शुक्लाफाँटा नगरपालिका–११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन्। कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा राख्नमा व्यस्त छन्।
बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई ध्यानमा राखेर भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका हुन्। लगातार दुई दिनदेखि निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न थालेपछि जीउज्यान जोगाउन सुरक्षित स्थानमा सर्नुपरेको कलावती दमाईले बताए।
‘गत वर्ष राति सुत्ने तयारी गरिरहेका बेला बाढीले शिविर डुबाउँदा एकसरो लुगामा भागेर ज्यान जोगाएका थियौं,’ उनले भने, ‘यो वर्ष पनि त्यो पीडा भोग्न नपरोस् भनेर निरन्तर वर्षा भइरहेकाले नदीमा बाढी आउने सम्भावना बढेपछि बाढी आउनुअघि नै ओढ्ने, ओछ्याउने कपडासहित बालबालिकालाई सुरक्षित स्थानमा सार्नुपरेको छ।’
केही भूमिहीन परिवारले दातृ निकायले उपलब्ध गराएका त्रिपाल, केहीले पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर झोपडी बनाएका छन्। जति पानी बाहिर पर्छ, त्यति नै पानीभित्र चुहिने भएकाले बालबालिकालाई काखमा च्याप्दै भिजेर रात काट्नुपरेको दलबहादुर बोहराले बताए।
‘वर्षा नभएका बेला नदीमाथिको पक्की पुलमुनि सुत्ने गरेका छौं,’ उनले भने, ‘वर्षा भएपछि पुलमुनि बाढीको पानी आउने भएकाले चुहिने झोपडीमा गएर बस्नुपर्ने बाध्यता छ।’
पहिले नदीमा बाढी आउन थालेपछि सामुदायिक वन क्षेत्रको उँचो ठाउँमा गएर रुखमुनि ओत लाग्ने गरेको प्रकाश साउदले बताए। ‘वन क्षेत्रमा लामखुट्टेले टोकेर हैरान बनाउँथ्यो,’ उनले भने, ‘बर्खे झरीमा भिजेरै भए पनि ज्यान जोगाउने गरेका थियौं, खाद्यान्नलगायत सामान बोकेर लैजान नसक्दा नोक्सान हुन्थ्यो, त्यही भएर राजमार्ग छेउमा झोपडी बनाएर बस्न थालेका हौं।’
भूमिहीन परिवारले मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। वर्षात्को समयमा मजदुरी नपाइँदा भोकभोकै बस्नुपरेको गुनासो माघी रावतले सुनाए।
झुल, त्रिपाल र टर्च लाइटको व्यवस्था गरिदिन भन्दै वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म पटकपटक गए पनि सुनुवाइ नभएको भूमिहीन परिवार बताउँछन्। ‘सुरुमा जाँदा जनप्रतिनिधिले समस्या समाधान गर्छौं भन्थे, अहिले जाँदा झर्केर बोल्छन्, माग्न जानै छाडेका छौं,’ भूमिहीन परिवारले भने।
शिविरमा बस्दै आएका परिवारले भूमि समस्या समाधान आयोगको लगतमा जग्गा र आवासका लागि निवेदन दिएका छन्। निस्सा प्राप्त गरे पनि अहिलेसम्म बसोबासको टुङ्गो भने लाग्न सकेको छैन। वनहरा भूमिहीन शिविरमा २८ परिवारको बसोबास छ। भूमिहीन परिवारले झोपडीमा राख्न त्रिपाल, वर्षात्का बेला काम नपाइँदा दुई छाक खान अन्नको व्यवस्था र राति हिँडडुल गर्न टर्चलाइटको व्यवस्था गरिदिन दातृ निकायसँग अनुरोध गरेका छन्। रासस