देशका विभिन्न स्थानमा आठ जना व्यक्तिहरू मृत अवस्थामा फेला परेका छन्।
प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लमजुङको मर्स्याङदी गाउँपालिका–९, लामागाउँमा ६५ वर्षीय सिंह बहादुर रिमाल शुक्रबार मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युको कारणको खुलासा भने भएको छैन।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१८, पंडितपुरस्थित माछा पोखरीमा ३० वर्षीया गीता चौधरी पनि मृत अवस्थामा फेला परेकी छन्।
चितवनको भरतपुर महानगरपालिका–४, शिवघाटस्थित नारायणी नदीको किनारमा २५ वर्षीय सिदार्थ गुरूङ पनि मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका–८, गौशालाबाट बनकाली जाने बाटोको सडक पेटीमा एक अन्दाजी ३२ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन्। उनका नाम, थर र वतन खुल्न सकेका छैनन्।
मोरङको पथरीशनिश्चरे नगरपालिका–१, गोस लाईनमा ४१ वर्षीय राजन कार्की शनिबार मृत अवस्थामा फेला परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, जरूवाटोलस्थित राप्ती खोलामा ३६ वर्षीय राज कुमार ब्लोन शनिबार मृत अवस्थामा फेला परेका छन्।
रामेछापको खाँडादेवी गाउँपालिका–४, खल्लरीस्थित तामाकोशीको किनारमा अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। उनका नाम र थर खुल्न नसकेको र प्रहरीले खोजी गरिरहेको छ।
रोल्पाको लुङ्ग्री गाउँपालिका–६, तल्लो गुम्चाल बस्ने २१ वर्षीय देवेन्द्र बिष्ट शनिबार लखर्केस्थित भीरमा मृत अवस्थामा फेला परेका छन्।
यी घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।