अछाम घटना: अपरिपक्व बाल प्रेमले निम्त्याएको बीभत्स हत्याकाण्ड !
१९ माघ २०८१
•
३ मिनेट पाठ
अछाम घटना: अपरिपक्व बाल प्रेमले निम्त्याएको बीभत्स हत्याकाण्ड !
अछामको ढकारी गाउँपालिका–८, की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको प्रेमीले नै बीभत्स हत्या गरेको खुलासा भएको छ।




गत साताको शुक्रबार जंगलमा बाख्रा चराउन गएका बेला ती दुवै किशोरीको टाउको र निधारमा ठूलो ढुङ्गा प्रहार गरि बीभत्स हत्या गरिएको अछाम जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ईश्वरप्रसाद भण्डारीले बताए।

गोठाला गएका दुई किशोरी साँझ घर नफर्केपछि खोजी गर्दा दोस्रो दिन अछामको ढकारी गाउँपालिका–१, स्थित षोडसा सामुदायिक वनको छिन्ने ओडार नजिक १५ मिटरको दुरीमा टाउको र निधार ढुङ्गाको चोटले क्षतविक्षत भएको अवस्थामा शव भेटिएको थियो।

इशराको फोनमा कुराकानी हुने गरेको केटाको मोबाइल नम्बर भाउजूबाट प्रहरीले प्राप्त गरेपछि हत्या गर्ने किशोरसम्म प्रहरी पुग्न सफल भयो।

यसरी भयो घटना  

१६ वर्षीय किशोर ६९ मंगलसेन ७३ (नाम परिवर्तन) ले मोबाइल नम्बर पत्ता लगाएर इशरासँग कुरा गर्न थाले। कक्षा १० मा अध्ययनरत ६९ मंगलसेन ७३ र इशरा फोनमा कुरा गर्दै गर्दा प्रेम सम्बन्ध सुरु भयो।

यसैगरी अर्का केटा १५ वर्षीय ६९ मंगलसेन ७६ (नाम परिवर्तन) को पनि सरस्वतीसँग फोनमा माया प्रेमको कुराकानी हुने गर्थ्यो। ६९ मंगलसेन ७६ कक्षा ८ मा अध्ययनरत हुन्। दुवै किशोर र ती दुई किशोरी बीच भेट भने भएको थिएन।

किशोरी र किशोरहरुको घरको दुरी ४/५ घण्टाको पैदल दुरीमा रहेको डिएसपी भण्डारी बताउँछन्। माघको महिना सुदूरपश्चिममा चेलीबेटीलाई कोशेली उपहार दिने चलन छ। त्यही चलन अनुसार फुपूलाई कोशेली दिने भन्दै दुई किशोर दुई दिन अघि डुफास्थित आफन्तको घर आएका थिए।

उनीहरुले किशोरीसँग बाख्रा चराउन गएको जंगलमा भेट्ने स्थान तय गरे। किशोरीको घरभन्दा करिब पौने घण्टा टाढा रहेको भिरालो जमिन रहेको छिन्ने जंगलमा किशोरी बाख्रा चराउन गएका थिए। दुई किशोर पनि १२ बजे त्यहीँ पुग्छन्।

६९ मंगलसेन ७३ ले गरेको प्रस्ताव स्विकार्दै इशराले बिहे गर्ने भन्दै चुन्नी (आफूले ओढेको रुमाल) साटासाट गरिन्। चुन्नी साटेपछि बिहेको लागि पक्का गरेको युवायुवतीमा मानिन्छ।

त्यही बेला ६९ मंगलसेन ७६ ले पनि सरस्वतीसँग चुन्नी साँट्न प्रस्ताव गर्छन्। चुन्नी साट्न भने सरस्वतीले अस्वीकार गर्छिन्। तर, त्यही बेला सरस्वतीको एयरफोन ६९ मंगलसेन ७६ ले खोस्छन्। ६९ मंगलसेन ७६ ले एयरफोन खोसेपछि दाजुको एयरफोन हो भनेर इशराले फिर्ता मागेकी थिइन्।

इशरा र ६९ मंगलसेन ७३ छेउतिर जान्छन्। त्यहीबेला बाख्रा धपाउन इशरा बाख्रा भएतिर जान्छिन्। चुन्नी साट्न नमाने पनि सरस्वती भने बिहे गरेर जान चाहेको किशोरको बयानबाट खुलेको डिएसपी भण्डारीले बताए।

बिहे गरेरसँगै लैजान नचाहेको, तर पछि बिहे गर्छु भनेर यौन सम्पर्क गर्ने ६९ मंगलसेन ७६ को प्रस्ताव सरस्वतीले इन्कार गरेको उनले बताए। यौन प्रस्ताव अस्वीकार गरेपछि किशोरले पछाडिबाट ढुंगाले प्रहार गरे।

ढुंगाले हानेर बीभत्स हत्या गरे। त्यसपछि माथितिर गएर ठूलो ढुंगा खसाउँछन्। ढुंगाको आवाज सुनेर ६९ मंगलसेन ७३ र इशरा सरस्वती भएतिर जान्छन्। त्यहाँ सरस्वती बीभत्स अवस्थामा भुईँमा लडेको देख्छन्। सुरुमा ६९ मंगलसेन ७६ ले माथिबाट ढुंगा खसेर मृत्यु भएको बताउँछन्।

तर, फुपूलाई ढुंगालो हानेर मारेको भन्दै घरमा भनिदिन्छु  भन्दै इशरा आक्रोशित हुँदै घरतिर जान लाग्छिन्। त्यही बेला पोल खुल्ने डरले इशराको पनि हत्या गर्ने दुवै जनाले योजना बनाउँछन्।

इशराकै प्रेमी ६९ मंगलसेन ७६ ले पछाडिबाट टाउकोमा ढुंगा प्रहार गर्छन्। भुईँमा ढलेपछि ६९ मंगलसेन ७६ ले फेरि ठूलो ढुङ्गा प्रहार गरी हत्या गरेको बयानबाट खुलेको डिएसपी भण्डारीले बताए।

आफ्नो साथी जोगाउन ६९ मंगलसेन ७३ चुन्नी साटेकी प्रेमिकाको हत्या गरे। इशरा र सरस्वती फुपू भदै हुन्। उनीहरु दुवै विद्या प्रवद्र्धनी माध्यमिक विद्यालय घोडासैनीमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १५ सेकेन्ड अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
यो पनि पढौँ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस