राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ दलका प्रति सरकार 'निर्मम' बनेको बताएको छ। पार्टी सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र बहालवाला गृहमन्त्री रमेश लेखकको तुलना गर्दै रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले यस्तो बताएका हुन्।
पार्टी मुख्यालय वनस्थली च:मतिमा जारी बैठका बीच पत्रकारहरूसँग कुराकानी गर्दै झाले भने, 'पुराना दलका लागि चाहिँ प्रमाणित हुनुपर्ने, नयाँ दललाई चाहिँ प्रमाणित हुन नपर्ने हो ? कि त्यो भन्नुपर्यो। त्यो हो, पुरानालाई चाहिँ प्रमाणित हुनुपर्छ, नयाँलाई चाहिँ दर्ता भयो पुग्छ हो?'
अगाडि उनले सोधे, 'अरु दलका नेतालाई त प्रमाणित नभएरै जेलमा थुन्नुभएको छ नि तपाईंले ? तपाईंहरूको चाहिँ प्रमाणित हुनुपर्ने जेल जानलाई, अरुलाई प्रमाणित नगरेरै अभियोजन दर्ता भएकै आधारमा थुन्न थाल्नभएको छ, थुनिरहनु भएको छ। यसको जवाफ के छ ?'
बहालवाला गृहमन्त्री लेखकमाथि भिजिट भिसामा पैसा असुलेको आरोप छ। उनले राजीनामा दिनुपर्ने दबाब बढ्दो छ। त्यसमा रास्वपाले पनि उनले राजीनामा दिनुपर्ने र अनुसन्धानमा सघाएर प्रमाणित देखिए जेल जानुपर्ने माग गरेको छ।
पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अहिले पनि थुनामै छन्। रास्वपाले लामिछाने दोषी नदेखिँदै थुनामा पठाइएको जिकिर गर्दै आएको छ। यद्यपि, अदालतहरूले भने लामिछानेलाई निर्दोष भन्न नमिल्ने बताएका छन्।