नेपाल शिक्षक महासंघले सरकारसँग असार १५ भित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि तोकिएको समयमा ऐन जारी नभए कडा सडक आन्दोलन गर्ने चेतावनी दिएको छ।
बुधबार मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेपछि २९ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित भएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलावहादुर थापाद्वारा जारी विज्ञप्तिमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरूले असार १५ भित्र विधेयक पारित गर्ने लिखित प्रतिबद्धता जनाएको उल्लेख छ।
“हामीले सरकारको प्रतिबद्धतामा विश्वास गरेर आन्दोलन स्थगित गरेका छौं। तर, तोकिएको समयमा ऐन आएन भने अहिलेभन्दा कडा आन्दोलनमा उत्रिन्छौं,” विज्ञप्तिमा भनिएको छ।
सहमतिअनुसार, सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ चालू अधिवेशनमा पारित हुनेछ।
विधेयकमाथि शिक्षा समितिको उपसमितिले दफाबार छलफल गरिरहेको छ। मन्त्रिपरिषद्ले शिक्षकका केही माग सम्बोधन गर्ने निर्णय गरेपछि महासंघले बिहीबारदेखि विद्यालय भर्ना, कक्षा सञ्चालन र परीक्षा सुचारु गर्न आह्वान गरेको छ।
महासंघले विगतका सहमति र समझदारीलाई आधार बनाएर यो सहमति जुटाएको जनाएको छ। शिक्षा मन्त्रालयसँगको वार्ता र सत्तापक्षको सक्रियताले सहमति सम्भव भएको हो।
यद्यपि, ऐन निर्माणमा ढिलाइ भएमा शैक्षिक क्षेत्र पुनः आन्दोलनको चपेटामा पर्न सक्ने महासंघको चेतावनीले सरकारमाथि दबाब बढाएको छ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...