सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।
स्थानीय तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारीले त्यस क्षेत्रमा पर्ने घर बस्ती र सडक डुबानमा परेको बताए। बैरियाको बाल माबि समेत डुबानमा पर्दा मंगलबार विद्यालय समेत बन्द गरिएको छ।
यस्तै बैरियामा रहेको ओसियन सिनेमा घरमा समेत पानी पसेको छ। पिपरामा रहेको सब डिभिजन कार्यालय पिपरा समेत डुबानमा छ।
घोला, नालीको पानी सडक र घरमा पुगेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगाको चार नम्बर, बैरिया, पिपरा लगायतका क्षेत्रका सडक, घर बस्तीमा पानी पसेको बताए। चार नम्बरको रहेको लुम्बिनी कृषि फर्ममा पानी पसेको छ । पानी पस्दा लाखौँको नोक्सान भएको सञ्चालनले बताए।
अविरल वर्षाले कोठी नदीको पानी सडकमा समेत पुग्दा राजमार्ग क्षेत्र समेत डुबानमा परेको छ। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले चार नम्बर चोक, पिपरा र बैरिया क्षेत्रका घरहरू डुबानमा परेको बताए। उनले फ्रिडम फाउन्डेशनमा बसेको ३५ बढी युवाहरूलाई बारको सामुदायिक भवनमा राखिएको बताए । यस्तो बिपतका बेला सुरक्षित रहन आग्रह गरेका छन्।
डुबानमा परेकाहरूको नगर बिपद ब्यपस्थापन समिति मार्फत आवश्यक प्रकृया अघि बढाइने बताए। उनले वडाध्यक्ष मार्फत क्षतिको संकलन गरी राहत बाँडिने बताए। उता बाणगंगा नदीमा फसेका १५ बढीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए।
यस्तै घरमा पानी पसेका फसेका ७ जनाको सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेयले बताए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...