निकुञ्ज ऐन संशोधन बदर: संरक्षणकर्मीद्वारा स्वागत असन्तुष्ट जनप्रतिनिधि
०४ माघ २०८१
•
३ मिनेट पाठ
निकुञ्ज ऐन संशोधन बदर: संरक्षणकर्मीद्वारा स्वागत असन्तुष्ट जनप्रतिनिधि
सर्वोच्च अदालतले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधनलाई बदर गरेपछि चितवनका जनप्रतिनिधि र संरक्षणकर्मीले फरकफरक मत जाहेर गरेका छन्। जनप्रतिनिधिले विकासमा अवरोध हुनेमा आशंका व्यक्त गरेका छन् भने संरक्षणकर्मीले वातावरण संरक्षणको पक्षमा महत्त्वपूर्ण फैसला भन्दै त्यसको स्वागत गरेका छन्।




चितवनको माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई सर्वोच्चले खारेज गरेपछि मध्यवर्ती क्षेत्रको विकास निर्माणमा असर पुग्ने बताइन्। ‘मध्यवर्ती क्षेत्रको विकास निर्माणका लागि वातावरण प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्छ। इआइए गर्ने प्रक्रियामा जाँदा नेपालमा तुरुन्तै हुने अवस्था छैन। त्यसलाई सजिलो बनाउन कानुन ल्याइएको थियो,’ उनले भनिन्, ‘सर्वोच्चले नै खारेज गरेपछि मध्यवर्ती क्षेत्रमा असर पूर्ण रूपमा पर्छ।’

माडी नगरपालिका चितवन राष्ट्रिय निकुञ्जले घेरिएको पालिकासमेत हो। यहाँ अधिकांश विकास निर्माणका कामहरू कानुनकै कारण रोकिने गरेको उनले बताइन्। ‘माडीमा सडक, पुललगायत भौतिक संरचना निर्माणमा निकुञ्जको स्वीकृति लिनुपर्छ,’ उनले भनिन्, ‘इआइए गर्ने प्रोसेस सजिलो छैन।’

चितवनका अन्य पालिकाले नदीजन्य पदार्थ बेचेर आम्दानी गर्दै आएका छन्। माडीमा खहरे खोलामा नदीजन्य पदार्थ निकुञ्ज ऐनका कारण झिक्न नसकिएको नगरपालिका प्रमुख महतोले बताइन्।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक लाख ५० हजारभन्दा बढीको बसोबास छ।

व्यवस्थापनका हिसाबले पनि निकुञ्ज ऐन संशोधन हुनुपर्ने धारणा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाको छ। ‘सरकारले मध्यवर्ती क्षेत्रको समस्या आवश्यकताको हिसाबले व्यवस्थापन गर्नुपर्थ्याे,’ उनले भने, ‘सरकारले ल्याउन लागेको कानुन दुरूपयोग नगरी सम्पादन भएको भए राम्रो हुने थियो।’

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा दुई तलाभन्दा बढीका भवन बनाउन नपाउने नियम छ। अहिले यस क्षेत्रमा ठुल्ठुला भवन बनिरहेका छन्। त्यसलाई निकास दिन र अव्यवस्थित रूपमा बसोबास गरिरहेका मानिसहरूका लागि व्यवस्थापन गर्न पनि कानुन आवश्यक रहेको उनको भनाइ छ।

संरक्षण कर्मी वासु ढुंगानाले सर्वोच्च अदालतले जैविक विविधता मास्न खोज्ने कानुन खारेज गरेकोमा स्वागत गरे। ‘सीमित मान्छेलाई फाइदा हुने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ माथिको पछिल्लो संशोधन ल्याइएको थियो,’ उनले भने, ‘वातावरण संरक्षणमा सर्वोच्चको यो निर्णय स्वागतयोग्य छ।’

उनले वातावरण संरक्षणसँगै मध्यवर्ती क्षेत्रका सीमान्तकृत मानिसहरूका लागि समेत धेरै फाइदा पुग्ने बताए। ‘मध्यवर्ती क्षेत्रमा बढी सीमान्तकृत मानिसहरू बसोबास गर्दै आएका छन्। उनीहरूले यहाँ सानो तिनो व्यवसाय गरेर गुजारा चलाएका छन्। यसमाथि कानुनलाई चुनौती दिँदै ठुला लगानी भित्र्याउने हो भने उनीहरूको व्यवसायका साथै वातवारण संरक्षणमा समेत खतरा हुन्छ,’ उनले भने।

लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकमार्फत आधा दर्जन ऐन संशोधन भएका थिए। त्यसमध्ये राष्ट्रिय निकुञ्ज ऐनलाई वातावरण र जैविक विविधता मास्ने गरी संशोधन गरिएको रिट परेको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको थियो।

संशोधित ऐनमा अति संवेदनशील क्षेत्रबाहेकका क्षेत्रहरूमा प्रकृति र मानव सहअस्तित्व कायम हुने गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट स्वीकृत आयोजना वा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न नेपाल सरकारले स्वीकृति दिन सकिने उल्लेख गरिएको थियो।

मध्यवर्ती क्षेत्रमा आयोजना सञ्चालन गर्न सक्ने र स्वीकृति लिई पर्यापर्यटनलगायत अन्य उद्योग व्यवसाय सञ्चालन गर्न दिन सकिने विषय ऐनमा समेटिएको थियो। गैरकानुनी रूपमा सरकारले ल्याएको कानुन सम्मानित सर्वोच्च अदालतले संरक्षणको पक्षमा फैसला गरेको संरक्षणकर्मी सञ्जय अधिकारीले बताएका छन्।
अर्को समाचार
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
२५ असार २०८२
•
३ मिनेट पाठ
६ अर्ब भ्रष्टाचार ठहर मुद्दामा फेरि सुनुवाइ
सर्वोच्च अदालतले विशेष अदालतबाट कर फछ्र्योट आयोगको ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार ठहर भइसकेको मुद्दा बदर गर्दै पुनः सुनुवाइ हुनुपर्ने ठहर गरेको छ। न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले विशेष अदालतबाट यसअघि भएको फैसला बदर गर्दै पुनः सुनुवाइमा पठाउने आदेश मंगलबार गरेको हो।




अदालतको फैसलासँगै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालगायतको भ्रष्टाचार मुद्दा फेरि विशेष अदालतबाटै सुनुवाइ सुरु हुने भएको हो। कर फछ्र्योट आयोग २०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणिसहित तीन जनालाई बिगो र जरिबाना गरी ६ अर्ब १६ करोड ४० लाख रुपैयाँ ठहर गरिऐको थियो। विशेषले उनीहरूलाई जनही नौ वर्ष कैद सजाय ठहर गरेको थियो। यो मुद्दा फैसलाका क्रममा त्रुटि भेटिएकाले फेरि सुरु अदालतमै पठाउने आदेश सर्वोच्चले गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असार ९ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। अख्तियारले एक अर्ब ३३ लाख २० हजार रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। विशेष अदालतबाट दुई वर्षअघि भ्रष्टाचार मुद्दा ठहर भएपछि चूडामणिसहित डिल्लीबजार जेलमै सजाय काटिरहेका छन्। सर्वोच्चबाट मंगलबार फैसला भए पनि लिखित रूपमा आइसकेको छैन। सर्वोच्चको फैसलासँगै प्रतिवादीहरू जेलबाट छुट्ने वा जेलमै रहने भन्ने निक्र्योल भइनसकेको अदालतले जनाएको छ।

विशेष अदालतको ठहरबमोजिम बिगो र जरिबाना गरेर हरेकका भागमा ६ अर्ब १६ करोड ४० लाख ९६ हजार आठ सय ४७ रुपैयाँ तिर्नुपर्ने हिसाब निस्केको थियो। अदालतले ठहर गरेको रकम बुझाउन नसकेपछि थुनामा गएर उनीहरूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएका थिए। एक वर्ष अघि सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता भएका थियो। पटकपटक ‘हेर्न नमिल्ने’मा पर्दै आएको मुद्दामा मंगलबारका लागि निसु (निर्णय सुनाउने) डेढ महिनाअघि मिति तोकिएको थियो।

२०७१ माघ २२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐन २०३३ ले दिएको अधिकार क्षेत्रभन्दा बाहिर गई बदनियतपूर्वक रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो। आयोगका तत्कालीन पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियतपूर्वक एक अर्ब ३३ लाख २० हजार रुपैयाँ कर छुट दिएको पुष्टि भएको भन्दै विशेष अदालतबाट मुद्दा ठहर भएको थियो। कर फछ्र्योट आयोगका तत्कालीन पदाधिकारी लुम्बध्वज, उमेशप्रसाद, चूडामणिले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदनसमेत दर्ता गराएका थिए। सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन भने मंगलबार खारेज गरिदिएको छ।

सुरु अदालतले तोकेको बिगो र जरिबाना रकम बुझाएर मात्रै माथिल्लो अदालतमा पुनरावेदन निवेदन दर्ता गर्न पाउने कानुनी व्यवस्था छ। यदि बिगो बुझाउन नसके थुनामा बस्नुपर्ने हुन्छ। बिगो रकम धेरै भएकाले तीन जना नै डिल्लीबजार कारागारमा थुनामा गएका थिए। उनीहरू आफूखुसी पुनरावेदन दिन थुनामा बसेका थिए। तर तिनै जनाले सर्वोच्च अदालतमा आफूहरूलाई कानुनविपरीत थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गराएका थिए। सम्बन्धित मुद्दा लगाउमा (एकै ठाउँमा) राखेर फैसला गरिएको हो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस