डोलेश्वरका चारै ढोका खुल्ला
१४ फागुन २०८१
•
२ मिनेट पाठ
डोलेश्वरका चारै ढोका खुल्ला
महाशिवरात्रि पर्वको अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुल्ला गरी पूजा र दर्शनको व्यवस्था गरिएको छ।




सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ बजेदेखि मन्दिरको चारै ढोका खुल्ला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामा पूजा गर्ने व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार बिहान ४ बजेदेखि दर्शनार्थी लामबद्ध भई पूजा गरिरहेका छन्।

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाकका लागि सुरक्षाकर्मीको व्यवस्था, स्वास्थ्य शिविरको आयोजना तथा मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए।

शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्था गरिएको समितिका महासचिव बस्नेतले बताए।

मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमा पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले दर्शन गर्ने अनुमानसहित सोहीअनुसार व्यवस्था गरिएका उनको भनाइ छ।

लाइन बसेको आधा घण्टामा पूजाको व्यवस्थापनलाई प्रभावकारी बनाइएको सूर्यविनायक–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। उनका अनुसार शिवरात्रिका लागि यस वर्ष करिब तीन सय साधुसन्त र बाबा आएका छन्।

वडाध्यक्ष बस्नेतले डोलेश्वरमा उनीहरूलाई खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था, पूजाका लागि लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यवस्था, मन्दिर अगाडि स्वास्थ्य शिविर सञ्चालनलगायत व्यवस्था गरिएको बताए।

यसैगरी, महाशिवरात्रि पर्वको अवसरमा आज प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको घुइँचो लागेको छ। मनले चिताएको आशा पूरा हुने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो।

त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्ेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलको लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। ती सबै स्थानमा दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको जनाइएको छ। रासस
अर्को समाचार
शिवरात्रि : एक पवित्र पर्वोत्सव
१४ फागुन २०८१
•
४ मिनेट पाठ
शिवरात्रि : एक पवित्र पर्वोत्सव
नेपाल अधिराज्यका विभिन्न चाड पर्वोत्सव मध्ये शिवजी उत्पत्ति हुनु भएको रातको नामले नामकरण भएको तथा मोहरात्रि, कालरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरूमा नाम कहलाएको ‘शिवरत्रि’ पनि एक ठूलो महत्थ्व भएको पर्वोत्सव हो। शिव, रुद्र, महेश अर्थात् महादेव आदि विभिन्न नामले विभूषित ईश्वर यी पशुपतिनाथ ज्योतिर्मय लिङ्ग विराजमान हुनु भएको देश नेपाल हो। यो पर्वोत्सव प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइन्छ।




फाल्गुन महिना शिशिरऋतुको दुई महिना मध्ये पहिल्लो महिनामा पर्दछ। यस महिनामा माघ महिनाको बखत महादेवको रुद्रतव्व अर्थात जगतलाई रुवाउनेमा संहार गर्ने तत्वले गर्दा पत्र विहीन भई जीर्ण–शीर्ण भईरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवतत्व अर्थात् जगतको कल्याण गर्ने तत्वले गर्दा चलाउन थाल्दछन्। त्यसरी जीर्ण–शीर्णलाई समाप्त गरी नवीनताको रुप प्रदान गर्ने शिवतत्व स्पष्ट रुपले प्रकट हुने महिना भएकोले फाल्गुन महीनामा यो शिवरात्रि पर्वोत्सव मनाउने गरिएको हो भन्ने कथन छ। यो पर्वोत्सव मनाइने प्रकार बारे विहान सबैरैदेखि मानिसहरूले अरु चाड–पर्व मनाउँदा झै यस दिन पनि स्नानादि अनेक शुद्ध गर्ने कार्यहरू गरिसकेपछि देशभरका प्रायः सबै शिव मन्दिरहरूमा आ–आफ्ना श्रद्धा–भक्ति विभष अनुसार दर्शन, पठन–पाठन, प्रहर–प्रहरका पूजन, जप, ध्यान, दान, नाच गान, भजन आदि गर्दछन्।

ब्रत उपवास बस्नेहरूले घर घरमा पनि त्यस्तै कार्य गर्दछन्। यस दिन खास गरिकन पशुपति नाथको मन्दिरमा ठूलो मेला लाग्दछ र त्यहाँ नेपाल अधिराज्यभरका अर्थात् पहाड, तराई र उपत्यकाका लाखौं नरनारीहरू र हजारौं संख्यामा विदेशीहरू समेत जम्मा हुन्छन्। तिनीहरूले त्यहाँ शिवरात्रिको रातमा चार प्रहरको चार किसिमको पूजा गर्नको साथै महादीप, अखण्ड दीप, लखबत्ती आदि दीपोत्सवका साथ लख विल्वपत्र अर्पणादि गर्दछन्। यसको अतिरित्त शिवरात्रिको व्रत लिने मानिसहरूले त्रयोदशीको दिनमा एक छाक मात्र खाई चतुर्दशीको दिन बिहान कालो तिल आदिले नुहाएर प्रत्येक प्रहरमा षोडयोपचारले शिवजीको पूजा गर्दछन्। पूजा गर्दा धतुरो, बेलपत्रादि पनि चढाउँछन्। यो पर्वोत्सवको दिन दिउँसो टुंडिखेलमा बढाइँ गर्ने भनी तोप र बन्दुकको ब्ल्याङ्क फायर गरिन्छ र राति शिव–मन्दिरहरू र अरु अरु पनि देव देवीहरूका मन्दिर अगाडि आगो बालेर भजन, कीर्तन गरी जाग्राम बस्ने गरिन्छ। त्यसरी राति बालिएका आगोमा हलुवा पकाउने तथा मकै, मटमास, बदाम आदि भूट्ने पनि गरिन्छ। यी वस्तुहरू जाग्राम बस्ने मानिसहरूले आपस आपसमा बाँडेर खान्छन्। यो भन्दा अघि शिवरात्रिको दिन बेलुकीपख टोल टोलका केटाकेटीहरू एकएक हुल बाँधी “महादेवलाई जाडो भयो दाउरा दुइ दुइ कप्टेरा पाउँ” भनी दाउरा माग्दै हिँडेको दृश्य खुब रमाइलो देखिन्छ। तर आजकल यस प्रकारले यो पर्वोत्सव मनाइएको कमै मात्रामा देख्न पाइन्छ।  

यो पर्वोत्सवमा पशुपतिनाथको दर्शन गर्न काठमाडौँ उपत्यकामा आउने यात्रीहरूको सुखसुविधाको लागि सरकार तर्फबाट केही दिन अगाडिदेखि नै ठाउँठाउँका पाटी, पौवा, सतल, धर्मशालाहरू खुला र सफा सुग्घर गराई ठाउँ ठाउँमा छप्पड समेत बनाउन लगाई चाहिने ठाउँमा अस्थायी अस्पतालहरू, पाइखाना र इत्यादि चाहिने कुराको सबै बन्दोबस्त गराइन्छ। यात्रीहरू र भरियाहरूको लागि बढी भाग, महसूल र ज्याला लिन नपाइने प्रबन्ध पनि सरकारबाट मिलाइन्छ। साथै शिवरात्रिको केही दिन अघिदेखि दुई–तीन दिन पछिसम्म शिवरात्रि मेलामा पशुपतिनाथको दर्शन गर्न आएका सिद्ध, यति, साधु, सन्त तथा महात्माहरूलाई सरकार तर्फबाट सौदा, हण्डी र खाने कुरो तथा लत्ता–कपडाहरू पनि बाडिन्छ। यस बाहेक सामाजिक संस्थाहरू, स्वयंसेवकहरू र स्कूल–स्कूलका बालचरहरूले पनि अनेक प्रकारले यो शिवरात्रि चाड पर्वोत्सवको बेला यात्रीहरूको सेवानार्थ गर्नमा तल्लीन हुन्छन्।  

फाल्गुन कृष्ण त्रयोदशीको दिन स्नानादि कार्य गरी ब्रतोपवास बसेर त्यस दिन राति जाग्राम बस्ने र त्रयोदशी सिद्धिई चतुर्दशी लाग्ना साथ महादेव र शिवलिङ्ग परिक्रमा गरी अर्ध दिने र शिवरात्रिको दिन पनि जाग्राम बसी होम गर्ने कार्यहरू गर्नाले सर्व शिद्धि लाभ हुन्छ भनी यो शिवरात्रि पर्वोत्सवको महत्व बारे लिङ्गपुराणे ‘महादेव वचन’ भनी लेखिएको छ। साथै ‘भारतीय ब्रतोत्सव’ नामक पुस्तकमा पनि अमान्तमासको दृष्टिकोटबाट भनी यस शिवरात्रि पर्वोत्सवको महत्व बारे शिवजीले पार्वतीलाई बताउनु भएको कुरा लेखिएको छ। पार्वतीले शिवजीसँग व्रतोत्सव मध्ये सर्वोत्तम व्रतोत्सव कुन हो भनी सोध्दा शिवले व्रतोत्सवहरू मध्ये सर्वोत्तम व्रतोत्सव शिवरात्रिको व्रतोत्सव हो र यस दिन जो व्यक्तीले शुद्ध भई शुद्ध चित्त राखेर ब्रतोपवास बस्दछ त्यो व्यक्तियमलोक जानु पर्ने कार्यबाट मुक्त हुन्छ भन्नु भयो। यस प्रकार यस पर्वोत्सवको महत्व बारेका कुराहरू लेखिएको देखिन्छ।

उपर्युक्त कथनहरूको आधारमा मात्र मनन गर्दा यो पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू धार्मिक तथा आध्यात्मिक कुराहरू मात्र हुन् कि भने जस्तो लाग्छ। तर अलि बढी विचार गरेर हेर्दा यो शिवरात्रि पर्वोत्सवको उत्पत्ति तथा महत्वका कारणहरू उपर्युक्त कारणहरूको अतिरिक्त वैज्ञानिक, आर्थिक, तथा स्वास्थ्य–रक्षा आदिका कारणहरू पनि हुन् भन्ने कुरा स्पष्ट तवरले देखिन आउँदछ। यो पर्वोत्सवको बखतमा स्नान तथा शुद्धीका कार्य गरिने हुनाले स्वास्थ्य रक्षा हुने कुरा पनि देखिन्छ। साथै यो बखतमा देश–विदेशबाट धेरै मानिसहरू आउने हुँदा यहाँ बनाइएका विभिन्न प्रकारका वस्तुहरू बिक्री भई देशको लागि आर्थिक लाभ पनि हुन्छ। यो पर्वोत्सव मनाउनाले आफ्नो संस्कृतिको रक्षा भइरहन्छ। कारण यो शिवरात्रि नेपाल अधिराज्यको राष्ट्रिय सांस्कृतिक पर्वोत्सव हो भन्नुमा दुई मत छैन। तसर्थ हामी सबैले यो पर्वोत्सवको महत्व बुझ्न जरुरी देखिन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस