काँकडभिट्टाबाट कपिलवस्तुको चन्द्रौटामा आउनेक्रममा बसमा हराएको ३ लाख ४ हजार ७ सय नगद र सुन सहितको सामान प्रहरीले सम्बन्धित महिलालाई बुझाएको छ।
गुल्मी चन्द्रकोट नगरपालिका-८ बस्ने झबिन्द्र बहादुर सुवेदीको श्रीमती प्रियङ्का थापा सुवेदीले गत असोज ३० गते बसमा यात्राका क्रममा नगद सुनको औँठी, सहित विभिन्न सामान रहेको झोला बस मै छुटेको थियो।
कार्तिक १ गते कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा आए पछि प्रियङ्कालाई आफ्नो झोला छुटेका थाहा पाए पछि उनले वडा प्रहरी कार्यालय चन्द्रौटालाई त्यस बारे जानकारी गराएकी थिइन।
प्रहरीले अनुसन्धान र खोजबिनको क्रममा सो झोलाबारे एक घण्टा मै जानकारी पाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिए।
सो बसमासँगै यात्रा गरेका ७ जना मध्ये शिवराज नगरपालिका-६ का बसीर चुरैटाले झोला फेला पारेका थिए। प्रहरीले सो झोला बसिरको घरमा पुगेर बुझेको थिए। सो झोलामा रहेको नगद सहितको सामाग्री प्रहरीले प्रियङ्कालाई बुझाएको प्रहरी निरीक्षक शाहले बताए।
गर्भवती रहेकी प्रियङ्का उपचारका लागि भारतको शिलगुढी सो पैसा लिएर जाँदै थिइन। झोला हराएर अतालिएकी प्रियङ्काले केही घण्टामै प्रहरीको सहयोगमा सो झोला सहितको नगद हातमा परे पछि खुसी भएकी छिन।
उनले प्रहरी जनताको साथी रहेको भन्दै प्रशंसा समेत गरिन्।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...