संविधानविद् डा. भीमार्जुन आचार्यले गत शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएको हिंसा र सरकारको बल प्रयोगको घटनामा निष्पक्ष छानबिनको माग गरेका छन्।
उनले निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएको र पत्रकार सुरेश रजकको मृत्युमा रहस्य देखिएको भन्दै सरकारले आफ्नै गृह प्रशासनमाथि तत्काल छानबिन गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल एक्समा डा. आचार्यले लेखेका छन्, 'सरकारले प्रदर्शनमा संलग्न केहीलाई गिरफ्तार गरेर आफ्नो काम सकिएको भान पार्न खोजेको देखिन्छ। बाटोमा फर्कँदै गरेको निहत्था नागरिकलाई गोली हानेर मारिएको भिडियो फुटेज सार्वजनिक भएका छन्। सरकारले अब आफ्नै गृह प्रशासनमाथि यो घटनाको छानबिन गरोस्।' उनले थपे, 'पत्रकार सुरेशजीको मृत्युबारे पनि थुप्रै रहस्य बाहिर आएका छन्। सरकारले यी दुई घटनाको अविलम्ब छानबिन गरोस्। यो समाज अझै पूरै मृत भइसकेको छैन, यो पनि हेक्का राखोस्।'
चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै तीनकुनेमा प्रदर्शन भएको थियो। प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग झडप भएको थियो। प्रहरीको अश्रुग्यास र रबरको गोली प्रयोगका क्रममा कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो भने एभिन्यूज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजक आगजनीमा परेर मृत्यु भएको थियो।
प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरालगायतलाई पक्राउ गरेको छ। प्रदर्शनका नेतृत्वकर्ता दुर्गा प्रसाईं फरार छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...