सगरमाथा संवादमा हिमालदेखि सहरको चिन्ता
०३ जेष्ठ २०८२
•
४ मिनेट पाठ
सगरमाथा संवादमा हिमालदेखि सहरको चिन्ता
सगरमाथा संवादको प्राविधिक सत्रमा जलवायु परिवर्तनले हिमालदेखि सहरसम्म्म पारेको प्रभाव र तिनका निदानका लागि गर्नुपर्ने प्रयासका बारेमा छलफल भएका छन्।




विश्वका तापमान बढ्दा हिमालय क्षेत्रका हिउँ, हिमनदी मात्र प्रभावित छैनन्, जनघनत्व बढ्दै गरेका सहरहरु पनि जलवायु परिवर्तनले प्रत्यक्ष प्रभावित छन्। त्यही पृष्ठभूमिमा संवादको समानान्तर सेसनमा यी निकै चासोको विषय बनेका छन्।

शनिबार दिगो सहर र समुदाय विषयको प्राविधिक सत्रमा ग्लोबल ग्रिन ग्रोथ सेन्टरका सल्लाहकार डा. विन्दु नाथ लोहनीले काठमाडौंमा वर्षाको पानीलाई सिधै जमिनलाई पठाउन, भौतिक संरचनाहरूलाई न्यून कार्बन उत्सर्जन पार्न र हरेक घरको छतमा सोलर प्यानल राख्न सहुलियत दिन सल्लाह दिए। 

नेपालले सन् २०४५ सम्म खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको चर्चा गर्दे उनले सन् २०३५ सम्म सबै निजी गाडीलाई विद्युतीय पार्नुपर्ने, र सहरमा चल्ने पेट्रोल डिजेल गाडीलाई विस्थापन गर्ने समयसारिणी सहित लक्ष्य तोक्नुपर्ने बताए।

प्रकृतिका आधारित समाधान, प्रविधिको उपयोग, सरकारी वित्त सहयोग, म्युनिसिपल बन्डको स्थापना लगायतका विषयलाई सहरलाई प्रकृतिमैत्री बनाउन सकिने उनको कथन थियो। ‘सहर इकोनोमिक पावरहाउस हुनु, सहरको व्यवस्थापन गर्ने निकायले मैले देशको व्यवस्थापन गर्दै छु भन्ने सोचका साथ काम गर्नु पर्छ,’ उनले भने।

दिगो भविष्यका लागि सहर प्रयोगशाला रहेको चर्चा गर्दै उनले हरित सहरले जलवायु परिवर्तनले सिर्जना गर्ने चुनौतीसँग लड्न सहयोग गर्ने बताए।

उनले हालै कार्यान्वयनमा आएको हानी नोक्सानी कोष मार्फत पनि सहरको जलवायु उत्थानशीलता बढाउन सकिने र सहरी क्षेत्रमा भएका क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्न सकिने बताए। ‘प्रविधिको प्रयोग, नगरपालिकाहरूको क्षमता वृद्धि, सहर व्यवस्थापनमा रहेको विश्वव्यापी असल अभ्यास र  ज्ञानको साझेदारी उतिकै महत्त्वपूर्ण छन्,’ उनको भनाई थियो।

कोप २९ का अध्यक्ष तथा अजरवैजनमा प्राकृतिक संसाधन तथा इकोलोजी मन्त्री मुख्तर बवायेव सन् २०५० सम्ममा विश्वका २ तिहाइ सहरमा बस्ने प्रक्षेपण रहेको बताउँदै जलवायु परिवर्तनका लडाइँमा अब सहर केन्द्रित हुनुपर्ने आवश्यकता सिर्जना भएको बताए।

काठमाडौं महानगरपालिकी उपमेयर सुनिता डंगोलले सहरले कार्बन उत्सर्जन अधिक गर्ने र जलवायुजन्य जोखिमका हिसाबले पनि सहर अग्रसुचीमा रहेको बताइन्।

‘जलवायु परिवर्तन विरुद्धको लडाइँमा सहर युद्ध भूमि बन्नेछन्’ भन्ने संयुक्त राष्ट्र संघका महासचिव एन्टिनिओ गुटरेशको भनाइलाई उद्धृत गर्दै उनले भनिन, ‘काठमाडौंमा अन्यत्र भन्दा तापक्रम बढेको छ। गत वर्षको मनसुनमा उपत्यकाको दक्षिणी क्षेत्रमा आएको बाढीले कैयनको ज्यान गयो, ५ सय घर नष्ट भए र ११ हजार परिवार विस्थापित भए। यसैगरी सहरमा भेक्टरबर्न र एयरवर्न रोगहरु, श्वासप्रश्वास सम्बन्धी रोगहरु बढेका छन्।

जलवायु परिवर्तनले सहरी क्षेत्रमा ल्याएको परिवर्तनलाई सम्बोधन गर्न स्थानीय सरकार र समुदायको हातेमालो जरुरी रहेको उनको भनाइ थियो।

जलवायु कार्यका लागि जलवायु वित्तको आवश्यक पर्ने बताउँदै उनले जलवायु वित्तमा स्थानीय सरकाको सिधा पहुँच हुनुपर्ने बताइन्।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन महानगरले वृक्षारोपण गर्ने लगायत भौतिक संरचनालाई प्रकृतिमैत्री बनाउनेमा प्राथमिकता दिएको चर्चा गर्दै पाटन दरबार स्वायरमा छिटै विद्युतीय सटल बसको सुरुवात गर्न लागिएको सुनाइन्। 

‘हामीले महानगरका लागि कुनै पेट्रोल डिजेल गाडी खरिद नगर्ने नीति लिएका छौं, सहरलाई क्लाइम स्मार्ट बनाउने प्रयासमा छौं। कम उत्सर्जन गर्ने व्यवसायलाई कर छुट दिने गरेका छौं,‘ महर्जनले उक्त प्राविधिक सत्रमा भनिन्।

सहरलाई प्रकृतिमैत्री पार्न ठुलो वित्तीय आवश्यकता पर्ने चर्चा गर्दै भारतका इग्रो फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत चरण सिंहले विकेन्द्रीकरणको अवधारणा, समुदायको सहभागिता, सार्वजनिक निजी क्षेत्रका सहकार्य  र अन्तर्राष्ट्रिय वित्तीय सहयोगको मिश्रित रूप अथवा ब्लेन्डेड फाइनान्स मार्फत सहरलाई रूपान्तरण गर्न सकिने बताए।

‘भारतका  पुणे, गाजियावाद, चण्डीगढ र नयाँ दिल्लीको ग्रेटर नोयडाले प्रकृतिमैत्री, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापनमा उल्लेख्य प्रगति गरेका छन्। यो अन्य सहरका लागि सिकाई हुन सक्छ,’ उनको भनाइ थियो।

चरण सिंहको सुझाव प्रति सहमति राख्दै प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार समेत रहेका अर्थविद् डा. युवराज खतिवडाले सहरलाई सुधार्न सम्भावित समग्र वित्तीय संसाधन आकर्षित गर्नुपर्ने बताए।

सहरका केन्द्र र छेउछाउका साथै नदी किनारमा रहेको अव्यवस्थित बसोबास क्षेत्रलाई सुधार्न ध्यान दिनुपर्ने पनि उनको सुझाव थियो। ‘यसो गर्न सकेमा विपद् व्यवस्थापनमा सहयोग पुग्दछ, सँगसँगै प्राकृतिक सुन्दरतामा समेत अभिवृद्धि गर्न सकिन्छ,’ उनले भने।

जलवायु क्षेत्रमा काम गर्दै आएका प्रकृति रिसोर्सेस सेन्टरका कार्यकारी निर्देशक सहरी पूर्वाधारलाई जलवायुमैत्री पार्न निश्चित बजेटको जोहो गर्नुपर्न र अन्य कार्यलाई वातावरण तथा जलवायुमैत्री पार्नु ठान्छन्।

‘जलवायु संकट हिमालबाट पहाड हुँदै तराईसम्म पुगेको छ। यसबाट अत्यधिक जनघनत्व भएका सहर झन् धेरै प्रभावित छन्। यसलाई हेलचक्र्याइँ गर्न सकिँदैन,’ क्षेत्रीले भने। 

शुक्रबार सुरु भएको संवादमा १३ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत कुल १७५ विदेशी पाहुनाको सहभागिता रहेको छ भने उत्तिकै संख्यामा स्वदेशी प्रतिनिधिको सहभागिता छ।

जलवायु परिवर्तन, पृथ्वीको तापमान वृद्धि, पर्वतीय अर्थतन्त्र, जलवायुजन्य हानी नोक्सानी, हिमालदेखि समुन्द्रलाई जोडने साझा विषय लगायत १२ फरक विषयमा सम्मेलनमा विभिन्न प्रस्तुति र छलफल हुने कार्यक्रम छ। सम्मेलन आइतबारसम्म चल्नेछ।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस