भैँसी पालनको हब बन्दै कपिलवस्तु
२३ पौष २०८१
•
३ मिनेट पाठ
भैँसी पालनको हब बन्दै कपिलवस्तु
राम्रो आम्दानी सहित बिक्रीका लागि कुनै झन्झट नभए पछि कपिलवस्तु भैँसी पालनको हब बन्दै गएको छ । भैँसी दूधको जिल्लामा उच्च माग भए पछि केही बर्ष यता कपिलवस्तुमा व्यवसायिक रुपमा भैँसी पालन गर्नेको संख्या निरन्तर वृद्धि भइरहेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अनुसार जिल्ला भैँसीको हब बन्दै गएको छ । केन्द्र अनुसार जिल्ला बिजयनगर, बाणगंगा, मायादेवी सुद्धोदन, कपिलवस्तु नगरपालिका लगायत १० वटै पालिका भैँसी पालनको लहर नै चलेको छ ।




भैँसीको दूधबाट राम्रो आम्दानी र बजारीकरणको कुनै समस्या नभए पछि कृषकहरूले घर घर मै भैँसी पालन थालेको केन्द्रका प्रमुख डाक्टर परबेज आलमले बताए । जिल्लामा २ सय ५० वटा भैँसी फर्म दर्ता गरेर व्यावसायिक रुपमा दूध उत्पादन गरिँदै छ । सामान्य कृषकले समेत घर घरमा भैँसी पालन गरेका छन् । भैँसीमा खासै रोगको  समस्या नदेखिने, भैँसीका लागि सुहाउँदो हावापानी, उत्पादित दूध बिक्री कालागि समस्या नहुने र पाडाहरूको बिक्री सम्मते सहजै हुने भएकाले कृषकहरू अहिले भैँसी पालनमा लागेको डाक्टर आलम बताउँछन् ।

बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकका कृषक दिपेन्द्र पौडेलले भैँसी पालनबाट मासिक ५० हजार बढी आम्दानी गर्दै आएका छन् । ३ बर्ष दुबई काम गरेर फर्केका उनले १२ बर्ष अघि २ वटा भैँसी सहित फर्म खोल्दा साढे ६ लाख लगानी गरेका थिए । १४ वटा भैसीबाट दैनिक ५५ लिटर दूध उत्पादन गरी राम्रो आम्दानी गर्दै आएको उनले बताए । एक हेक्टरमा घाँस लगाएर भैँसी पालन गरेका उनले दान भन्दा घाँसबाट व्यावसायिक भैँसी पालन गरे राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘विदेश जानु भन्दा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न सकिन्छ ’ उनले भने ।

अहिले जिल्लामा व्यावसायिक रुपमा भैँसी पालन गर्नेको संख्या बढेको उनले बताए । बिजयनगर गाउँपालिका वडा नम्बर ७ का छांगुर लोनियाले १५ वटा भैँसी पालेर राम्रो आम्दानी गर्नै आएका छन् । उनले बिजय नगरमा आफू जस्तै सयौँ कृषकहरूले भैँसी पालन गरेर मनग्य आम्दानी गदै आएका छन् । वार्षिक ६ लाख बढी दूध बचेर आम्दानी गर्दै आएको उनले बताए । भैँसी पालनले आफ्नो परिवार रामैसँग चलेको उनले बताए । बिजय नगरमा प्रदेश सरकारले भैँसीको श्रोत केन्द्र समेत स्थापन कालागि तयारी गरेको छ । बिजयनगरका कृषकहरूले उत्पादन गरेका दूधबाट खुवा बनाएर समेत बिक्री गर्दै आएको छन् । बिजयनगर गाउँपालिका प्रमुख गोपाल बहादुर थापाले बिजयनगरमा भैँसी पालन प्रति कृषकहरूको आकर्षण बढेको बताए । ‘राम्रो आम्दानी हुने भए पछि बिजयगरमा भैँसी पालनको लहर नै चलेको छ ’ उनले भने । उनले आफ्नो पालिकाले समेत कृत्रिम गर्भधारण सहित उपचार लगायतको सेवा दिँदै आएका बताए ।

जिल्लामा बुद्धभुमी नगरपालिका वडा नम्बर ९ ईमिलियामा प्रदेश कै सबै भन्दा ठुलो ग्लोबल डेरी उद्योग समेत सञ्चालित छ । यस्तै बागंगा दुग्ध सहकारी र साना किसान सहकारी लगायतले समेत कृषकहरूको दूध घर घर मै गएर किन्ने गरेको छ । जसले गर्दा कृषकहरूलाई बजारीकरणको कुनै समस्या छैन । विज्ञ केन्द्र अनुसार भैँसी पालनको संख्या बढकोले जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा वार्षिक ५९ हजार ४८५ मेट दूध उत्पादन हुन्छ । जस मध्ये भैसीबाट २९ हजार ६८० मेट दूध उत्पादन हुने गरेको छ ।

जिल्लाबाट दैनिक ७ हजार लिटर बढी दूध जिल्ला बाहिर निकासी हुने गरेको छ । विज्ञ केन्द्रले भैँसी पालन प्रबद्र्धनका लागि सहजीकरण कार्यक्रम, डोर टु डोर पशु सेवा शिविर, निःशुल्क कृत्रिम गर्भधारण नश्ल सुधार कार्यक्रमले समेत भैँसी पालनको संख्या बढेको डाक्टर आलम बताउँछन् । जिल्लामा पशु हाट बजार समेत रहेकोले थारो भएका भैँसी र पाडाहरूलाई समेत सहजै बिक्री गर्न सकिने उनले बताए ।   
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस