चितवन अदालतमा थुनछेक बहस सुरु, रविको पक्षबाट १० जनाले बहस गर्ने
२३ माघ २०८१
•
१ मिनेट पाठ
चितवन अदालतमा थुनछेक बहस सुरु, रविको पक्षबाट १० जनाले बहस गर्ने
साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ।




आजैदेखि भएको थुनछेकमा सुरुवातको बहस सरकारी वकिलले गरिरहेका छन् । जिल्ला न्यायाधिवक्तासहित अन्य सहायक न्यायधिवक्ताहरुले बहस गर्ने बताइएको छ।

जाहेरवालाहरूको तर्फबाट चार जनाले बहस गर्ने भएका छन्। वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले जाहेरवालाहरूको तर्फबाट बहस गर्ने छन्। 

त्यस्तै रवि लामिछानेको तर्फबाट १० जनाले बहस गर्ने भएका छन्।  वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू गोपीलाल देवकोटा, केदारराज पन्त र दिपकराज तिमल्सेना सहित १० जना कानुन व्यवसायीले बहस गर्ने बताइएको छ। 
अर्को समाचार
रास्वपालाई एक्लै छाडेर हिँडे दाहाल !
३० जेष्ठ २०८२
•
१ मिनेट पाठ
रास्वपालाई एक्लै छाडेर हिँडे दाहाल !
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साथ छाडेर हिँडेको छ। माओवादी केन्द्रले संसद् खुलाउनेबारे सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सँग दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दैछ।




यससँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘अब रास्वपा आफ्नै ढङ्गले जान्छ’ भनेर प्रतिक्रिया दिएका छन्। ‘रास्वपासँग मूलभूत रूपमा केही फरक छैन। तर, उहाँहरूका केही अडानका कारणले सायद केही समय उहाँहरू आफ्नै ढङ्गले जानुहुन्छ। तर, हाम्रो बीचमा विमति र आरोप-प्रत्यारोप केही छैन,’ उनले भनेका छन्।

यसपछि रास्वपाले दाहालका प्रति रोष पोखेको छ। रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले दाहाललाई ‘भ्रष्टसँग मिलेको’ आरोप लगाएकी छन्। ‘माओवादीले केही समय रास्वपा सभापतिको पक्षमा बोल्दै गर्दा प्रचण्डलाई जनताले निकै विस्वास गर्दै थिए। तर, आज आएर तिनै भ्रष्टसँग मिलेर रास्वपालाई एक्लो बनाएको छ माओवादीले,’ उनले फेसबूकमा लेखेकी छन्।

उनी थप्छिन्, ‘ठिक छ, रास्वपा एक्लै लड्छ, एक्लै काफी छ। जनताको नजरबाट सबै पुराना दलहरू यसरी नै गिर्दै गएपछि बल्ल रास्वपाले देखेको यो देशको सपना पूरा हुनेछ। हामी मान्छे बेच्नेहरूसँग आज एक्लै लड्दैछौँ साथीहरू। भ्रष्ट नेताहरूले साथ छोडेर केही हुन्न, जनताको साथ छ रास्वपालाई। जनताको शक्तिभभन्दा ठूलो तिम्रो कुर्सी होइन।’

त्यसो त सुरुमा संसद्को जारी समस्याका बारेमा दाहाल आफैँले रास्वपासहित राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूलाई बोलाएर छलफल गरेका थिए। त्यसयता यी दलहरू संसद्‌मा सँगै उभिन्थे। तर, आजबाट भने माओवादी केन्द्र सदन खुलाउने पक्षमा गएको छ। यससँगै रास्वपा नेताहरू रिसाएका हुन्।
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock २ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
यो पनि पढौँ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस