नेपाली धार्मिक सद्भाव: मुस्लिम पर्व मुहर्रमप्रति हिन्दु आस्था
०१ साउन २०८१
•
५ मिनेट पाठ
नेपाली धार्मिक सद्भाव: मुस्लिम पर्व मुहर्रमप्रति हिन्दु आस्था
मुस्लिम समुदायको महान् पर्व तराईका हिन्दुहरूले पनि धूमधामसँग मुहर्रम मनाउन थाले पछि यसप्रति आस्था बढ्दै गएको छ।




मुस्लिमहरूको तेस्रो महान् पर्व भए पनि हिन्दुहरूको यो पर्व प्रति आस्था बढ्दै गएको हो । हिन्दु समुदायको समेत आस्था बढ्दै गएको पछि मुर्हरम सदभावको पर्व बन्दै गएको छ।यो पर्वको अहिले तराईमा रौनक समेत बढ्दै गएको छ ।  तराई मूलका हिन्दु र थारु समुदायमा समेत यो पर्व मनाउन थाले पनि यसको रौनक अहिले जिल्लाको दक्षिणी भेगमा बढेको छ ।

हिन्दुहरूले समेत यो पर्व मनाउन थाले पछि मुहर्रम धार्मिक सद्भावको पर्व बन्दै गएको हो । अहिले जिल्लाको दक्षिणी भेगमा मर्हुरमको रौनक बढ्दै गएको छ । एक महिना अघि देखि यो पर्व मनाउन हिन्दु मधेसी समुदायले आफ्नो गाउँ घरमा ढोलक तासा बजाउँदै नाच गान गरेर  मनाउने गरेका छन् । हिन्दुहरूले समेत मनाउन थाले पछि यो धार्मिक सद्भाव पर्वका  रुपमा विकसित हुँदै गएको हो । तराईका हिन्दु र मुस्लिम समुदायले एकैसाथ मनाउने गर्दछन् । तराईका हिन्दु मधेसी, थारुहरूले समेत यो पर्व धूमधामले मनाउन थाले पछि  छुट्टै रौनकता थपिएको छ  ।

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरू बत्ताउँछन् । साथै यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ । साउन २ गते बुधवार मनाइने मुर्हरमका लागि तौलिहवाको मस्जिद टोलमा तहाजिया किन्न आएका महाराजगंज नगरपालिका ३ कजरहवाका मन्नु यादवले १० वर्ष अघि देखि मुहर्रम मनाउन थालेको बताए । ‘ यो पर्व मनाउनाले पारिवारिक सुख र मनोकामना पुरा हुने भएकाले आंगालेका हौ  ’ उनले भने । तौलिहवामा सात सय पर्ने ताहाजिया किनेका उनले पुरै परिवार मिलेर यो पर्व मनाउने तयारी गरेको बताए । मुस्लिम दाजुभाईहरुसंगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले  व्यक्त गरे ।

कपिलवस्तु नगरपालिका– ९  निग्लिहवाका रतिराम थारुले प्रजापतिले बाजेकै पालादेखि मनाउँदै आएकोले आफूले पनि त्यसलाई निरन्तरता दिएको बताए । ‘ बाजेकै पाला देखि मुहर्रम मनाउँदै आएका छौ, मलाई पनि राम्रो लागेकोले अँगालेको   हुँ  ’ उनले भने । मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरूको संख्या बढ्दै गएको छ । यसले धार्मिक सदभाव समेत कायम राख्ने दुवै धर्मगुरुहरूको भनाई छ ।

अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अँगालेकोले सद्भाव कायम गर्न यसले निकै मुद्दा मिलेको अधिकारकर्मी रवि ठाकुरले बताए । ‘ देशमै मुस्लिमहरूको दोस्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुवै समुदायले सामूहिक रुपमा यो पर्व मनाएकोले एक आपसमा भाइचारा कायम गरेको छ  ’ उनले भने । मुस्लिम समुदाय भन्दा हिन्दुहरूको मुहर्रम प्रति आस्था बढ्दै गएको उनले बताए । 

आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरूप मनाइने उक्त चाडमा उनको प्रतीक स्वरूप तहाजियाको पूजा गरिने प्रचलन रहेको छ । इस्लामिक नयाँ वर्ष हिजरी संवत् सुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ घरमा पूजापाठ गरी राखिएको तहाजियालाई मुहर्रमका दिन करबलामा लगेर सेलाउने चलन छ । हिन्दुहरूले घरमा पुर्जा गर्दा ढोल, तासा लगायतको बाजा बजाउने गर्दछन् ।

मुस्लिम समुदायले भने मुहर्रमका दिन साहसिक प्रदर्शन गर्ने गछन् । १४ सय वर्ष पहिले ईमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफू सहित ७२ जना पूरै परिवारले प्राणको आहुति दिएको सम्झना स्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरू बत्ताउँछन् । अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक वर्ष मनाइन्छ । इस्लामिक नयाँ वर्ष हिजरी संबत्को एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बत्ताउँछन् । मुहर्रम को १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्दिमा कुरान पाठ गरी बेलुका खिचडी पकाएर खाने चलन रहेको मुस्लिम अगुवा रउफ अहमद खाँले बताए ।  

मुहर्रममा तहाजियाको बिक्री बढ्यो  

मुहर्रम पर्व आएसँगै तहाजियाको समेत बिक्री बढेको छ । मुहर्रममा तहाजियोका पूजाआजा गर्ने चलन छ । मुखैमा आएको मुहर्रम पर्वसँग कपिलवस्तु नगरपालिका वडा नम्बर १ मस्जिद टोलका व्यापारीहरूलाई तहाजिया बेच्न भ्याई नभ्याई छ । साउन २ गतेमुहर्रम पर्व मनाइँदै छ । मस्जिद टोलमा रहेको आधा दर्जन बढी व्यापारीहरू अहिले थरी थरीका रङ्गी विरङ्गी तहाजिया बिक्रीका लागि तम्तयार बसेका छन् ।

बिहानै देखि उनीहरु अहिले तहाजिया बिक्री मै व्यस्त छन् । विगत ३ वर्ष यता कोरानाले गर्दा तहाजिया बाबाको बिक्री कम भएको थियो । तर यस पाली भने राम्रो आम्दानी भएको व्यापारीहरू बताउँछन् । रंगीबिरंगी र बासँको  मन्दिरको आकारमा बनाइने तहाजिया खरिद गर्न यतिखेर श्रद्धालुहरूको बजारमा भीड लाग्ने गरेकाे व्यापारीहरू बताउँछन् ।

आफूले मागेको भाकल पुगेमा श्रद्धालुहरूले आफ्नो क्षमता अनुसार तहाजिया खरिद गर्ने गरि मुहर्रमका दिन करबला (चिहान ) मा पूजा आजा गरि विर्सजन गरिने धर्मगुरुहरू बत्ताउँछन् । बजारमा यतिखेर ५ सय देखि १० हजार सम्मका तहाजिया विक्रीमा राखिएको छ ।  तहाजिया बिक्री गर्न बसेका कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलका व्यापारी चिनक मुसलमानले यस वर्ष तहाजिया राम्रो बिक्री भएको बताए । यस वर्ष  १ देखि ढेड लाख सम्मको तहाजिया बिक्री गरी आम्दानी हुने उनले बताए । ‘

तहाजिया बिक्री गर्ने व्यापारी बढेका छन् त्यसैले विगत वर्षहरू जस्तो आम्दानी हुँदैन, तर यस वर्ष राम्रो बिक्री हुने छाँट देखिएको छ ’ उनले भने । मस्जिद टोलका अर्का व्यापारी दोहु मुलमानले पुरै परिवार मिलेर ६ महिना अघि देखि बनाएको ताहाजिया अहिले बिक्री गर्ने गरेको बताए । व्यापारीको संख्या बढेकोले आम्दानीमा केही कमी आएको भन्दै उनले यस वर्ष कम्तीमा १ लाख आम्दानी हुने बताए । कपिलवस्तु नगरपालिका– १ मस्जिद टोलमा मात्र आधा दर्जन परिवार तहाजिया बिक्री गर्न व्यस्त देखिन्छन् ।

जिल्लामा तहाजिया बेच्नेको संख्या थुप्रै रहेको व्यापारीहरू बताउँछन् । रंगीविरगी कागजलाई हस्तकलाको माध्यम बाट मन्दिरको आकारमा सजाई बाँसको सहायताले तहाजीया निर्माण गरि विक्री गर्ने गरेका छन् ।  ६ महिना अघि देखि नै लचिलो बाँस, पवित्र मानिने डोरीहरू रङ्गी चङ्गी कागजको व्यवस्था गरि बनाउन थाल्छन् । तहाजियासंगै त्यसमा चढाउनका लागि बतासा, लोहवान लगायतका सामाग्रीको बिक्री समेत बढेको छ । 
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस