राजनीतिक प्रतिशोधको ‘चक्रव्यूह’ मा सिआइबी
२५ साउन २०८१
•
५ मिनेट पाठ
राजनीतिक प्रतिशोधको ‘चक्रव्यूह’ मा सिआइबी
ठुला र संगठित अपराध अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काम गर्छ भन्ने विश्वासलाई राजनीतिक हस्तक्षेपले तुषारापात गर्न थालेको छ। जतिसुकै गल्ती गरे पनि नेता र ठुला मान्छे पक्राउ पर्दैनन् भन्ने सर्वसाधारणको धारणालाई गलत साबित गर्न सक्रिय रहँदै आएको सिआइबीमा राजनीतिक दलहरूको आँखा लाग्न थालेको छ। ब्युरोको स्थापना गर्दा यसलाई विश्वसनीय, निष्पक्ष र साहसी संस्थाको रूपमा हेरिएको थियो।




गम्भीर किसिमका अपराधको अनुसन्धान गर्ने उद्देश्यले स्थापना भएको ब्युरोले दर्जनौं पुराना घटना र नयाँ घटनाको पर्दाफास गरिसकेको छ। ब्युरो राज्य तथा जनताबाट अत्यधिक विश्वास पाएको संस्था पनि हो। छिमेकी मुलुक भारतमा कुनै ठुला घटनामा केन्द्रीय जाँच ब्युरो (सिबिआई) बाट अनुसन्धान गरेपछि मात्र त्यसमा विश्वास गरिन्छ। नेपालमा पनि सिआइबीले अनुसन्धान गरेपछि मात्र त्यसमा विश्वास गर्न थालिएको थियो। नेपालमा पनि गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा सिआइबीलाई खटाउन गरिन्छ।

अघिल्लो वर्षको साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६१ किलो तस्करीको सुनका विषयमा पनि सिआइबीले अनुसन्धान गरेको थियो। विभागले १९ दिन अलमल्याएको अनुसन्धानलाई सिआइबीले लयमा ल्याएको थियो । तर यही संगठनमा यतिबेला अघोषित रूपमा राजनीतिक हस्तक्षेप सुरु भएको छ। हेर्दा सामान्य सरुवाको मात्र विषय भए पनि त्यसभित्र लुकेका अन्तर्र्य राज्यशक्तिको दुरूपयोगसँग जोडिएको छ।

कुनै बेला सिआइबीले बहालवाला सांसदलाई पक्राउ गरेर ठुला र सानालाई ऐनबराबर हो भन्ने प्रमाणित गरेको थियो । सिआइबीले रातो पासपोर्ट (कूटनीतिक राहदानी) बिक्री गरेको आरोपमा सांसदलाई पक्राउ गरेर चर्चा मात्र बटुलेन, अनुसन्धानमा नेपाल प्रहरीको गिर्दो साखलाई समेत जोगाएको थियो। तर यतिबेला यही सिआइबी राजनीतिक दलका नेताहरूमाथि लागेको आपराधिक आरोप लुकाउने थलो बनेको छ। 

आरोप कसले कति लुकाउने र सिआइबीमा कसलाई पठाएर अनुसन्धान कमजोर बनाउने भन्ने प्रतिस्पर्धा नै चलेको छ। सिआइबी प्रमुख रहेका श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेर छानबिन सुरु गरिएको छ। उनलाई चार महिनामै सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालयले एआइजी ज्ञवालीमाथिको छानबिन अर्का एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ।

ज्ञवालीमाथि प्रहरी संगठनकै बदनाम हुनेगरी अनुसन्धान प्रभावित गरेको, पद र शक्तिको दुरूपयोग गरेको आरोप छ। त्यस्तै अनुसन्धान भइरहेका विभिन्न आरोपित र व्यापारिक घरानासँग हिमचिम बढाएको आरोप पनि उनीमाथि छ। उनीमाथि लागेका आरोपमा अनुसन्धानले सत्यतथ्य बाहिर ल्याउला तर उनलाई सिआइबीमा लैजाने र त्यहाँबाट फिर्ता गर्ने प्रक्रिया नै गलत थियो। सिआइबी प्रमुखको भूमिकामा रहेर करिब ६१ किलो तस्करीको सुन प्रकरणमा सफल अनुसन्धान गरेकी एआइजी किरण बज्राचार्यलाई त्यहाँबाट हटाएर ज्ञवालीलाई लैजानु नै गलत थियो।

तत्कालीन गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेका बेला सुन तस्करीसम्बन्धी अनुसन्धान आयोगको प्रतिवेदनलाई हतियार बनाएर बज्राचार्यलाई सिआइबीबाट सरुवा गरिएको थियो।बज्राचार्यलाई मात्र होइन, सुन तस्करीमा माओवादीको ‘कनेक्सन’ खुलाउने र सहकारीमा लामिछाने जोडिएको विषयमा अनुसन्धान गरिरहेको टिमलाई नै सरुवा गरिएको थियो। समग्रमा सिआइबीको साखमाथि तत्कालीन गृहमन्त्री लामिछानेले गरेको प्रहारलाई अहिलेको सरकारले ज्ञवालीको सरुवा गरेर निरन्तरता दिएको छ।

पदीय मर्यादा दुरूपयोग गरेको आरोपमा पूर्ववर्ती सरकारका गृहमन्त्री लामिछानेले सिआइबी प्रमुख बज्राचार्यलाई हटाएर त्यहाँ ज्ञवालीलाई ल्याएका थिए। आगामी भदौ २६ मा ५६ वर्षे उमेरहदका कारण अवकाशमा जान लागेका ज्ञवालीले पनि सिआइबीको मर्मबमोजिम नै विभिन्न प्रकरणमा अनुसन्धान अघि बढाएका थिए। ज्ञवालीमाथि बाल मन्दिरको सरकारी जग्गा दुरूपयोग, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना, अन्य केही ठुला भनिएका प्रकरणमा पक्राउ पुर्जी जारी भएका आरोपितसँग उठबस गरेको आरोप लागेपछि आन्तरिक छानबिन थालिएको प्रहरी प्रधान कार्यालयको दाबी छ।

यो दाबीभन्दा पनि सरकार बदलिएपछि प्रतिशोध साँध्ने शृंखलाअन्तर्गत सिआइबीलाई विवादमा तान्ने प्रयास भएको छ। तत्कालीन गृहमन्त्री लामिछानेले सिआइबीले सहकारीका सबै फाइलहरू झिकाएर अनुसन्धान गरिरहेकै बेला त्यसलाई ढाकछोप गर्न प्रमुख बज्राचार्यसहितलाई सरुवा गरेका थिए। त्यसका लागि लामिछानलेलाई सुन आयोगको प्रतिवेदन देखाएका थिए । अहिले पनि केही प्रकरण ढाकछोप गर्न ज्ञवालीको सरुवा भएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयको छानबिन समिति सहयोगी बनेको छ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकार फेरिनेबित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलिका दिनमा आइजिपी (प्रहरी महानिरीक्षक) वसन्त कुँवरमाथि पनि छानबिनको विषय उठ्न सक्ने भन्दै गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रश्न गरेका थिए। जवाफमा आइजिपी कुँवरले तालुक कार्यालयबाट आएको उजुरीका आधारमा छानबिन समिति बनाइएको बताएका थिए।

सोही समितिको बैठकमा एमालेका सांसद रघुजी पन्तले पनि सरकार फेरिएपछि सिआइबी प्रमुखमाथि छानबिन गर्ने प्रवृत्ति विकास हुन दिन नहुने बताउँदै यसले संगठनको छवि धुमिल हुने आशंका गरेका थिए। ‘सिआइबीमा हिजो एउटा टिम थियो। सरकार फेरियो र अर्को टिम आएर छानबिन गर्‍यो। त्यो टिममाथि छानबिन आज भइरहेको छ। भोलि आउनेले अहिलेको टिममाथि छानबिन गर्ने हो भने प्रहरीको विश्वसनीयता कहाँ रहन्छ ?’ पन्तले भनेका थिए । तर गृहमन्त्री रमेश लेखकले यसलाई सामान्य प्रक्रिया भएको भन्दै टारेका थिए।

अपराध अनुसन्धानलाई नियमित र गतिशील प्रक्रियाका रूपमा परिमार्जन गर्दै लानुपर्छ भन्ने मान्यताका साथ स्थापना भएको सिआइबीलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने प्रहरी अधिकारीहरू नै बताउँछन्। सिआइबीको नेतृत्व गरेका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले यो सस्थामाथि यो तहको राजनीति हुनु विडम्बना भएको बताए।

उनले जटिल प्रकृतिका घटनाको अनुसन्धानका लागि सिआइबी छ भन्ने विश्वास कायम राख्नुपर्नेसमेत बताए। ‘तस्करीको सुनसम्बन्धी छानबिन समिति वा आयोगले देखेका, सुनेका, बोलेका कुरालाई संकलन गरेर प्रतिवेदन तयार पारेको छ, अनुसन्धान गरेको छैन, आयोगको प्रतिवेदन अनुसन्धानको मिसिल होइन, यस्तो विषयलाई लिएर अघिल्लो सरकारले सिआइबी प्रमुखसहित टिमको सरुवा गर्‍यो, त्यहीनिर गल्ती भएको थियो । अहिलेको सरुवालाई अघिल्लो सरकारप्रतिको प्रतिशोधका रूपमा लिइयो, जुन गलत हो’, मल्लले भने। मल्लले सिआइबीलाई राजनीतिक हस्तक्षेपमुक्त राख्नुपर्ने बताए।
अर्को समाचार
रास्वपा लक्षित गोकुल बास्कोटाको कटाक्ष : बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?
०३ माघ २०८१
•
१ मिनेट पाठ
रास्वपा लक्षित गोकुल बास्कोटाको कटाक्ष : बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?
नेकपा एमालेका नेता गोकुल बास्कोटाले रास्वपाप्रति कटाक्ष गर्दै बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला भन्दै प्रश्न गरेका छन्। 




उनले रास्वपाका नेता तथा कार्यकर्ताहरूप्रति कटाक्ष गर्दै आज बिहान सामाजिक सन्जालमा यस्तो प्रश्न गरेका हुन्। उनले लेखेका छन्, 'न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होइन माइक टाईसनभन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।'

बास्कोटाले रास्वपा सभापति रवि लामिछाने अझैं तीन वटा अदालतमा हाजिर हुनुपर्ने प्रसंग निकाल्दै कति कालाकोट धुजाधुजा हुने हुन् भन्दै खेद प्रकट गरेका छन्।

उनले अगाडि लेखेका छन्, 'अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ? कति कालाकोट धुजाधुजा हुने हुन्? टेलर्स, मिडीया, मेडिकल, म:म, मकै सबै चल्ने भए। बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?'

हिजो (बुधबार) वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आक्रमण गरेका थिए। रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको हो। उनीमाथि आक्रमण भएपछि सामाजिक सञ्जालमा रास्वपाको आलोचना भएको छ। त्रिपाठीमाथि आक्रमण गरेको विषयमा कानुनविद्हरूले आपत्ति जनाउँदै लामिछानेलाई यो प्रकरणले झन् कमजोर बनाएको जनाएका छन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस