नेपाल रिपब्लिक मिडियाको 'म नागरिक म बनाउँछु नेपाल' कार्यक्रम आज जनकपुरधाममा हुँदै
०४ फागुन २०८१
•
२ मिनेट पाठ
नेपाल रिपब्लिक मिडियाको 'म नागरिक म बनाउँछु नेपाल' कार्यक्रम आज जनकपुरधाममा हुँदै
नेपला रिपब्लिक मिडियाको ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रम आज जनकपुरधामको निधि भवनमा हुँदैछ। जलवालु संकट, दिगो विकासमा युवा सहभागिता, लैङ्गिक समानताको अवस्था स्वास्थ्य पर्यटन, धार्मिक पर्यटन, चुरे दोहनलगायतका विषयमा विज्ञहरूसँग संवाद हुने छ।    




कार्यक्रमका प्रमुख अतिथि संघीय गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव जनकपुरधाम आइपुगेका छन्। उनले प्रमुख वक्ताका रूपमा वातावरण तथा चुरेको विषयमा चर्चा गर्ने कार्यक्रम रहेको छ।

नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधामको निधि हलमा आइतबार ११ बजेदेखि आयोजना हुने बहस कार्यक्रममा विज्ञ वक्ताका रूपमा सहभागी हुँदै छन्। अर्थतन्त्रलाई आकार र हरित भविष्य भन्ने नाराका साथ युवाले प्रविधि र नवप्रवर्तनमार्फत योगदान दिन नवीनतम् प्रविधिको प्रयोग गरी सहभागिता जनाउने सो कार्यक्रममा विज्ञ वक्ताका रूपमा व्याख्यान दिन जनमत अध्यक्ष डा. सिके राउत पनि शनिबार नै जनकपुरधाम आएका छन्।  

विद्यार्थी जनमत संघ धनुषाद्वारा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा शनिबार सहभागी भएका अध्यक्ष डा.राउत आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहान ११ बजेबाट सुरु हुने बहस कार्यक्रममा सहभागी हुने नागरिक रिपब्लिक मिडियाका प्रमुख सञ्चालन अधिकृत मदन अर्यालले बताए।  

घरेलु तथा वैश्विक राजनीतिमा गहिरो दृष्टि, सुक्ष्म विश्लेषण र सटीक दिशा तय गर्न सक्ने नेतृत्वकर्ता तथा प्राज्ञिक व्यक्तित्व भएकाले जनमत अध्यक्ष डा. राउतलाई बहसमा विज्ञ वक्ताका रूपमा आमन्त्रण गरिएको उनले बताए। मुलुकको युवा जनशक्तिमा देखिएको चरम निराशाको रोकथाम, अर्थोपार्जन गर्ने र जलवायु सङ्कटजस्ता नवीनतम् समस्याबाट पार पाउनुपर्ने चुनौतीका समाधानबारे डा.राउतको वस्तुपरक, तर्कपूर्ण र अनुभवमा आाधारित ज्ञानको विनिमय युवाका लागि उपयोगी हुने अर्यालको विश्वास छ।    

कार्यक्रममा डा.राउतसँगै नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव, चर्चित हृदयरोग विशेषज्ञ डा.ओममूर्ति अनिल, नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक समृद्धि ज्ञवाली र निम्बस होल्डिङ्सका प्रबन्ध निर्देशक आनन्द बगरिया विज्ञवक्ता रहने छन्।  

कार्यक्रममा चुरे क्षयीकरणको रोकथाम र कृषि प्रणालीको पुनर्स्थापना तथा दिगोपन लगायतका विषयमा चर्चा गरिने छ।
अर्को समाचार
काँक्रा बेचेर ३० लाख कमाइ
१२ जेष्ठ २०८२
•
३ मिनेट पाठ
काँक्रा बेचेर ३० लाख कमाइ
देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन्। गुल्मीको छत्रकोट गाउँपालिका-५ खज्र्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिन सदुपयोग गर्दै कृषि पेसा सुरू गरेका हुन्। खज्र्याङको ४५ रोपनी जग्गामा उनले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानी लगायत तरकारी लगाएका छन्। खुकुरापालनसँगै मासु व्यवसाय समेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो।




विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय सुरू गरेका भण्डारीले गत साल मात्र सात लाख रूपैयाँको काँक्रा बेचे। सुरूआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन्।

“गत वर्ष दुई हजार बोटमा फलेका काँक्राबाट सात लाख रूपैयाँ आम्दानी भयो,” उनले भने, “यो वर्ष १० हजार बिरूवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ।”

दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रूपैँयासम्म थियो।

तर गत वर्ष मूल्य बढेर एक सय ४० रूपैयाँसम्म पुग्यो। जसले गर्दा उनको आम्दानी पनि बढेको छ। गत वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरूवा थपेको भण्डारीले बताए। यो सिजनको लागि पनि काँक्रा तयार भइसकेका छन्।

गत मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० बाट बिक्री सुरू भएका थिए। अहिलेको सिजनमा मात्रै उनले तीन सय क्विन्टल काँक्रा बेचेका छन्। अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दसैँतिहारको समयमा अचारका लागि बिक्री गर्ने उनले बताए।

दसैँ–तिहारमा पनि बिक्री नभए बीउका लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ। यो सिजनमा उनको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ। भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन्। उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रूपैँया बचत हुने बताए।

अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्याधिक बिक्री भइरहेको छ। आउँदाे असारसम्म काँक्रो बिक्री हुने सिजन छ। गर्मी सिजन सुरू भइसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन। जसले गर्दा बजारमा काँक्रोको माग अत्याधिक छ।

काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ। भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिएका छन्। उनले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरूवा लगाइसकेका छन्। उनको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाडौंसम्म पुग्ने गरेको छ।

उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ। घरपरिवारका चार जनाबाहेक थप चारजनालाई मासिक तलबमा काम दिएका छन्। पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सी जस्ता वन्यजन्तुले बालीनालीमा हानीनोक्सानी गर्दै गएको अवस्था छ  तर भण्डारीले भने उक्त समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताउँछन्। भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ। “गर्न सके गाउँमै थुप्रै सम्भावना छन्,” भण्डारीले भने।

राज्यले टनेल दिए हुन्थ्यो

काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ। वर्षा धेरै हुँदा र बिक्री नहुँदा उनले थुप्रै पटक घाटा पनि सहनुपर्‍याे। काँक्राको लागि टनेल आवश्यक पर्नेमा उनले भने खुला चौरमा उत्पादन गर्दै आएका छन्।

वडा कार्यालयमा थुप्रै पटक टनेलका लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए। “थुप्रै पटक धाएँ, पाइन,” उनले भने, “मकै सतप्रतिसत, नभए ५० प्रतिसतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ।”

टनेल नहुँदा वर्षाको कारणले गत मात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए। सात लाखको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन्। “अब निरन्तर काँक्रा खेती गर्ने हो, अरू पेसा सहायक हुन्,” भण्डारीले भने,“यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ।”
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस