‘हिंसा’ शब्द प्रवेशले संसद्मा हंगामा
१३ भदौ २०८१
•
५ मिनेट पाठ
‘हिंसा’ शब्द प्रवेशले संसद्मा हंगामा
प्रतिनिधि सभाको बैठकमा ‘हिंसा’ शब्द प्रयोग भएपछि सत्तापक्ष र प्रतिपक्ष सांसदबिच भनाभन हुँदा सभामुखलाई नियन्त्रण गर्न हम्मेहम्मे परेको छ। बुधबार प्रतिनिधि सभाको बैठक निरन्तर चलिरहेको बेला भएको आरोपप्रत्यारोपले उल्टै हिंसाकै रूप पो लिने हो कि भनेर सभामुखलाई हम्मे हम्मे परेको हो। दिउँसो १ बजेदेखि सुरु बैठकमा आकस्मिक समय र शून्य समय सकेर विशेष समय सुरु भएको थियो । विशेष समयमा बोल्ने क्रमका दोस्रो वक्ता एमाले सांसद योगेश भट्टराई थिए। 




उनले प्रयोग गरेको १० वर्षे सशस्त्र द्वन्द्वको ठाउँमा १० वर्षे हिंसा शब्द प्रयोग गर्दा माओवादी केन्द्रले आपत्ति जनाएको थियो। साथै यही कारण संसद्मा केही समय तनावको स्थिति पैदा भएको थियो। बल्ततल्ल सभामुखले नियन्त्रणमा लिएपछि बैठक पुनः चलेको थियो। एमाले सांसद भट्टराईले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने क्रममा प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले १६ अर्ब छुट दिएको विषयमा जवाफ दिनुपर्ने बताएका थिए। 

‘नेपालमा १० वर्षे माओवादी सशस्त्र हिंसा नभएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य भइसक्थ्यो,’ उनले भने, ‘माओवादीले कतिवटा ट्रान्समिसन लाइन पड्कायो, कतिवटा सबस्टेसन पड्कायो। विद्युत् उत्पादन गर्न गएका कति व्यवसायीलाई चन्दा मागेर भगायो,’ उनले प्रश्न गरे।२०६० सालदेखि सुरु लोडसेडिङ २०७५ साल वैशाख ३१ गते अन्त्य भएको थियो। तर उनले आफ्नो भनाइ राख्ने क्रममा प्रयोग भएको हिंसा शब्दले विषयलाई विषयान्तर गरेको थियो। त्यसपछि भट्टराईले आफ्नो पूरा भनाइ राम्ररी राख्न पाएनन्। उनी झन् आक्रामक रूपमा प्रस्तुत हुँदै भनाइ सकेका थिए।

सो क्रममा सशस्त्र द्वन्द्व नभनेर हिंसा भनेको विषयमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति गरेका थिए। उनले संविधानविपरीत माओवादी सशस्त्र द्वन्द्वलाई हिंसा भनिएकाले यो गैरसंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेपछि माओवादी केन्द्रका अन्य सांसदले पनि उठेर आपत्ति जनाएका थिए। सभामुखले विचारको आधारमा छलफल हुने भएकाले यस्ता साना विषयमा अल्झेर नबसी बैठक अघि बढाउनुपर्ने भन्दै सांसदहरूलाई बस्न आग्रह गरेका थिए । यसै क्रममा माओवादी केन्द्रका सांसदले हिंसा शब्द रेडर्कबाट नहटाएसम्म बैठक अघि बढाउन दिएनन्।

संसद्मा भएको भनाभनको क्रममा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद्मा अपमान गरियो भन्दै औँलो ठड्याउँदै आपत्ति जनाएका थिए। प्रत्युत्तरमा सांसद भट्टराईले ‘कसैको धम्कीले कोही डराउँदैन भन्दै जवाफ दिएका थिए। माओवादी केन्द्रका अर्का सांसद देवेन्द्र पौडेलले बोल्न खोज्दा भने सभामुखले बोल्न अनुमति दिएका थिएनन्। एमालेका योगेश भट्टराईले भने, ‘हिंसा नगर्नुस् माननीय बस्नुस्।’ त्यसपछि सभामुखले माओवादी सांसद देवेन्द्र पौडेललाई समय दिएका थिए। उनी बोल्दा एमालेका सांसदहरूले उठेर होहल्ला गरेका थिए। सांसद पौडेलले भने, ‘हामीले विभिन्न आन्दोलनको समीक्षा गरेका छौं, कसैलाई हिंसा भनिएको छैन, तपाईंलाई तलमाथि गरेर व्याख्या गर्ने अधिकार संविधानले दिएको छैन, हामी शान्ति प्रक्रियालाई अघि बढाउन चाहन्छौं ।’ त्यसपछि सभामुखले ‘हिंसा’ शब्द कसरी प्रयोग भएको छ भनेर अध्ययन गरी निर्णय गरिने बताए।

त्यसपछि फेरि योगेश भट्टराईलाई बोल्न समय दिइएको थियो । उनले अनावश्यक समयमा जान चाहन्न भन्दा पनि माओवादी केन्द्रका सांसद यथास्थानमा बसेकै थिएनन्। यसै क्रममा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो धारणा राखेका थिए। उनले संसद्मा विषय उठाउँदा नियमको उल्लंघन भइरहेको र भाषा नियमावलीबमोजिम प्रयोग नभएको हुँदा रेकर्डबाट हटाउन माग गरेका थिए।

त्यसपछि सभामुखले ‘हिंसा’ भन्ने शब्दबारे छानबिन गरेर निर्णय गर्ने बताउँदै सांसदहरूलाई बस्न आग्रह गर्दा योगेश भट्टराईले प्रतिक्रिया दिएका थिए। उनले भने, ‘यो हिंसा भन्ने कुरा राजनीतिक प्रतिबद्धता हो, हाम्रो सिद्धान्त हो, यसमा छानबिन गर्ने को हो ?’ उनले ‘विद्युत् ट्रान्समिसन लाइनमा बम पड्काउनु, आर्मीलाई हान्नु, मान्छे मार्नु, पुलिस चौकी हान्नु, सर्वसाधारणलाई हान्नु, हिँडेकालाई आतंकित पार्नु, चन्दा उठाउनु, लुटपाट गर्नु सबै हिंसा हो’ अन्तिम भनाइ राखेका थिए।

यसैबिच कांग्रेसका वीरबहादुर बलायरले पनि माओवादी केन्द्रले उठाएको विषयमा आपत्ति जनाएका थिए। एमालेका अन्य सांसदले माओवादी सांसद माधव सापकोटाले एक पटक संसद्मा अहिलेको सत्तापक्षलाई भ्रष्टाचारले डुङडुङ्ती गन्हाएको भन्दा कसैले असंसदीय नभनेको भन्दै प्रतिवाद गरेका थिए। त्यसपछि सभामुखले एमालेका रघुजी पन्तलाई बोल्न समय दिएका थिए।

उनी बोल्दा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएपछि रघुजी पन्तले ‘म तपाईंहरूसँग दोहोरी खेल्न खोजेको होइन’ भन्दा सभामुखले आफूतिर फर्केर बोल्न आग्रह गरेका थिए। सांसद पन्तले भने, ‘नियमापत्ति गर्न पाइन्छ, हिंसा असंसदीय हो भनेर सावित गर्न सक्नुपर्छ नत्र हिंसा रेकर्डबाट हटाउन मिल्दैन। माओवादी द्वन्द्वमा हिंसा भएको हो, हिंसा भएको कुरा जायज हो, यो रेकर्डबाट हटाउन मिल्दैन।’

उनले बोल्दै गर्दा संसद्को दर्शकदीर्घामा संसद् बैठक प्रत्यक्ष अवलोकन गर्न आएका सयौं विद्यार्थी बाहिरिएका थिए । एमाले र माओवादी केन्द्रका सांसद्ले बोल्न समय माग गरेपछि सभामुखले नियमापत्ति विषयमा बोल्ने कि अन्य विषयमा भनेर सोधेका थिए। उनले नियमापत्तिबाहेकका अन्य विषयमा बोल्न आग्रह गरेका थिए।

त्यसलगत्तै सभामुखले माओवादी केन्द्रका रणेन्द्र बरालीलाई बोल्न समय दिए पनि माओवादी केन्द्रका सांसदले बोल्न चाहेनन्। त्यसपछि सभामुखले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनको पुनः नियमापत्ति भएपछि सभामुखले दिने निर्देशन अन्तिम हुने र निर्देशन पालना नभई नियमानुसार सदन चलेन भन्दै नियमअनुसार चल्न आग्रह गरेका थिए।

त्यसपछि विशेष समयमा बोल्ने क्रम जारी रहेको थियो। विशेष समयमा १४ जनाले भनाइ राखेका थिए। जसमा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले भनिन्, ‘एमाले र माओवादीको बाझाबाझ हेर्न नसकेर विद्यार्थी उठेर हिँडेका छन्। उनीहरूको मनोविज्ञानमा संसद्प्रति नकारात्मक भावना पैदा भएको छ । आजको दृश्यबारे उहाँहरूले स्कुलमा सारांश लेखेर बुझाउनुहुन्छ होला ‘सदन भनेको यस्तै हो सरकार भनेको यस्तै हो हाम्रा आमाबुवाले भोट दिएर जिताएका हाम्रा माननीयहरू गरिमामय संसद्मा गएर यस्तै गर्दा रहेछन्।’

उनले संसद्मा सभ्यता नभएको, गालीगलोज, कठोर भाषा र बोलाउने नामलाई ‘असंसदीय’ भनिएको भन्दै आपत्ति जनाइन्। उनले भनिन्, ‘संसद्मा सभ्य भाषा प्रयोग गर्ने अभ्यास लोप हुँदै गएको र त्यस्ता शब्दहरू प्रयोग हुँदा पनि यसलाई कायम राख्ने वा हटाउने विशेषाधिकार प्राप्त सभामुखले तत्काल निर्णय गर्न सकेको देखिँदैन।’
अर्को समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
३० भदौ २०८१
•
२ मिनेट पाठ
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ। 




बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसअघि अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

त्यसअघि कानुनमन्त्री चौरसियाले  ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।  

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९/८०’ पेस गर्ने र सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

राष्ट्रियसभामा अर्थमन्त्रीले जवाफ दिने

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले  ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्नेछन्। 

यस्तै राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पाण्डेयले जानकारी दिए।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ र ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। 
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस