डा.ओम मूर्ति अनिलद्वारा छात्रवृत्तिको घोषणा
१६ माघ २०८१
•
३ मिनेट पाठ
डा.ओम मूर्ति अनिलद्वारा छात्रवृत्तिको घोषणा
मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकममध्ये २० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ । डा. अनिलद्वारा स्थापित ‘डा. ओम फाउन्डेसन’ले सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलको शिक्षामा योगदान पु¥याउनका निम्ति उक्त छात्रवृत्तिका रकम छुट्टाएको हो ।




बुधबार पत्रकार सम्मेलनमार्फत् डा.अनिलले छात्रवृत्तिको घोषणा गर्नुभयो । ‘जीवन्त सम्बन्ध पुस्तकका पाठकहरूबाट प्राप्त रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गर्न पाउँदा खुशी लागेको छ ।’ डा. अनिलले पत्रकार सम्म्मेलनमा भन्नुभयो–‘छात्रवृत्ति दिन पाठकहरुको पनि महत्वपूर्ण भूमिका रहेकाले समग्र पाठकहरुप्रति मेरो विशेष आभार छ ।’

छात्रवृत्तिका लागि माघ १६ गतेदेखि फागुन ४ गतेसम्म कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीसँग देशैभरीबाट आवेदन माग गरिने फाउन्डेसनले जनाएको छ । उक्त छात्रवृत्तिमा सहभागी हुन फाउन्डेसनको वेबसाइट www.dromfoundation.com मा रहेको ‘छात्रवृत्ति फारम’ भरेर आवेदन दिन सकिने छ । प्राप्त आवेदनलाई फाउन्डेसनले यकिन गरेर अन्तिम नामवली तयार गरेर प्राथमिकताका आधार छात्रवृत्ति वितरण गरिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार छनोट भएका विद्यार्थीसँग सम्र्पक गरी छात्रवृत्तिको रकम विद्यार्थी स्वयम्को बैंक खाता वा अभिभावकको खातामा सिधैं जम्मा गरिदिने छ । छात्रवृत्ति प्राप्त गर्नका लागि विद्यार्थी स्वयम्, विद्यालय वा अभिभावकले आवेदन दिन फारम भर्न सक्नेछन् । तर, आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षाको ग्रेडसिट, परिचयपत्र, तथा विद्यार्थीको शैक्षिकस्तरसम्बन्धी विद्यालयको सिफारिस लगायतका कागजात संलग्न गर्नुपर्नेछ ।

गत वर्ष प्रकाशित ‘जीवन्त सम्बन्ध’ पुस्तकमा चिकित्सक तथा लेखक डा। ओम मूर्ति अनिलले पिताको स्मरणमा सम्बन्धहरूको गहिराईलाई स्पष्ट पारेर लेख्नुभएको छ । ५३ खण्ड र २३१ पृष्ठमा समेटिएको गैरआख्यानमुलक सो पुस्तकममा बुबा–आमा र सन्तानबीचको सम्बन्धलाई मिहीन ढंगबाट केलाइएको छ । उक्त पुस्तकले असंख्यक पाठकको मन जित्न सफल हुँदै आएको छ ।

‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका निम्ति स्थापित ‘डा। ओम फाउन्डेसन’मार्फत् खर्च गर्ने डा। ओम मूर्ति अनिलले यसअघि नै घोषणा गर्नुभएको थियो । फाउन्डेसनले हालसम्म विभिन्न ठाउँमा गरी सात वटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरी १६ सय जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको छ । उक्त शिविरमा विभिन्न जाँच गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क प्रदान गरेको थियो ।

त्यस्तै धुम्रपानविरुद्धका अभियानमा सातै प्रदेशका हजारौं विद्यार्थीहरुलाई सहभागी गराई हाजिरी जवाफ, चित्रकला, कविता प्रतियोगिता सञ्चालन गरेको थियो । सन् २०२४ मा धुम्रपानविरुद्धकै अभियानमा १७ सय जनाभन्दा बढीलाई धुम्रपान तथा सूर्ती सेवनको लत छुटाउन फाउन्डेसनले महत्वपूर्ण भूमिका खेलेको थियो ।

यसैगरी फाउन्डेसनले समाजका विभिन्न वर्गलाई सीपीआर तालिम प्रदान गरी आकस्मिक रुपमा हुने स्वास्थ्य जटिलता र पीडितको जीवन रक्षा गर्न सहयोग गर्ने ज्ञान प्रदान गर्दै आएको छ । यस वर्ष फाउन्डेसनले विपन्न तथा सिमान्तकृत समुदायका ३५० घरपरिवारलाई कम्बल ९ब्लाङ्केट० वितरण गरेको छ ।

छात्रवृत्ति कार्यक्रममा अन्य कुनै व्यक्ति वा संस्थाले फाउन्डेसनमार्फत् थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति फाउन्डेसनले सहजीकरण गरिदिने पनि जनाएको छ ।
अर्को समाचार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई
०७ फागुन २०८१
•
१ मिनेट पाठ
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार डा.ओम मूर्तिदेखि सावित्रासम्मलाई
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ प्रदान गर्ने भएको छ ।




राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा.छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ आभाष मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) पुरस्कृत हुने भएका हुन्।

यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओम मूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), मानवसेवा तथा समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुने भएका छन्।

पुरस्कृत व्यक्तित्वलाई विशेष समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ । नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्ने प्रयोजनका लागि २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका समय कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट एक करोड रुपैयाँ थप गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना भएको थियो ।

उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही रु पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलोपटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएको थियो । त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस