भैंसेपाटीमा निर्माण भएको मन्त्री आवाससँग जोडिएको बाटो फराकिलो गर्ने विषयमा सरकार र स्थानीयबिच विवाद भएको छ।
बाहिरी संचरना तयार नहुँदा निवासवरिपरि पश्चिम र पूर्वतर्फ झन्डै तीन सय मिटर लामो पर्खाल जस्ता पाता बिछ्याएर बनाइएको छ भने कहीं माटो थुपारेर अस्तव्यस्त पारिएको छ। मन्त्री आवासका लागि छुट्ट्याइएको हेलीप्याडमा स्थानीयले ब्याटमिन्टन खेल्ने ठाउँ बनाएका छन्। आवासभित्रको ढल बाहिर लैजान दिइएको छैन भने खानेपानी पाइप बिछ्याउन समस्या भएको छ।
बाटो चौडा गर्ने विषयमा स्थानीय र सहरी विकास मन्त्रालयका कर्मचारीबिच विवाद हुँदा मन्त्रालयमातहतको विशेष भवन निर्माण आयोजनाले पक्की पर्खाल बनाउन सकेको छैन। यसबाट आवासको सौन्दर्यकरणमा मात्र नभई सुरक्षामा पनि समस्या थपिएको छ।
मन्त्री आवास (सैबु आवास योजना) रहेको ललितपुर महानगरपालिकाका वडा नं १८ का वडाध्यक्ष दामोदर खड्का भन्छन्, ‘हामीले पनि यो मन्त्री आवास बिजोग अवस्थामा रहेको देख्न चाहेका छैनौं। यो विषयमा तत्काल समस्या सामाधान भई टुंगो लाग्नुपर्छ। अहिले यो ठूलो समस्या भएको छ।’
नयाँ मन्त्री आवासमा संघीय सरकारका सबै मन्त्री सरिसकेका छन्। मन्त्री आवासभित्र रहेका घरहरू भव्य र आकर्षक छन् तर बाहिरी संरचना अस्तव्यस्त छ। खानेपानी, ढल, पर्खाल, हेलीप्याडको समस्या छ। विशेष भवन निर्माण आयोजनाका कर्मचारीका अनुसार वरिपरि पर्खाल (बाउन्ड्री वाल) नबनेकाले नयाँ मन्त्री आवासमा सरेका मन्त्री तथा मन्त्री सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले सुरक्षाको चिन्ता व्यक्त गरेका छन्।
गृहमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले यस्तो अवस्थामा सर्न समस्या भएको नै गुनासो गरेको आयोजनाका कर्मचारी बताउँछन्। जस्ता पाता बिछ्याएर पर्खाल बनाएको ठाउँमा जोकोही पनि सजिलैसँग जस्ता पाता छेडेर आवासभित्र छिर्न सक्ने अवस्था छ। कहीं जस्ताका पातासमेत बिछ्याइएको छैन।
आवासवरिपरिका सबै सडक न्यूनतम ११ मिटर चौडाइ हुनुपर्ने, एघारमिटर चौडाइ कायम नभएसम्म पर्खाल निर्माण गर्नै नदिने स्थानीयको अडान छ। यतिबेला पश्चिमतर्फको सडक पाँच मिटर मात्र चौडाइ छ।
मन्त्रालयका कर्मचारीहरू पश्चिमतर्फको सडकलाई ११ मिटर कायम गर्ने हो भने तीन मिटर सरकार छाड्न तयार छ तर अरू तीन मिटर स्थानीयले पनि छाड्नुपर्छ। स्थानीय भने आफूहरू एक इन्च पनि नछाड्ने बताउँछन्।
समस्या यहींबाट सुरु भएको हो। सोही कारण मन्त्रालयले आवासवरिपरि पर्खाल लगाउन सकेको छैन। ढल पाइप आवासबाट बाहिर लग्न मन्त्रालयले पाएको छैन। बाटोको समस्या टुंगो लगाएर मात्र ढल राख्न स्थानीयको माग छ। यही विषयमा स्थानीय र मन्त्रालयबिच पटकपटक छलफल भएको छ, तर समस्या समाधान भएको छैन। दुवै पक्ष एक इन्च पनि आफ्नो अडानबाट पछि हटेका छैनन्।
२०३१ सालमा सरकारले केन्द्रीय कारागार बनाउन भनी भैंसेपाटीको सैबु आवास योजनाको ९७ रोपनी जग्गा मुआब्जा दिई अधिग्रहण गरेको थियो। त्यस जग्गामा केन्द्रीय कारागार त बनेन, तर २०७५ मा नयाँ मन्त्री आवास बनाउने सरकारले निर्णय गर्यो। अहिले त्यस जग्गामा मन्त्री आवास मात्र नभई राष्ट्रिय सभाका अध्यक्षको निवास तथा मुख्यमन्त्री र प्रदेश प्रमुखहरूको सम्पर्क कार्यालयसमेत बनेको छ।
सबैका लागि भवन तयार भइसकेको छ। मुख्यमन्त्री र प्रदेश प्रमुखहरू पनि त्यहाँ सरिसकेका छन्। मन्त्रालयले अझै पनि नयाँ मन्त्री आवास मन्त्रालयमातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई हस्तान्तरण गरेको छैन। मन्त्री आवासको उद्घाटनसमेत गरिएको छैन। प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालयको उद्घाटन भने पोहोर साल गरिएको थियो।
पश्चिमतर्फको बाटो ११ मिटर चौडाइ हुनुपर्ने र मन्त्री आवासनजिकै रहेको मन्दिरका लागि केही जग्गा छुट्ट्याउनुपर्ने स्थानीयको माग छ। मन्त्रालयका प्रतिनिधि भने पश्चिमतर्फको बाटो ११ मिटर चौडाइ गराउनेबित्तिकै सरकारको चार रोपनी १४ आना जग्गा जाने र अर्को बालुवाटार काण्ड हुने भन्दै जग्गा छाड्न तयार भएका छैनन्।
यसैगरी हेलीप्याडतर्फको जग्गा छाड्ने हो भने दुई रोपनी जग्गा छाड्नुपर्ने मन्त्रालयको भनाइ छ। आवास पूर्वतर्फ रहेको हेलीप्याडतिर पनि पक्की पर्खाल बनाउन दिइएको छैन। त्यहाँ पनि जस्ता पाता बिछ्याएर कामचलाउ गरिएको छ।
मन्त्रालयका कर्मचारीहरूको भनाइ यो छ कि पश्चिमतर्फको बाटो ११ मिटर गराउनेबित्तिकै बाहिरी पर्खाल भित्री सर्ने, भित्रीको हरियाली क्षेत्र तथा आन्तरिक पर्खाल छोट्टिने र यसबाट सुरक्षा चुनौती बढ्ने निश्चित छ। त्यसैले सरकारले ६ मिटर जग्गा छाड्न सक्दैन।
स्थानीय विजया कुँवरले मन्त्री आवास बनाउनुअघि नै मन्त्री आवासवरिपरिका सबै बाटो ११ मिटर चौडाइ हुनुपर्ने सहमति भएको र उक्त सहमति कार्यान्वयन गर्न आफूहरूले दबाब दिएको बताइन्। पश्चिमतर्फको बाटोको चौडाइ ११ मिटर बनाउन संसदीय समिति, अर्थमन्त्रीबाट समेत निर्देशन दिइसकेको उनको भनाइ छ।
‘हामी जग्गा छाड्दैनौं। सरकारले ११ मिटर चौडाइ बाटो बनाएसम्म पर्खाल लगाउन दिन्नौं’, उनले भनिन्। पहिल्यै सहमति भइसकेको विषयमा सहरी विकास मन्त्रालयले बखेडा झिकेको उनको भनाइ छ।
१८ नं वडाका वडाध्यक्ष खड्काले मन्त्री आवासवरिपरिको बाटो ११ मिटर चौडाइ बनाउन सरकारले बुझ्नुपर्ने बताए। ‘यो कुरा सरकारले बुझ्ने विषय हो। मन्त्री आवास बन्नेबित्तिकै आवतजावत बाक्लो हुन्छ। जाम हुने सम्भावना हुन्छ। त्यसैले बाटो चौडाइ गर्ने सरकारको काम हो’, उनले भने, ‘यस विषयमा जतिसक्दो चाँडो समस्या सामधान हुनुपर्छ। हामीले समस्या बल्झाउन चाहेका छैनौं’ उनले भने।
विशेष भवन निर्माण आयोजनाका आयोजना प्रमुख सुनिलकुमार ठाकुरले बाटो चौडाइ गर्ने नाममा सरकारले जग्गा छाड्ने हो भने आफूहरू फस्ने मात्र नभई आवासभित्र सुरक्षा चुनौती थपिने, आन्तरिक पर्खाल छोट्टिने तथा आन्तरिक संरचना नै बिग्रने बताए।
सरकारले जति बाटो छाड्छ, त्यति नै स्थानीयले छाड्नुपर्ने उनको भनाइ छ। स्थानीयले सरकारलाई काम गर्न दिनुपर्ने उनको सुझाव छ। स्थानीयको घरको नक्सा महानगरपालिकाबाट पाँच मिटर बाटोमै पास भए पनि समस्या बल्झाउन खोजिएको मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ। ती कर्मचारीले भने, ‘सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व सरकारको हो। सरकारले आफ्नो दायित्व पूरा गर्न लागेको हो।’