सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले समाचारको विषयमा पत्रकारलाई धम्क्याएको प्रति पत्रकार महासंघले आपत्ति जनाएको छ।
पत्रकारलाई धम्कीपूर्ण शैलीमा समाचार हटाउन दबाब दिएको भन्दै तत्काल व्यवहार सुधार गरी पत्रकारहरूलाई स्वतन्त्र रूपमा लेख्न र बोल्न दिने स्वतन्त्रताको सुनिश्चित माग गरिएको छ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य मुकेश यादव (स्वामी) लाई समाचारको विषयलाई लिएर सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सुप्रिम खबर अनलाइन, न्युज कारखाना र प्राइम टेलिभिजनमा २०८१ साउन २३ गते सम्प्रेषित समाचारलाई लिएर पत्रकार यादवलाई नगरपालिका प्रमुख महतोले समाचार मेटाउन दबाब दिँदै "त दुई कौडीको पत्रकार समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुनसक्छ" भनी धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौज गरेको भन्दै यादवले महासंघ सिरहा शाखामा निवेदन दिएका थिए।
"सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने विकल्पलाई छाडेर सार्वजनिक पदमा बहाल प्रमुखजस्तो जिम्मेवार व्यक्तिले देखाएको यो व्यवहार अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।" जारी विज्ञप्तिमा उल्लेख छ।
संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र यस किसिमका हर्कत नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग महासंघ सिरहा शाखाका सभापति मनोज बनैता, प्रदेशका अध्यक्ष राजेश कर्ण र केन्द्रका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्ति मार्फत माग गरिएको छ।
नेपाल पत्रकार महासंघले धनगढीमाईका मेयर महतोको अनुदार कार्यशैली र व्यवहारको निन्दा गर्दै तत्काल व्यवहार सुधार गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ।
नेपाल पत्रकार महासंघ सिरहा शाखा कार्यालयद्वारा जारी विज्ञप्ति।नेपाल पत्रकार महासंघ मधेश प्रदेशद्वारा जारी विज्ञप्ति।नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...