भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै
०१ माघ २०८१
•
३ मिनेट पाठ
भूकम्प प्रभावित जिल्ला : कर्णाली सरकार ७० विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण गर्दै
कर्णाली प्रदेश सरकारले अघिल्लो वर्षको कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट क्षति भएका ७० वटा विद्यालय र स्वास्थ्य संस्था पुनर्निर्माण सुरु गरेको छ। 




प्रदेश सरकारले विद्यालय भवन र स्वास्थ्य संस्था निर्माणका लागि चालु आर्थिक वर्षमा ५० करोड रूपैयाँ छुट्ट्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले विद्यालय भवन र स्वास्थ्य संस्था पुनर्निर्माणका लागि जाजरकोटमा २५ करोड, रुकुम पश्चिममा २२ करोड र सल्यानमा तीन करोड रूपैयाँ पठाएको छ।

यो रकमबाट भूकम्प प्रभावित जिल्लामा ५१ वटा विद्यालय र १९ वटा स्वास्थ्य संस्था निर्माण हुनेछन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहका अनुसार जाजरकोटमा २२ विद्यालय र ११ स्वास्थ्य चौकी, रुकुम पश्चिममा २७ विद्यालय र पाँचवटा स्वास्थ्य चौकी र सल्यानमा दुई विद्यालय र तीन स्वास्थ्य चौकी निर्माण गरिने छ।

जिल्ला समन्वय समितिको सिफारिसका आधारमा विद्यालय र स्वास्थ्य संस्थाहरू छनोट गरिएको मन्त्री शाहले जानकारी दिए। ‘छनोट भएका विद्यालय र स्वास्थ्य संस्था निर्माणका लागि जाजरकोटमा टेन्डर प्रक्रिया सुरु भइसकेको छ’, उनले भने, ‘रुकुम पश्चिम र सल्यानमा पनि ठेक्काको तयारी भइरहेको छ।’ प्रदेश सरकारले बनाउने विद्यालय भवन चार कोठाको हुनेछ भने स्वास्थ्य चौकी तीन कोठाको हुने छ।

प्रदेश सरकारले विद्यालय भवन, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाको पुनर्निर्माणको जिम्मेवारी आफूलाई दिन संघीय सरकारसँग आग्रह गर्दै आइरहेको थियो। संघीय सरकारले अनुमति दिएपछि विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक भवन निर्माण कार्य प्रदेशले सुरु गरेको हो। मन्त्री शाहले आगामी आर्थिक वर्षमा थप विद्यालय र स्वास्थ्य संस्था बनाउने गरेर बजेट छुट्ट्याइने बताए। अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले एक अर्ब बजेट छुट्ट्याए पनि भत्किएका कुन संरचना पुनर्निर्माण गर्ने भन्ने विषयमा टुंगो नलाग्दा उक्त बजेट फ्रिज भएको थियो।

जिल्ला समन्वय समिति जाजरकोटका समन्वय प्रमुख कालीबहादुर खत्रीले प्राथमिकताका आधारमा विद्यालय र स्वास्थ्य संस्था छनोट गरिएको बताए। उनले भूकम्पका कारण झन्डै तीन सय विद्यालय भवनमा क्षति पुगे पनि प्राथमिकताका आधारमा विद्यालय छनोट गरिएको बताए। ‘एकैपटक सबै विद्यालय भवन र स्वास्थ्य संस्था बनाउन सम्भव पनि छैन’, उनले भने, ‘स्थानीय तहबाट आएका रिफारिसका आधारमा प्राथमिकता निर्धारण गरेर विद्यालय र स्वास्थ्य संस्थाहरू छनोट गरिएको हो।’

प्रदेश सरकारले बनाएको कार्यविधिमा जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा विद्यालय र स्वास्थ्य संस्था छनोट समिति गठन गरिएको थियो। भूकम्प प्रभावित तीनवटै जिल्लाका समन्वय प्रमुखले छनोट गरेका स्वास्थ्य संस्था र विद्यालयहरू पुनर्निर्माणका लागि ठेक्का प्रक्रियामा गएका छन्। भूकम्प प्रभावित जिल्लामा विभिन्न गैरसरकारी संघसंस्थाले पनि विद्यालय र स्वास्थ्य संस्थाहरू निर्माण गरिरहेका छन्।

जिल्ला समन्वय समिति सल्यानका समन्वय प्रमुख बेलाराम रावलले पालिकाबाट विद्यालय र स्वास्थ्य संस्थाहरू पुनर्निर्माणका लागि माग धेरै आए पनि तीन करोड मात्रै प्रदेश सरकारले बजेट पठाएकाले सोहीअनुसार विद्यालय र स्वास्थ्य संस्थाहरू छनोट गरिएको बताए। प्रदेश सरकारले दिएको तीन करोड रूपैयाँबाट सल्यानको दार्मा गाउँपालिकामा दुईवटा विद्यालय र बागचौर, सिद्धकुमाख र कुमाखमा तीनवटा स्वास्थ्य संस्थाहरू निर्माण गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस