बझाहा बाधका कारण ४ सय हेक्टर नेपाली भूभाग डुबानमा
०६ भदौ २०८१
•
५ मिनेट पाठ
बझाहा बाधका कारण ४ सय हेक्टर नेपाली भूभाग डुबानमा
तस्बिर: किरणमान बज्राचार्य/ नागरिक
भारतद्वारा एकतर्फीरुपमा बनाइएको बझाहा बाँधका कारण धान रोपिएको ४ सय बढी बिघा भू– भाग डुबानमा परेको छ । असार र गत शनिवार परेको अविरल वर्षाका कारण मायादेवी र यशोधरा गाउँपालिकाको एक दर्जन गाउँका साढे ३ सय बढी कृषकको ४ सय हेक्टरमा लगाइएको धान खेत डुबानमा परेको हो । 




वर्षा पछि बाँधले गर्दा  मायादेवी गाउँपालिका वार्ड नं ४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँका धाँन लगाएका खेत पानीमा डुबेका छन् । त्यस्तै यशोधरा गाउँपालिका वार्ड नं १, रजवापुर, वार्ड ६ पुन्नीहवा र पकडी गाउँको धान खेत डुबेका छन् ।

३ देखि ५ किमी दक्षिणका खेत पानीमा डुबेपछि धान गलेको छ । जता हे¥र्यौ उतै पानी पानी देखिन्छ । पिपराको तुल्सीडहवा गौरामा लगाइएको धान डुबेको छ । अहिले खेतमा ५ फिट बढी पानी रहेको छ । डुबानकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्नै पाएका छैनन् ।  भारतीय पक्षले हिउँदमा बाधको ढोका खोल्ने र वर्षा याममा बन्द गर्ने गरेको कृषकहरू बताउँछन् ।  बाँधमा रहेको २८ वटा ढोका नखोलिँदा खेती डुबानमा परेको कृषकहरू बताउँछन् । वर्षा पछि बाँधको ढोका नखोलिँदा ३ सय बिघामा लगाइएको धानबाली पानीले डुबेको मायादेबी गाउँपालिका वडा नम्बर ४ तुलसी हिडवाका जगदी यादवले बताए ।

‘ गत असारमा धान रोपका थियो, धान ढलेर साउनमा फेरी लगायौ ’  उनले भने ‘ फेरी धान खेत डुबानमा छ ’ । ‘ खेतको आली डुबेको छ, केही दिन मै पानीको निकास नगरिए नेपाल तर्फका सयौँ कृषकले ठुलो क्षति ब्याहोर्नु  पर्ने उनले बताए । सरसापट, बैङ्कबाट ऋण लिएर धान खेती गरेका कृषकहरू धानको दुर्दशा देखेर निकै चिन्तित छन् । पुरै धान सखाप हुने अवस्थामा पुगेको छ, तर समस्या समाधानको लागि कसैले पहल गरेको छैन । ‘ तुलसी डिहवाका अर्का कृषक मोबिन  अहमदले भने ‘ अब कसरी परिवारको गुजारा चलाउने  । ’सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाँधको ढोका बन्द गरिदा क्षेत्रमा रहेको ५४२÷४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ ।

भारतको चिल्हीया थाना अन्तर्गत पर्ने हजार हेक्टर क्षेत्रमा फैलिएको तालको आधा भाग नेपाल र आधा भारत तर्फ पर्छ ।  बझाहा तालमा पानी जम्मा गरेर भारतले सिँचाइ गर्ने गरेको छ । तालमा २८ बटा फलामका ढोका राखेर बाँध बनाइएको छ । बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ । बाँधलाई बाटोका रुपमा समेत प्रयोग गर्ने गरिएको छ । २८ वटा ढोका बन्द गरिदा  जमेको पानी निकास हुन पाएको छैन । सीमा क्षेत्रको उक्त ठाउँ बाँधका कारण बर्सेनि डुबानमा पर्दै आएको छ । धेरै पानी जम्मा गर्न भारतीय पक्षले तालको बाँध  बर्सेनि अग्लो बनाउँदै आएका छन ।  

यशोधरा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राज कुमार जैसवालले बताए । उनले बझाहा बाँधले गर्दा आफ्नो वडाका चार गाउँका कृषकहरू मारमा परेको र खेती गर्न समेत गाह्रो पर्ने गरेको बताए । उनले यस बारे सङ्घीय सरकारले ठोस पहल गर्नु पर्ने  बताए । सीमा क्षेत्रको बजहा बाँधले बर्सेनि नेपाली कृषकलाई पीडा दिदै आएकाले यसको दिर्घकालिन समाधान खोज्नु पर्ने मायादेबी गाउँपालिका प्रमुख वलीउद्दीन मुलमानले बताए । उनले वर्षा र गर्मीमा तालमा कति पानी राख्ने भनेर प्राविधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनु पर्ने बताए । 

पीडितको मागलाई सम्बोधन गरी स्थानीय प्रशासनले भारतीय समकक्षीसँग कुरा राखेर मौसम अनुसारको समस्या समाधान गर्नु पर्ने उनी बताउँछन् । उनले बाँधका बारेमा सङ्घीय र प्रदेश सरकार तथा प्रशासन कार्यालयलाई हरेक वर्ष स्मरण गराए पनि समस्या समाधान नभएको गुनासो गरे । प्रजिअ विश्व प्रकाश अर्यालले बझाहा बाँधका कारण डुबानले कृषकहरू समस्यामा परेको कुरा कतैबाट नआएको बताए । उनले नेपाल सरकारसँगको सम्झौताका कारण आफूहरूले चाहेर पनि सबै कुराको समाधान गर्न नसक्ने बताए । उनले ठुलो क्षति बारे कहीँ कतैबाट कुरा नभएको बताए ।  

बाँधले भारतीय कृषकलाई फाइदा नेपाली कृषकलाई घाटा  

भारतले एकतर्फीरुपमा बनाएको बाँधका कारण भारतीय कृषकलाई फाइदै फाइदा छ । नेपाली कृषकलाई भने सधैँ घाटा लागेको छ  । आफूलाई पानी चाहिदा बाँधको ढोका खोल्ने गरिएको छ । पानी बढी भए भने ढोका बन्द गर्ने गरिन्छ । भारतले सिद्धार्थनगर जिल्ला स्थित चिल्हिया थाना अन्तर्गत बजहामा बाँध बनाएको छ। बाँध सीमामै छ । बाँधको उत्तर तिर ठुलो सागर छ । हजार बढी विगाहामा रहेको सागर आधी नेपाल र आधी भारतमा पर्छ । त्यही पानी जम्मा गरेर भारतले सिँचाइ गर्छ । विशेष गरि हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । वर्षा र अत्यधिक पानी पर्दा बाँधका ढोकाहरू नखोलिँदा पानीले नेपाल तिर डुबान गर्छ । सागरको पश्चिम दक्षिणमा २० र ८ ढोके पक्की बाँध छ । २० ढोके बाँध ५० मिटर लामो छ । 

८ ढोके बाँध २० मिटर लामो छ । ५ मिटर चौडा बाटो छ । बाँध बनाएको केही वर्ष सम्म बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले विस्तार गरेर ४ चक्के ठुलो सवारीसाधन आवतजावत गर्ने बनाईएकोछ । बाँध पनि मर्मत सम्भार गर्दै नयाँ गरिएको छ । आवत जावतका लागि बाटो भन्दै बाँध उँचो बनाउँदै लगिएको छ । यसले नेपाल तिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादवले बताए । बाँधबाट साढे ३ सय बढी कृषक प्रभावित हुँदै आएका छन् । बाँधको उचाइ बढ्दै जाँदा नेपालतिर पानी बढी जम्मा हुने गरेको छ । जसले गर्दा कपिलवस्तुको सीमा क्षेत्रमा नेपाली  कृषकहरूले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् । 

ती बाँधको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरूले भने निकै क्षति ब्योहोनू परेको कृषकहरू बताउँछन् । ‘ पानी धेरै भयो भने बाँधको ढोका बन्द गर्छन, कम भयो भयो सिँचाइ सुविधाका लागि बाँध खोल्छन्  ’ मायादेबी गाउँपालिका वडा नम्बर ४  पिपराका कृषक जगदीश सिंह यादवले दुखी हुँदै भने ‘ तर यस्को समाधानका लागि कसैले चासो लिँदैनन् । ’ आफ्नो खेत वर्ष भरी नै बाझै भए पनि मालपोत भने उनीहरुले तिदै आएका छन् । उता स्थानीय प्रशासनले दुई देशको अधिकारी बिच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट सो बाँधले पार्नै समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन । उता महली सागर मझौली बाँधले पनि नेपालका सयौँ बिघा जमिन डुबानमा पर्ने गरेको छ ।  
अर्को समाचार
भारतीय बाँधका कारण हजार हेक्टर नेपाली भूमी डुबानमा
०३ कार्तिक २०७३
•
७ मिनेट पाठ
भारतीय  बाँधका कारण हजार हेक्टर नेपाली भूमी  डुबानमा
भारतले बझाहामा निर्माण गरेकाे बाँध ।
कपिलवस्तु–भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो। कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ।




सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो। पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाविसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वडाका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ। यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडित कृषक बताउँछन्।  अहिले खेतमा ५ फिट बढी पानी जमेको। डुवनकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्न पाएका छैनन्।

भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ।

असोजको वर्षापछि बाधको ढोका नखोलिादा ढेड दर्जन गाँउमा लगाइएको हजार बढी हेक्टर धानबाली पानीले डुेको पिपरा गाविसको तुलसीहिडवाका जगदी यादवले बताए। ‘पानीमा डुबेकोले काटने अवस्थामा रहेको धान ढलेको छ,’ उनले दुखी हुँदै भने,  ‘खेतको आली डुबेको छ, धानका बाला डुबेर उम्रेको छ।’ केही दिनमौ पानीलाई निकास नदिए नेपालतर्फका हजारौं कृषकले ठूलो क्षति ब्याहोर्नु  पर्ने उनले बताए।

सरसापट, बैंकबाट ऋण लिएर धान खेती गरका कृषक धानको दुर्दसा देखेर निकै चिन्तित छन्। फाटक खोल्नका लागि आफूहरुले गेट खोल्ने गई कर्मचारीलाई रकम र अन्नपात दिनु पर्ने बाध्यता रहेको यादवले सुनाए। ‘२ हजार भारतीय रुपैयाँ, ५०/५० किलो धान र गँहु दिनुपर्छ,’ कृषकहरुको मर्का सुनाउँदै उनले भने, ‘ हरेक बर्ष दिने रकम र अन्नपात दिन तयार हुँदापनि गईले माथिको आदेश भन्दै फाटक खोल्न मानेन।’

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ।

धान पुरै सखाप हुने अवस्थामा पुगेपनि समस्या समाधानकालागि कसैले पहल नगरेको कृषकहरुले बताएका छन्। बलुहबाका कृषक राजकिशोर पाण्डेयलले भने, ‘अब कसरी परिवारको गुजारा चलाउने।’  सीमा क्षेत्रको भारतीय भू–भागमा पर्ने बजहा बजारमा रहेको बजहा तालको बाधको ढोका बन्द गरिँदा क्षेत्रमा रहेको ४७ नम्बरको सीमा स्तम्भ समेत पानीमा डुबेको छ।

करिब ५ सय हेक्टर क्षेत्रफलमा फैलिएको बझाहा तालमा पानी जम्मा गरेर भारतले सिंचाई गर्ने गरेको छ। तालमा २८ वटा फलामका ढोका राखेर बाँध बनाइएको छ। बझाहा क्षेत्रमा भारतले १० किलो मिटर क्षेत्र वरिपरि बाँध बनाएको छ। २८ वटा बन्द गरिँदा  जमेको पानी निकास हुन पाएको छैन। सीमा क्षेत्रको उक्त ठाँउ बाँधका कारण बर्षेनी डुबानमा पर्दै आएको छ। सीमा क्षेत्रको बजहा तालले बर्षेनी नेपाली कृषकलाई पीडा दिँदै आएकाले यसको दीर्घकालीन समाधान खोज्नु पर्ने कृषकहरुको माग छ। बाँध पीडितले बर्षा र गर्मी तालमा कति पानी राख्ने भनेर प्राबिधिकसँग सल्लाह गरी स्थानीय प्रशासनलाई दिनु पर्ने उनीहरुको भनाइ छ।

कपिलवस्तुको सीमा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँधहरुका कारण कृषकहरु बर्षेनी डुबानको समस्या झेल्दै आएका छन्। ती बाँधको ढोका भारतले आफूखुसी खोल्ने र बन्द गर्ने भएकाले भारतीय पक्षले निकै लाभ लिए पनि नेपाली कृषकहरुले भने निकै क्षति ब्योहोनू परेको कृषकहरु बताउँतछन । उता स्थानीय प्रशासनले दुुई देशको अधिकारीबीच हुने समन्वयात्मक बैठकमा हरेक पल्ट ती  बाँधले पार्ने समस्याका कुरा उठाए पनि समाधान हुन सकेको छैन्।

यसैबीच डुबान पीडित ५० बढी कृषकले जमेको पानीको निकाशकालागि बाधको फाटक खोल्न पहल गर्न भन्दै प्रशासन  कार्यालयमा ज्ञापन पत्र दिएका छन्। काट्ने अवस्थामा रहेको धान बालीमा पानी जम्मा धान बाली सडन लागेकोले समस्या समाधानकालागि पहल गर्न उनीहरुले माग गरेका हुन्। प्रजिअ इन्दु घिमिरेले कृषकको समस्याका बिषयमा गृह मन्त्रालयमा जानकारी गराइएको बताइन। बाधको फाटक खोल्नकालागि भारतको सिद्धार्थनगरका डिएमसँग समन्वय गर्ने बताइन् ।
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस