किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला
१८ वैशाख २०८२
•
१ मिनेट पाठ
किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला
किङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत अर्की एक नेपाली छात्रा पनि मृत अवस्थामा फेला परेकी छिन्।




भुवनेश्वर-कटक प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार उक्त छात्राको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो।

घटनाको सूचना पाउनेबित्तिकै इन्फोसिटी प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरू गरेको उनले जनाए।

हालसम्म मृतक छात्राको परिचय सार्वजनिक गरिएको छैन भने विश्वविद्यालय प्रशासनले पनि यस सम्बन्धमा कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन।

प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुमानमा आत्महत्या गरिएको आशंका गरिएको भए पनि यकिन प्रमाण र पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ।

यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन्।

-भारतिय सञ्चारमाध्यम ओडिया टिभीको सहयोगमा
अर्को समाचार
किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थीको पनि झुण्डिएको अवस्थामा शव फेला, आमाबुबा आज जाँदै
१९ वैशाख २०८२
•
२ मिनेट पाठ
किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थीको पनि झुण्डिएको अवस्थामा शव फेला, आमाबुबा आज जाँदै
भारतको ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा हिजो (बिहीबार) फेरि एक नेपाली विद्यार्थी आफ्नो कोठामा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। वीरगन्जकी छात्रा प्रिसा साह (१८ वर्ष) झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन्। विद्यार्थीको मृत्युको बारेमा केआईआईटीका अधिकारीहरूबाट कुनै टिप्पणी आएको छैन।




प्रहरी आयुक्त एस देव दत्त सिंहले विद्यार्थीको मृत्युको बारेमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए। यसबारे प्रिसाका आमाबाबुलाई पनि जानकारी गराइएको छ। उनीहरू वीरगन्जबाट शुक्रबार भुवनेश्वर पुग्नेछन्। यसपछि मात्र पोस्टमार्टम गरिनेछ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्याको देखिइको सिंहले बताए।

यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले पनि आत्महत्या गरेकी थिइन्।

हाजिरीको समयमा ढोका नखोल्दा शंका उत्पन्न भयो

प्रहरीले बताएअनुसार होस्टेलका अधिकारीहरूले साँझ करिब सात बजे विद्यार्थीहरूको हाजिरी लिइरहेका थिए। जब उनीहरूले कोठा नम्बर १११ को ढोका ढकढक्याए, भित्रबाट कुनै प्रतिक्रिया आएन। शंका लागेपछि उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीले होस्टेलको कोठा खोल्दा प्रसाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो।

यसअघि फेब्रुअरी १६ को साँझ बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय युवकले आफूलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका थिए। उक्त विद्यार्थी युवतीको प्रेमी भएको दाबी गरिएको थियो। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरूविरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका थिए।

विद्यार्थीको काकाको भाइको उजुरीमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको थियो। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो। यसबाहेक, करिब १० जनालाई पनि पक्राउ गरिएको थियो। यसमा विश्वविद्यालयका तीन निर्देशकहरू पनि थिए।

यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त-सह-सचिव सम्मिलित उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको थियो।

विद्यार्थीहरूले कलेज प्रशासनले आफूहरूलाई निष्कासन गरेको आरोप लगाएका थिए। एजेन्सी
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस