काठमाडौंका एसएसपी भन्छन्: प्रहरी कुट्ने जुनसुकै पार्टीको होस्, हजार प्रतिशत कारबाही हुन्छ
२९ माघ २०८१
•
७ मिनेट पाठ
काठमाडौंका एसएसपी भन्छन्: प्रहरी कुट्ने जुनसुकै पार्टीको होस्, हजार प्रतिशत कारबाही हुन्छ
तस्बिर: दिपेश दर्शनधारी/नागरिक
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले प्रहरीमाथि कुटपिट गर्ने जोसुकै/जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।




मंगलबार प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’

उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए एक हजार प्रतिशत कारबाही गरिने प्रतिबद्धता जनाए। ‘सय, दुई सय प्रतिशत मात्र होइन, हजार प्रतिशत कारबाही गर्छौं’ उनले भने।

गत बिहीबार अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको थियो। घटनामा संलग्न पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिए पनि जोशी भने उन्मुक्ति पाएका थिए।

प्रहरीका अनुसार सो घटनामा संलग्न ताप्लेजुङको फुङलिङ–१ का २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परिसकेका छन्। अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत उनीहरू नेकपा एमालेनिकट विद्यार्थी संगठनमा आबद्ध छन्।

परिसर प्रवक्ता एसपी अपिलराज बोहोरा अनुसार पक्राउ परेका सिग्देल र फुलाराविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। पक्राउ पुर्जी जारी गरिएका अन्य तीन जना नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अझै फरार छन्।

घटनाका क्रममा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए। दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टोली (क्यूआरटी) लाई जोशीसहितको समूहले आक्रमण गरेको थियो। प्रहरीले सम्झाउन खोज्दा उनीहरू झनै उग्र बनेका थिए।

पत्रकार सम्मेलनमा प्रमुख अधिकारीले काठमाडौंमा पछिल्ला केही दिनयता भएका विभिन्न आपराधिक गतिविधिमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिए।

उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर सङ्गठनले काम गरिरहेको सुनाए।

परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधन स्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको जानकारी दिँदै अधिकारीले शान्ति सुरक्षा र न्यायिक कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे।

‘सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ, राज्यले अघि सारेको विकास र खुसी प्राप्त गर्ने अभियानमा शान्ति सुरक्षा नै पहिलो सर्त हो भन्ने मान्यतालाई आत्मसात् गरेका छौँ’ , वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले भने।

परिसर मातहत करिब चार हजार जनशक्ति रहेको र सो जनशक्तिले एक हजार एक सयभन्दा बढी विषयमा नागरिकलाई सहयोग पुर्‍याइरहेको उनको भनाइ थियो।

सम्मेलनमा प्रहरी प्रमुख अधिकारीले आफूले ‘कमान्ड’ सम्हाले पछिका तीन महत्त्वपूर्ण घटना र आपराधिक क्रियाकलापमा संलग्नहरुलाई सार्वजनिक गरिएको थियो।

सुन चोरी, अनलाइन सट्टाबाजी तथा हत्या जस्ता घटनामा संलग्नहरूलाई सार्वजनिक गरिएको हो। उनीहरुमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पहिलो घटना: डल्लुमा लाखौंको सुन चोरी, तीन जना पक्राउ

काठमाडौंको डल्लुमा भएको सुन चोरी प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सर्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घर भई हाल बसन्तपुर बस्ने ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेको पनौती-१ घर भई बसन्तपुर बस्ने ५० वर्षीय कोमल बहादुर कार्की र भारतको कलकत्ता प्रदेशका ५८ वर्षीय जागिर मलिक रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले माघ २६ गते डल्लु बस्ने ज्ञानरत्न मानन्धरको घरमा भाडामा बस्ने दोलखाको फस्कु शैलुङ नगरपालिका-७ की सुनिता ठकुरीको डेराबाट लाखौं मूल्यबराबरको सुनका गहना चोरी गरेका थिए।

पक्राउ परेकाहरूको साथबाट सुनको नेक्लेस, सिक्री, औंठी, गलेको सुन, तिलहरी, झुम्का, मंगलसूत्र, सिक्का लगायतका गहना बरामद गरिएको छ। उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एसपी बोहराका अनुसार पक्राउ परेका मध्ये देउला यसअघि चोरी, ज्यान मार्ने उद्योग लगायत ६ वटा मुद्दामा पक्राउ परेर छुटेका अभियुक्त हुन्।

दोस्रो घटना: काठमाडौंमा अनलाइन सट्टाबाजी, ३ अर्बभन्दा बढीको कारोबार, २३ जना पक्राउ

काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर अनलाइन बेटिङ सञ्चालन गर्दै आएका २३ जना भारतीय नागरिकको समूह प्रहरीले सार्वजनिक गरेको छ।

परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पक्राउ परेकाहरूले ‘लोटस ३६५’ नामक अनलाइन प्लेटफर्ममार्फत् ३ अर्ब १३ करोडभन्दा बढी रकमको अवैध कारोबार गरेको खुल्न आएको छ।

अनुसन्धानका क्रममा उनीहरूले क्रिप्टोकरेन्सीमार्फत् ८६ करोड ९१ लाख ९७ हजार बढीको कारोबार गरेको समेत भेटिएको छ।

उनका अनुसार अनुसन्धानमा पक्राउ परेकाहरू एक वर्षअघि नै नेपाल आएका थिए। उनीहरू विभिन्न व्यक्तिहरूलाई अनलाइन बेटिङमा आकर्षित गरी ठगी गर्ने कार्यमा संलग्न थिए।

पक्राउ परेका सबै भारतीय नागरिक हुन्, जसमा अधिकांश बिहारको बाँका जिल्लाका छन्। त्यस्तै, चार जना छत्तीसगढ र पाँच जना उत्तर प्रदेशका रहेको खुलेको छ।

पक्राउ पर्नेहरूमा ओकिलकुमार यादव, किशोरप्रसाद यादव, रोहितकुमार यादव, मुन्नाकुमार यादव, राहुलकुमार यादव, बिपिनकुमार यादव, शंकरकुमार यादव, सुरेन्द्र कुमार, रोहित कुमार, भवेश कुमार, अभिषेक कुमार, चन्दन यादव, श्याम कुमार, बिठु कुमार, कुबिन्दर सिंह, हर्ष जैसवाल, सुरज साह, यसवाल कृष्ण, श्रेष्ठ गुप्ता, बादलकुमार जैसवाल, सौरभ सरूवा, सुनिलकुमार जैसवाल र महमद साहिद मल्लिक छन्।

प्रहरीले उनीहरूको साथबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप, ५० भारतीय सिमकार्ड, ९ भारतीय एटिएम कार्ड र ८१ हजार रुपैयाँ नगद बरामद गरेको छ।

एसपी बोहोराका अनुसार पक्राउ परेकाहरूमाथि सट्टेबाजीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

तेस्रो घटना: मोबाइल विवादले हत्या, तीन जना पक्राउ

काठमाडौंको कुमारीगालमा लुटिएको मोबाइल फोनकै कारण दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ। आइतबार बिहान करिब ६ बजे कुमारीगाल क्षेत्रमा भएको झडपमा अमृत कार्कीको मृत्यु भएको हो भने क्षितिज कार्की घाइते छन्।

काठमाडौं महानगरपालिका-७, सरस्वतीनगरमा एक व्यक्ति मापसे गरेर हिँडिरहेका थिए। त्यही बेला झापा घर भई गोकर्णेश्वर बस्ने क्षितिज कार्की, सिन्धुपाल्चोकका विशाल तामाङ र प्रशान्त नामका युवकले उनलाई रोकेर मोबाइल लुटे।

यो दृश्य दोलखा घर भई कपन सिमलटार बस्ने युनिक लामा उर्फ नुर्वु शेर्पाले देखेका थिए। उनले पनि लुटिएको फोन आफैंले लुट्ने योजना बनाएर साथी अमृत कार्कीलाई बोलाए।

त्यसपछि नुर्वु र अमृत कुमारीगाल पुगे। उनीहरूले क्षितिजको समूहलाई धम्क्याएर मोबाइल दिन भने। तर, क्षितिजले मानेनन्, जसले गर्दा दुई पक्षबीच झगडा भयो।

प्रहरीका अनुसार झडपको क्रममा क्षितिजले चक्कु निकालेर अमृतको छातीमा प्रहार गरे। गम्भीर घाइते भएपछि अमृत भित्तामा अडेस लगाएर बसे। यो देखेपछि नुर्वुले क्षितिजको चक्कु खोसेर उनलाई नै प्रहार गरे, जसले गर्दा क्षितिजको हात, पिठ्युं र तिघ्रामा चोट लाग्यो।

स्थानीयले घटनालाई देखेपछि प्रहरीमा खबर गरे। केही मिनेटमै प्रहरी पुगेर दुवै घाइतेलाई अस्पताल लग्यो। तर, अस्पताल पुर्‍याएपछि अमृतलाई मृत घोषणा गरियो। प्रहरीका अनुसार चक्कुको चोट सानो भए पनि प्रहार मुटुनजिक भएकाले उनको मृत्यु भएको हो।

प्रहरीले घटनास्थलबाट नुर्वु र विशाललाई नियन्त्रणमा लिएको छ भने उपचारपछि क्षितिजलाई पनि पक्राउ गरिएको छ। अर्का संलग्न प्रशान्त भने फरार छन्, जसको खोजी भइरहेको प्रवक्ता एसपी बोहोराले जानकारी दिए।

काठमाडौं प्रहरी परिसरले पछिल्ला दिनमा अपराध नियन्त्रण तथा अनुसन्धान तीव्र बनाएको छ। माघ १५ देखि हालसम्म ३ हजार ३७९ जना फरार प्रतिवादी पक्राउ परिसकेको प्रहरीको दाबी छ। जसमा पुरुष २७६ छन् भने महिलाको संख्या १०३ रहेको छ।

प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस