उज्यालो गण्डकी अन्तरगत म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्न विद्युत् नपुगेका घरहरूमा धमाधम सोलार जडान सुरू गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले लघु जलविद्युत तथा केन्द्रीय प्रसारण लाइन नपुगेका घरहरूमा सोलार तथा मर्मत आवश्यकता भएकालाई ब्याट्री र मर्मत समेत गरेको छ ।
बस्तीभन्दा टाढा रहेको घर धुरीहरूमा तत्काल केन्द्रीय प्रसारण लाइन पुग्न असम्भव भएकाहरूलाई समेत सोलारमार्फत उज्यालो बनाउने नीति अनुसार धवलागिरि गाउँपालिकाको वडा नं ४ र ६ मा १ सय २० घरधुरीमा सोलार जडान गरिएको कार्यालय प्रमुख सिनियर डिभिजन इन्जिनियर झलकमोहन ओझाले बताए।
‘टुकी बाल्न पर्ने घरधुरी कतै छुटेको भए सम्पर्क गर्न सकिन्छ,हामीले तत्कालै सोलार जडान गछौं’ कार्यालय प्रमुख ओझाले भने। केन्द्रीय लाइन र लघु जलविद्युत् परियोजना नभएका कुनै घर भएमा सौर्य ऊर्जा जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान उपलब्ध गराउने र उपभोक्ताले २५ प्रतिशत खर्च गर्नुपर्छ । उपभोक्ताले गर्ने खर्चलाई स्थानीय तहमार्फत व्यवस्थापनका विषयमा समेत छलफल भइरहेको छ ।सूर्य रोसनी इडस्ट्रियल प्रालिद्धारा बिग्रिएको घरधुरीमा मर्मत तथा नयाँमा जडान गरिरहेको छ । एक घरमा सोलार जडान गर्न करिब १६ हजार खर्च हुन्छ ।
म्याग्दीमा करिब ९५ प्रतिशत घरधुरीमा उज्यालो पुगेको छ । जिल्लाको अति विकट धवलागिरि गाउँपालिका–१ गुर्जाका करिब २ सय ५० घरधुरी बाहेक४४ वडामा केन्द्रीय प्रसारण लाइन पुगेको भएपनि वडाभित्रका पातलो बस्तीसम्म नपुग्ने अवस्थामा सोलार अभियान प्रभावकारी हुने धवलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘हामीले टुकी बाल्नुपर्ने अवस्थाको अन्त्य गदैं भविष्यमा सबै घरधुरीमा केन्द्रीय प्रसारण लाइन नै पु¥याउँछौ’ अध्यक्ष पुनले भने । उनले गण्डकी प्रदेशको अभियानलाई सघाउन आवश्यकता अनुसार सहयोग गर्ने बताए ।
राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार म्याग्दीमा रहेको २८ हजार आठ सय ३० घरधुरी रहेकोमा नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्र अन्तर्गत २३ हजार विद्युत्का ग्राहक छन् । विद्युत् प्राधिकरणबाट जिल्लाको मालिका, धवलागिरि, रघुगंगा गाउँपालिका भित्रका बस्तीहरूमा चालु आवमा नै बिजुली बाल्ने गरी धमाधम काम गरिरहेको म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । ‘उज्यालो म्याग्दी घोषणाका लागि तयारी अवस्था छ, हामीले सबै तिर काम अन्तिम चरणमा पु¥याएका छौ’ प्रमुख गामीले भने । म्याग्दीका स्थानीय तहले समेत विद्युत् नपुगेका बस्तीहरूमा विद्युत् जडानका लागि आवश्यक समन्वय गरिरहेका छन् । २०७९ मा नेपाल विद्युत् प्राधिकरणमार्फत २० करोड बजेट विनियोजन भएपछि दुई हजार घरधुरीमा केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...