कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण उप-डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत निकायहरूको संयुक्त टोलीले पछिल्लो तीन दिनदेखि निरन्तर बजार अनुगमन गरिरहेको छ।
अनुगमनका क्रममा सुद्धोधन गाउँपालिका–३, लुम्बिनीस्थित पैनारोमा फुड प्रोडक्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) परमानन्द घिमिरेका अनुसार यसअघि पटक–पटक निर्देशन दिएर पनि उद्योगले सुधार नगरेपछि कारबाही गरिएको हो।
यसअघि पनि सो उद्योगलाई १५ हजार रुपैयाँ जरिवाना गरिएको थियो। उद्योग मालिकले व्यवसाय बन्द गर्ने बताएका थिए, तर मंगलबारको अनुगमनमा उद्योग सञ्चालनमै रहेको पाइएपछि थप जरिवाना लगाइएको हो।
यस्तै, लुम्बिनी नजिकै रहेको रिलायन्स पानी उद्योगलाई पनि सरसफाई मापदण्ड पूरा नगरेको भन्दै ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बुधबार सदरमुकाम तौलिहवामा सञ्चालनमा रहेका तीन मिठाई पसलमाथि पनि कारबाही गरिएको छ। आनन्द स्वीट्स र जयमा वैष्णव स्वीट्स हाउसलाई २५/२५ हजार रुपैयाँ र मख्खन स्वीट्सलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।
यी पसलहरूले अत्यधिक रङ्गको प्रयोग, गुणस्तरहीन सामग्रीको प्रयोग तथा सरसफाईको अभाव गरेको पाइएपछि कारबाही गरिएको उप-डिभिजन प्रमुख सरोज खनालले बताए।
यस्तै, शरे बिरयानी कर्नरमा प्रतिबन्धित अण्डा बिक्री गरिएको फेला परेपछि चेतावनी दिइएको छ।
सोमबार गरिएको अनुगमनका क्रममा बहादुरगञ्जस्थित पूजा मिष्ठान्न भण्डार, चन्द्रौटा गौरव स्वीट्स हाउस र शिवलाल बन्जाडे किराना पसललाई १०/१० हजार रुपैयाँ जरिवाना गरिएको थियो। अखाद्य सामग्रीहरू जफत गरी नष्ट गरिएको थियो।
अनुगमनका क्रममा मिठाई पसलहरूले पत्रिकामा मिठाई बेचिरहेको, अत्यधिक रङ्गको प्रयोग गरिरहेको तथा पसलहरू अत्यधिक फोहोर अवस्थामा रहेको पाइएकाले कारबाही गरिएको घिमिरेले बताए।
गोरुसिङ्गे क्षेत्रको अर्घाखाँची चोकका सडकछेउका ठेला व्यवसायहरू अव्यवस्थित पाइएपछि सुधारका लागि १५ दिने समयसीमा दिइएको छ। ती ठेलामा सरसफाईको अभाव, खुला रूपमा पकौडा, सेलरोटी, अण्डा लगायत खाद्य सामग्री बेचिएको पाइएकाले अब फाइबरको सिसा राखेर व्यवस्थित गर्न निर्देशन दिइएको हो। समयसीमा भित्र सुधार नगरे ठेला जफत गरिने चेतावनी दिइएको छ।
अनुगमन टोलीले अहिले व्यवसायीलाई सम्झाएर छाडे पनि सुधार नभए थप कडा कारबाही गरिने जनाएको छ। ‘स्वास्थ्य नै धन भएकाले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन,’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले भने।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...