संविधानका लागि सहमति
०८ वैशाख २०८२
•
४ मिनेट पाठ
संविधानका लागि सहमति
मुलुकका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षहरूबीच संविधान रक्षार्थ अघि बढ्ने सहमति भएको छ। प्रधानमन्त्री निवासमा भएको छलफलमा यी दलका सर्वोच्च नेताहरू क्रमशः शेरबहादुर देउवा, प्रधानमन्त्रीसमेत रहेका केपी ओली र प्रमुख विपक्षी नेता पुष्पकमल दाहाल सहभागी थिए। उनीहरू विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा सहमत भएका हुन्।




केही समययता मुलुकको लोकतान्त्रिक संविधानविरुद्ध धावा बोल्ने काम भइरहेको छ। विशेषगरी राजाको प्रत्यक्ष शासनका पीडा नभोगेकाहरू यसमा लागेको देखिएको छ। विगतप्रतिको झूठो आत्मगौरवलाई सामाजिक सञ्जालमा नयाँ आवरण दिएर प्रचारि गरिँदैछ। आफूलाई राजावादी भन्न रुचाउने केहीले भ्रमपूर्ण प्रचार गरिरहेका छन्। लोकतान्त्रिक संविधानले दिएका नागरिक अधिकारको दुरूपयोग गर्दै विगत जनआन्दोलनका उपलब्धि उल्ट्याउन खोजिँदैछ। करिब तीन साताअघि तीनकुनेमा भएको घटना यसको एउटा ज्वलन्त उदाहरण हो जसबाट दुई जनाको जीवन तथा अर्बौँ रूपैयाँको धन सम्पत्ति नाश भएको थियो।

यतिबेला सरकारहरूले गरेका गलत क्रियाकलापका कारण आमसर्वसाधारणमा केही असन्तुष्टि पक्कै पलाएका छन्। संविधानले सरकारका कामकारवाहीमा चित्त नबुझे बोल्ने र विरोध गर्ने अधिकार दिएको छ। तर, संविधान उल्ट्याउने गरी हुन थालेका गतिविधिलाई स्वीकार गर्न सकिने स्थिति छैन। त्यसैले सबैभन्दा पहिले मुलुकको लोकतान्त्रिक संविधान जोगाउनुपर्ने चुनौतीपूर्ण अवस्था आएको छ। आखिर असन्तुष्टिलाई सम्बोधन गर्नका लागि संशोधन गर्न पनि संविधान त बाँच्नुपर्‍यो। त्यसैले अहिले तीन मुख्य दलले संविधान रक्षार्थ लिएका पहलकदमी अन्यथा ठान्न सकिँदैन।

यसैबीच केही सातादेखि इतिहास भइसकेको राजतन्त्र पुनस्र्थापनाको नाममा मुलुकमा अस्थिरताको खेती भइरहेको छ। व्यक्तिका सम्पत्ति नाश गर्नेदेखि सार्वजनिक सम्पत्ति तोडफोडसम्मका क्रियाकलापमा उनीहरू उत्रेका छन्। लोकतन्त्रमा आफ्नो आवाज राख्न पाइन्छ। तर, लोकतान्त्रिक प्रणाली समाप्त पारी राजतन्त्रात्मक परिपाटी सुरुवात गर्ने चाहना पछाडिको उद्देश्य बुझिनसक्नु छ। हिंसा र तोडफोड प्रजातन्त्रको क्षेत्राधिकारभित्र पर्दैन। त्यसैगरी आफ्नो माग राख्ने अधिकार प्रयोग गर्दा अरूलाई हानि पुर्‍याउने कार्यलाई पनि यसले उचित ठान्दैन। पूर्वराजतन्त्र र २०४६ सालअघिको एकतन्त्रीय पञ्चायती व्यवस्थाको विरासतबाट आएकाहरूलाई फेरि त्यसैको झझल्को लाग्नु र त्यसैका निम्ति आन्दोलनका नाममा सक्रिय हुनुलाई सहज मान्न सकिँदैन। लोकतन्त्रमा आफ्ना विचार निर्वाचनमा मतपत्रमार्फत् अभिव्यक्ति गरी चाहेको परिवर्तन गर्न सकिन्छ। तर, संविधान मास्ने र लोकतान्त्रिक व्यवस्था समाप्त पार्ने गरी हुने गतिविधिलाई जायज मान्न सकिँदैन। यसकारण अहिलेको संविधान रक्षार्थ सबै दल उभिनुको विकल्प छैन।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार फेरि राजधानीमा प्रदर्शन गर्‍यो। पहिलो कुरा त उसले आफ्नो दलको बैठकबाटै ‘निषेधित क्षेत्र तोड्ने’ निर्णय गरेर गल्ती गर्‍यो। दोस्रो कुरा, मुलुकको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेर अर्को अराजक काम गर्‍यो। तेस्रो गल्ती, सरकारले बानेश्वर क्षेत्रमा तोकेको निषेधित क्षेत्र तोड्न अग्रसर भयो। यसरी हेर्दा राप्रपा झडप चाहन्छ भन्ने सन्देश उसका प्रत्येक गतिविधिले दिएका छन्। वास्तवमा राप्रपा यही संविधान अन्तर्गत उदाएको पाँचौं ठूलो दल हो। उसले जनपरिचालन गर्दै निर्वाच्न मार्फत् शासन सत्तामा हस्क्षेपको नीति लिनु उचित हुन्छ। अहिले जसरी ऊ सडकमार्फत् सत्ता परिवर्तन गर्न सकिन्छ भनेर लागेको छ, त्यसले उसको लोकतान्त्रिक साखको अन्त्य गर्छ।

अहिले राप्रपालगायत अन्य समूहले जे क्रियाकलाप गर्न पाएका छन्, त्यसको श्रेय यही संविधानलाई जान्छ। भोलि राजतन्त्रवादीहरूको माग पूरा भयो भने यस्तो विरोधको अधिकार प्राप्त हुने छैन। त्यति मात्र होइन अहिले उनीहरूले आफूलाई संवैधानिक राजतन्त्रको पक्षमा रहेको बताइरहेका छन्। राष्ट्रपतिका ठाउँमा संवैधानिक राजतन्त्रको कुरा गर्न संविधानले दिएको छैन। निर्वाचनमा भाग लिई संविधान परिवर्तन गर्ने दुई तिहाइ मतको अधिकार लिन राप्रपालाई कसैले रोकेको छैन। जनतामा विश्वास बढाउँदै अगाडि बढ्नुभन्दा बलात् सत्ता परिवर्तनको हथकण्डा प्रयोग गर्नुलाई अहिलेको संविधानले अनुमति दिँदैन।

राजतन्त्रमा आलोचना सहन सक्ने अवस्था हुँदैन। अहिले मुलुकका नेताको जति आलोचना गर्न पनि संविधानले रोकेको छैन। अहिले देशमा जति पनि बेथितिको प्रश्न उठिरहेको छ, त्यो यही व्यवस्थाले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट थाहा हुन सकेको हो। लोकतन्त्रको यही सुन्दर पक्षलाई जोगाउँदै अघि बढ्न सक्नु पर्छ। यसको संरक्षणका निम्ति प्रमुख दलहरू एक ठाउँमा उभिनै पर्छ। त्यति मात्र होइन राप्रपाले समेत आफ्नो बाटो नबिराओस्। यसले आफूलाई लोकतान्त्रिक शक्तिका रूपमा उभ्याउँदै संसदमा बहुमत ल्याउने गरी राजनीति गर्न आफूलाई तत्पर गराउन सक्छ। लोकतन्त्रभित्र उग्र वामपन्थीदेखि चरम दक्षिणपन्थीलाई समेत अटाउँने ठाउँ दिन्छ। यस्तो व्यवस्थाको संरक्षण भएन भने मुलुकले अब धेरै ठूला द्वन्द्व धान्न सक्दैन भन्ने पक्षमा सबै दलको ध्यान जानुपर्छ। 
अर्को समाचार
संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव
२३ साउन २०७३
•
६ मिनेट पाठ
संविधानका ३४ वटा धारा संशोधन गर्न मोर्चाको प्रस्ताव
फाइल तस्बिर ।
काठमाडौं–संविधानप्रति असन्तुष्टि जनाउँदै लामो आन्दोलन गरेको मधेसी मोर्चाले संविधाका ३४ वटा धारा संशोधन गर्न प्रस्ताव गरेको छ। मधेसको माग सम्बोधन गर्ने भन्दै कांग्रेस–माओवादीले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न संविधानका ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव मधेसी मोर्चाले गरेको हो। जसमा सरकारको नेतृत्व गरेको माओवादी केन्द्र सकारात्मक रहेपनि कांग्रेस सकारात्मक नभएको मधेसी मोर्चाका केशव झाले जानकारी दिए।




कांग्रेस–माओवादीले मधेसको समस्या समाधान गर्न तीन बुँदे सहमति गरेका थिए। सहमतिको पहिलो बुँदामा  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा÷ संघीय गठबन्धनले नेपाल सरकारसमक्ष प्रस्तुत गरेका मागहरुमध्ये  संविधानसँग सम्बन्धित रहेका विषयहरुमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने उल्लेख छ ।

मधेसी मोर्चाले भने संविधान संशोधनमार्फत आफ्ना माग पूरा गर्दा संविधानको ३४ धारा संशोधन गर्नुपर्ने प्रस्ताव गरेको हो। मधेसी मोर्चाले मुख्यरुपमा सीमाकंन, नागरिकता, निर्वाचन क्षेत्र, प्रतिनिधित्व र न्यायलयका विषयमा असहमति जनाउँदै आएको छ। सीमकंनका विषमया तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकताको प्रावधान सच्याउनुपर्ने,  निर्वाचन क्षेत्र पुनरावलोकन हुनुपर्ने, समानुपातिक समावेशीताका आधारमा प्रतिनिधित्व हुनुपर्ने र न्यायलयका विषयमा उल्लेख गरिएको विषयमा सच्याउनु पर्ने मोर्चाको माग छ। यी पाँचवटा विषय सच्याउँदा संविधानका ३४ वाटा धारा प्रभावित हुने बताइएको छ।

यी हुन् मधेसी मोर्चाका माग

सीमाकंन

तराईमा दुई प्रदेश हुनुपर्ने । मधेसी मोर्चाले तराइका जिल्ला पहाडमा गाभ्न नहुने अडान लिँदै आएको छ।

नागरिकता

मधेसी मोर्चाले विशेष गरी अंगीकृत नागरिकताधारीले राज्यमा उच्च पदमा पुग्न नपाउने व्यवस्थाप्रति आपत्ति जनाउँदै आएको छ। त्यसमा मधेसी मोर्चा केही लचक भइ अंगीकृत नागरिकले राष्ट्रपति र प्रधानमन्त्री बन्न नपाउने तर बाँकी पदमा भने योग्य मान्नुपर्ने प्रस्ताव गरेको छ।

समानुपातिक प्रतिनिधित्व–

मधेसी मोर्चाले प्रत्यक्ष तर्फका १६५ निर्वाचन क्षेत्रलाई कायम राख्दै त्यसमा गैर निर्वाचन क्षेत्र तोक्नुपर्ने माग गरेको छ। ११० समानुपातिक सिटबाट एक तिहाइ महिलालाई कोटा छुट्याउनुपर्ने संविधानको व्यवस्था विभेदकारी भएको भन्दै उनीहरुले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक तिहाइ महिलाकालागि र समानुपातिक व्यवस्थामार्फत पनि एक तिहाइ महिलाका लागि छुट्याउनुपर्ने मोर्चाको माग छ।

निर्वाचन क्षेत्र

राष्ट्रिय सभा गठनका सन्दर्भमा सात प्रदेशबाट समान ८÷८ जना प्रतिनिधित्व हुने व्यवस्था अन्यायपूर्ण भएको भन्दै ११ लाख जनसंख्या भएको प्रदेश र ५५ लाख जनसंख्या भएको प्रदेशबाट समान प्रतिनिधित्व हुँदा अन्याय हुने भन्दै कम्तिमा २ र बढीमा आठ जनाको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ।

न्यायालय

मधेसी मोर्चाले सर्वोच्च अदालत लगायतका न्यायालयमा समानुपाति समावेशीताको आधारमा न्यायाधीश नियुक्ती हुनुपर्ने र समानुपातिक समावेशीको आधारमा न्यायपरिषदको गठन हुनुपर्ने मोर्चाले माग गरेको छ।

मोर्चाका मागमा माओवादी सकारात्मक देखिएको छ। तर कांग्रेस भने यतिधेरै विषयमा संविधान संशोधन गर्न नहुने पक्षमा देखिएको स्रोतले जनायो।  स्रोतका अनुसार एमाले, नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहिरै बसेपनि अन्य दलले सहयोग गरे संविधान संशोधन गर्न सकिने भन्दै माओवादीले मधेसी मोर्चालाई माग पूरा हुने आवाश्वास दिँदै आएको छ। तर मोर्चाले भने एमालेलाईसमेत सहमतिमा ल्याएर मात्र संविधान संशोधन विधेयक संसदमा दर्ता गर्न आग्रह गरेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस