले सामाजिक सञ्जालमा आफूविरुद्ध भद्दा र अमर्यादित कमेन्ट गर्नेहरूको ‘प्रोफाइल एक्सपोज’ अभियान चलाइरहेकी छन्। ती मध्ये निकृष्ट ढंगले आक्रमण गर्नेविरुद्ध कानुनी कारबाहीमा जाने घोषणा नै गरेकी छन्।