मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९९औं जन्मोत्सव कपिलवस्तुका मुस्लिम समुदायले धूमधामसँग मनाएका छन्।
दिवसका अवसरमा तौलिहवा, चन्द्रौटा, र कृष्णनगरमा विशेष नवाज पाठ र बृहत र्यालीको आयोजना गरिएको थियो। र्यालीमा हजारौं मुस्लिम धर्मावलम्बी सहभागी थिए। दिवसको अवसरमा सरकारले मुस्लिम समुदायलाई बिदा समेत दिएको थियो।
बाजागाजा सहित हजारौंको संख्यामा रहेका मुस्लिम धर्मावलम्बीले तौलिहवा नगरको परिक्रमाका क्रममा माहोम्मदको सम्झनामा नारा समेत लगाएका थिए।
इस्लाम धर्मको रक्षा, प्रचारप्रसार गरी विश्वभर फैलाएको माहोम्मदको सम्झनामा हरेक वर्ष सच्चा मुस्लिमले जन्मोत्सव मनाउने गरिएको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए।
उनको सम्झनामा बिशेषगरी विभिन्न ‘नअत सरिफ वाचन गर्ने, मिलादुननबिको आयोजना गर्ने, उनको जीवनीका कुराहरू गर्ने गरिन्छ। मुस्लिम अगुवाहरुले आफुहरुलाई समेत मधेसी समुदाय सरह छुट्टै समावेशी कोटा दिनु पर्ने माग गरेका थिए।
माहोम्मद र उनले दिएका योगदानको विषयमा मौलानाहरुले प्रवचन दिएका थिए। यसदिन सेवई, जर्दा, बिरयानी लगायतका परिकार खाएर रमाइलो गर्ने परम्परा रहेको मौलानाहरुले बताउँछन्। पर्वका अवसरमा मुसलमान समुदायले आआफ्नो इच्छाअनुसार दान दिने चलन छ।
हिजरी संवतको तेस्रो महिना रविउल्लअब्बलको १२ औं तारिख सोमबारको दिन मक्काएमा बिबि अमिनाको कोखबाट मोहोम्दको जन्म भएको थियो।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...