मानव सुरक्षा प्रत्याभूति गर्ने उद्धेश्यले ‘स्थानीय जलवायु कार्यको महत्व’ विषयमा सुर्खेतमा राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युएनडीपी र जापान सरकारको सहयोगमा उक्त गोष्ठी आयोजना गरिएको नेपालस्थित जापानी दूतावासले जनाएको छ । ।
संघीय निकायका अधिकारी र सातवटै प्रदेशका प्रतिनिधि, आयोजना कार्यान्वयन भैरहेको नगरपालिकाका स्थानीय प्रतिनिधि, नेपाल नगरपालिका महासंघ, नेपाल गाउपालिका राष्ट्रिय संघ तथा सुर्खेतमा काम गर्ने साझेदार सस्थाका प्रतिनिधिहरू सहभागी रहेको उक्त गोष्ठीलाई सम्वोधन गर्दै जापानी दूतावासका डेपुटी चिफ अफ मिसन ताकाहिरो तामुराले युएनडीपीको सहयोगमा संचालित परियोजनाको कारण जाजरकोट जिल्लाको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताए ।
सन् २०२३ नोभेम्बरमा जाजरकोट आएको भूकम्पको प्रतिकार्यका लागि सो आयोजनामार्फत प्रशिक्षित स्वयंसेवकले महत्त्वपुर्ण भूमिका निर्वाह गरेको उनको कथन थियो । यस कार्यक्रमलाई जापान–युएनडीपी सहयोगको अर्को सफल उदाहरण भएको उल्लेख गर्दै उनले यो आयोजनाले नेपाल र जापानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुई देशबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
यूएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाले कर्णाली प्रदेशको उच्च जोखिमलाई ध्यानमा राख्दै, यूएनडीपीले सुशासन, भूकम्पपछिको पुनःस्थापना र संकट थेग्न सक्ने क्षमतासँग सम्वद्ध विभिन्न परियोजनाहरू कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारहरू लगायत नेपाल सरकारसँग सहकार्य गर्दै आएको बताइन ।
‘यस साझेदारीमार्फत हामीले जलवायु परिवर्तनको प्रभावसँग लड्न र भूकम्पपछिको पुनर्स्थापनालाई सहजीकरण गर्न समुदायहरूको अनुकूलन क्षमता अभिवृद्धि गर्ने नेपालको निरन्तर प्रयासमा योगदान पुर्याएका छौं, उनले भनिन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुले स्थानीय तहमा जलवायु परिवर्तन अनुकूलन र उत्थानशिलता लागि एकिकृत र समग्र दृष्टिकोण राख्नुपर्ने बताए ।
कार्यशालामा मानव सुरक्षा बलियो बनाउन उत्थानशिलता निर्माण शीर्षकको फोटो बुक पनि लोकार्पण गरिएको थियो । पुस्तकमा कर्णाली प्रदेशमा स्थानीय जलवायु कार्यहरू मार्फत मानव सुरक्षालाई सुदृढ गर्न नेपाल सरकारको नेतृत्वमा यूएनडीपी र जापान सरकारको सहयोगात्मक प्रयासलाई समेटिएको छ ।
कर्णाली प्रदेश नेपालको सबैभन्दा दुर्गम क्षेत्र मध्ये एक हो । जाजरकोट जिल्लाको मानव विकास सूचकांक (एचडीआई) ०.३९३ छ, जवकी एचडीआईको राष्ट्रिय औसत ०.५८७ हो । यसअघिनै जलवायु परिवर्तनको मिश्रित प्रभावले जाजरकोट जोखीममा रहेको र गरिबी तथा प्रकोपले जोखिमको झन् धेरै चूनौती थपेको मानिन्छ ।
नेपाल स्थित जापानी राजदुतावासका अनुसार जापान र यूएनडीपीले जलवायु प्रतिवद्धता, जलवायु कार्यलाई तीव्रता दिने र पेरिस सम्झौताका लक्ष्यहरू हासिल गर्ने साझा प्रतिबद्धता पूरा गर्न मिलेर काम गरिरहेका छन्।
जापान सरकारको अनुदानमा सञ्चालित ‘स्थानीय जलवायु कार्यबाट मानव सुरक्षा वृद्धि ’ नामक परियोजनाले स्थानीय जलवायु कार्य मार्फत मानव सुरक्षा सुधार गर्ने लक्ष्य राखेको छ। मार्च २०२३ देखि देखि डिसेम्बर २०२४ सम्म संचालित यो परियोजनाले ऊर्जा समाधान, अनुकूलित कृषि, जोखिम न्यूनीकरणका लागि पूर्वाधार, पूर्व सुचना तथा चेतावनी सुधार गर्न उपकरण, र क्षमता निर्माण जस्ता मुख्य कार्यहरु गरेको छ ।
संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी)ले नेपालका दुई युवा पर्वतारोहीलाई जलवायु अभियन्ताका रूपमा मनोनीत गरेको छ। नेपाल जलवायु न्यायप्रति जनचेतना अभिवृद्धि गर्न ख्यातिप्राप्त युवा पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र निमा रिन्जी शेर्पालाई युएनडिपीले जलवायु अभियन्ता मनोनीत गरेको हो।
पूर्णिमा फोटो पत्रकार तथा पर्वतारोही हुन् । उनले हिमाल आरोहणमा महिला सहभागिता र अधिकारका पक्षमा वकालत गर्दै आएकी छन्। उनी आठ हजार मिटरभन्दा अग्ला नेपालका सात वटा शिखर सफलतापूर्वक आरोहण गर्ने पहिलो महिला पर्वतारोही पनि हुन्।
यस्तै निमा आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा शिखर सफलतापूर्वक आरोहण गर्ने कान्छा पर्वतारोही हुन्। उनलाई जेन–जेड पुस्तासँग सशक्त संवाद र सजिलैसँग जोडिन सक्ने गरी कथा प्रस्तुत गर्ने क्षमता भएको व्यक्तिका रूपमा युएनडिपीले लिएको छ।
लैङ्गिक उत्तरदायी जलवायु न्यायमा क्रियाशील युवाहरूको नयाँ पुस्ताको प्रतिनिधित्वका रूपमा दुवै जनालाई मनोनीत गरेको युएनडिपीले जनाएको छ। यस अभियानको मुख्य उद्देश्य महिला र आदिवासी समुदायजस्ता संवेदनशील समुदायमा जलवायु परिवर्तनले परिरहेको असमान प्रभावहरूलाई उजागर गर्नु रहेको युएनडिपीले भनेको छ।
‘नेपालको विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य प्रभाव भए तापनि, यहाँका उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरूले गम्भीर जलवायु असरहरूको सामना गर्नुपरेको छ,’ विज्ञप्तिमा युएनडिपीले भनेको छ, ‘यो क्रमशः बढ्दै जाँदा हिमनदी खुम्चिने र जैविक विविधताको ह्रास आउने देखि कृषि, स्वास्थ्य, खानेपानी, पूर्वाधार, शिक्षा र मानिसको जीवनयापनलाई समेत असर पर्ने हुन्छ।’
सन् २०२० मा युएनडिपी र इसिमोडले तीन वर्ष लगाएर गरेको एक अध्ययनअनुसार नेपालमा दुई हजार ३२३ हिमताल छन्। जसमध्ये ४७ वटा हिमताल अति नै जोखिममा रहेको देखाएको छ। विश्वका हिमनदी प्रणालीको महत्त्वपूर्ण स्थान ओगटेका नेपाली हिमाललाई भविष्यका पुस्ता लागि सुरक्षित राख्न तत्काल सामूहिक प्रयास आवश्यक रहेको युएनडिपीले भनेको छ।
‘जलवायु परिवर्तन केवल वातावरणीय मापदण्डसम्म सीमित विषय होइन–यो मौलिक रूपमा सामाजिक न्यायको विषय हो,’ युएनडिपीकी नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकाले भनिन्, ‘पूर्णिमा र निमाजस्ता प्रभावशाली व्यक्तित्वसँगको सहकार्यमार्फत हामी जलवायु प्रभावित समुदायहरूको आवाजलाई अझ सशक्त रूपमा प्रस्तुत गर्न र भावी पुस्तालाई क्रियाशील जलवायु संवादमा संलग्न गराउन चाहन्छौँ।’
युएनडिपीले सगरमाथा संवादमार्फत नेपाली आवाजलाई विश्वसामु अझ बुलन्द बनाउन चाहेको पनि उनले बताइन्।
यस्तै जलवायु अभियन्तामा मनोनीत पूर्णिमाले जलवायु परिवर्तनका प्रभाव हिमालमा स्पष्ट देख्न सकिने बताइन। उनले भनिन्, ‘पर्वतारोहण पहिलेभन्दा निकै खतरापूर्ण भएको छ। हाम्रा उपकरणहरू बरफ र हिउँका लागि बनाइएका हुन्, तर अहिले हामीले भेटिरहेको सबै चट्टान मात्र हो।’
यस्तै निमाले धेरै हिमालहरूमा हिउँ अपेक्षाभन्दा छिटो पग्लिरहेको बताए । ‘जसले थप चट्टानको सतहलाई बाहिर ल्याउँदै चढ्न कठिन बनाइरहेको छ,’ उनले भने, ‘सुरुको चरणमा पग्लिएको हिउँले वरपरका गाउँहरूलाई खानेपानी उपलब्ध गराएता पनि, भविष्यमा ती समुदायहरू हिमताल विस्फोटजन्य बाढीको विनाशकारी जोखिममा पर्न सक्छन्।’
मनोनीत अभियन्ताले सामाजिक सञ्जाल अभियानअन्तर्गत आफ्ना अनुभवका कथाबाट जलवायु न्याय सम्बन्धी सार्वजनिक संवादलाई प्रभावकारी बनाउने युएनडिपीको अपेक्षा छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...