देशका विभिन्न जिल्लाहरूमा आइतबार र सोमबार गरी सात जना मृत अवस्थामा फेला परेका छन्।तीमध्ये केहीको परिचय खुलेको छ भने केहीको नाम, थर र वतन हालसम्म नखुलेको प्रहरीले जनाएको छ।
मोरङ- सुन्दरहरैंचा नगरपालिका–७, योगमाया टोलका ८१ वर्षीय पर्शुराम राई आइतबार सोही नगरपालिका–७ मा पूर्वाअञ्चल विश्वविद्यालयतर्फ जाने बाटो छेउमा मृत अवस्थामा फेला परेका छन्।
ललितपुर- ललितपुर महानगरपालिका–१४, महालक्ष्मीस्थानमा एक अन्दाजी ५१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्। हालसम्म उनको नाम, थर र वतन खुल्न सकेको छैन।
सिराहा- धनगढीमाई नगरपालिका–१२, सरेखोलाको डिलमा बसोबास गर्ने ४१ वर्षीय चौठी मण्डल आइतबार मृत अवस्थामा भेटिएका छन्। उनी सोही नगरपालिका–१२, बगरटोलका बासिन्दा हुन्।
रूपन्देही- ओमसतिया गाउँपालिका–३, लोरौली गाउँस्थित खाली खेतमा एक अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा भेटिएका छन्। उनको पनि परिचय खुल्न सकेको छैन।
गोरखा- सिरानचोक गाउँपालिका–६ को दरौदी नदीमा भिमसेनथापा गाउँपालिका–१ मसेलका ८० वर्षीय चन्द्रकान्त ढकाल सोमबार मृत अवस्थामा फेला परेका हुन्।
सप्तरी- खड्क नगरपालिका–५, खर्चुईया चोकमा विष्णुपुर गाउँपालिका–६, रंजितपुरका ३० वर्षीय पुर्ण भन्ने रमेश राम सोमबार मृत अवस्थामा भेटिएका छन्।
सोलुखुम्बु- खुम्बु पासाङल्हामु गाउँपालिका–३, घाटस्थित दूधकोशी नदीमा एक अन्दाजी ५० वर्षीय पुरुष सोमबार मृत भेटिएका छन्। उनको परिचय हालसम्म खुलेको छैन।
उक्त सबै घटनाबारे स्थानीय प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएका छन्। मृतकहरूको शव परीक्षणका लागि सम्बन्धित अस्पतालमा पठाइएको छ।