मध्यपुर थिमि नगरपालिकाको आयोजना र प्रायोजनमा तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ शुक्रबारदेखि सुरु हुने भएको छ।
नगर प्रमुख तथा महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले बिहीबार आयोजित पत्रकार भेटघाटमा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।
महोत्सवको उद्घाटन शुक्रबार बिहान साढे ९ बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा गर्ने बताइएको छ।
महोत्सवको मुख्य उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरवासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्याउने रहेको छ।
यसका साथै स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने, र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै ती समयमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्य महोत्सवले राखेको छ।
महोत्सवका कार्यक्रमहरू शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोदे, र तिगनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन हुने छन्।
प्रदर्शनी र कार्यक्रमहरू
महोत्सवमा तीन सय ४७ स्टल रहने र तीमध्ये स्थानीय कला, संस्कृति, परम्परा, र हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रदर्शन गरिनेछ।
सांस्कृतिक नाच प्रदर्शन: २५ प्रकारका परम्परागत नाच, जस्तै अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन हुनेछ।
बाजागाजाका प्रदर्शनी: धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजनलगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन गरिनेछ।
नेवारी भेषभूषा र परम्परागत सामग्री प्रदर्शन: नेवारी संस्कार र भेषभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनी गरिनेछ।
अन्य प्रदर्शनहरू: नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन प्रदर्शन।
खानेकुरा र पुस्तक प्रदर्शनी: ५० खानाका स्टल र पुस्तक प्रदर्शनीका ४ स्टल रहनेछन्।
इतिहास र अनुभव
यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८, र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो। साथै, वः महोत्सव, धिमे बाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, र भजन गायनजस्ता कार्यक्रमहरूले नगरलाई आन्तरिक र बाह्य पर्यटनमा आकर्षणको केन्द्र बनाउँदै आएको अनुभव रहेको छ।
नगरपालिकाले महोत्सवलाई जीवन्त र दिगो पर्यटनमुखी बनाउन स्थानीय मौलिकतालाई केन्द्रमा राखेर सञ्चालन गरिरहेको जनाएको छ। महोत्सवको पूर्वसन्ध्यामा पत्रकारहरूलाई शंखधर चोकदेखि बोदेसम्म साढे पाँच किलोमिटर क्षेत्रको अवलोकन भ्रमण गराइएको थियो।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...