२५ लाख लागतमा सडक निर्माण
११ असार २०८१
•
२ मिनेट पाठ
२५ लाख लागतमा सडक निर्माण
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ। लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो।




बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन्। ‘सडक निर्माण भएपछि हामीलाई अस्पताल जान, विद्यालय र बजारसम्म पुग्न निकै सजिलो भएको छ’, कोटहीमाई–४ का राम बचन यादवले भने, ‘अब हिउँद र बर्खामा पनि आवत/आवत गर्न समस्या हुने छैन।’

स्थानीयवासी जगदिश वर्माले सडकले सिँचाइ र जल निकाससमेतको उचित प्रबन्ध गरेको, वडा नं ३, ४, ५, र ७ का एक हजार हेक्टर खेती डुबान हुने समस्यालाई अन्त्य गरेको बताए। उनले जोतिया, रोपाइँ, सिँचाइ र बाली ढुवानीलगायत कार्यका लागि पनि सडक उपयोगी रहेको जानकारी दिए।

गाउँपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर नवराज भण्डारीले, पुरानो जीर्ण नालाको संरक्षणसँगै नयाँ कृषि सडक निर्माण गरिएको बताए। उनले भने, ‘सडकको आवश्यक पर्ने भागमा कल्भर्ट हालेर पानीलाइ निकास दिइएको छ।’

सडकसँगैको नालामा सिँचाइका लागि आवश्यक पानीको भण्डारण गर्न मिल्ने बनाइएको उनको भनाइ छ। उनले भने, ‘गाउँपालिकाले सडकमा हरियाली विस्तार, सोलार बत्ती जडान र नियमित मर्मतसम्भारको योजनासहित त्यसको दीर्घकालीन उपयोगिता सुनिश्चित गरेको छ।’

गाउँपालिकाका अध्यक्ष बालकृष्ण तिवारीका अनुसार सडकको निर्माणले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ। ‘हामीले सो सडकबाट कृषि, व्यापार, स्वास्थ्य र शिक्षा र रोजगारमा समेत सुधार ल्याउने लक्ष्य लिएका छौँ’, उनले भने, ‘यसको विशेषता बहुउद्देशीय उपयोग हो।’

मुख्य सडकसम्मको सीधा पहुँचलाई यसले सहज बनाएको तिवारीले बताए। अहिले एकतर्फ नाला, अर्कोतर्फ सँगसँगै सडक निकालिएको छ। सडक निर्माणले घर–जग्गाको मूल्याङ्कन पनि बढेको उनले बताए।

‘यो सडक कोटहीमाइको विकास र समृद्धिको मार्गमा कोसेढुंगा हो’, अध्यक्ष त्रिपाठीले भने,  ‘यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ। निर्माणका क्रममा हरियाली संरक्षण तथा माटोको कटान नियन्त्रणमा पनि ध्यान दिइएको छ, जसले पर्यावरणीय सन्तुलनलाई कायम राख्न मद्दत पुर्‍याउने देखिन्छ।’ -रासस
अर्को समाचार
६ महिना पनि टिक्दैनन् धनगढीका सडक
२८ असार २०७८
•
२ मिनेट पाठ
६ महिना पनि टिक्दैनन् धनगढीका सडक
भर्खरै निर्माण भएको धनगढी उपमहानगरका सडकहरू ६ महिना नपुग्दै भत्किन थालेका छन् । उपमहानगरपालिकाले ग्रामीण क्षेत्रमा निर्माण गरेका कालोपत्रे सडक ६ महिना नपुग्दै भत्किन थालेका हुन्।  




कमसल सामग्री प्रयोगका साथै निर्माण कम्पनी र साइट हेर्ने प्राविधिकको मिलेमतोमा झारा टार्ने गरी निर्माण गरिएका सडक ६ महिना नपुग्दै भत्किने गरेको स्थानीयको आरोप छ। धनगढीमा निर्माण गरिएका सडकहरू कमसल सामग्री राखेर फिलिङ गरेका कारण ६ महिना पनि टिक्न नसकेको स्थानीय पुष्पराज कौशिक बताउँछन्। ‘यहाँ प्राविधिक, कर्मचारी र ठेकेदारको मिलेमतोमा कमसल सामान राखेर सडक निर्माण गरिन्छ,’ उनले भने, ‘निर्माण सामग्रीको गुणस्तर जाँच गर्ने निकायले वास्ता नगर्ने र उपभोक्ताले पनि खबरदारी नगरिदिँदा सडक टिक्दैनन्।’  

धनगढी उपमहानगरपालिका–२ को लोकतान्त्रिक चोकदेखि विश्वनाथ मन्दिर जाने ६ सय ९ मिटर कालोपत्रे सडक निर्माण भएको ६ महिनामै भत्किएको छ। उपमहानगरपालिकाको ९७ लाख ३१ हजार ८ सय ६९ रूपैयाँको लागतमा अन्जु निर्माण सेवाले कालोपत्रे गरेको थियो। 

गत माघमा निर्माण सकिएको सडक ६ महिना पनि नटिकेको स्थानीय लालसिंह कठरिया बताउँछन्। ‘हाम्रो टोलमा निर्माण भएको यो सडक ६ महिना पनि टिकेन,’ उनले भने, ‘कमसल सामग्री प्रयोग भएका कारणले त नहोला टिकेको ?’ पहिले सडकको दुवै किनारमा नाली निर्माण गरेको बताउँदै उनी थप्छन्, ‘बनाइएको सडकको नाली पनि भत्कियो, कालोपत्रे पनि उप्कियो।’ सडकमा मोटरसाइकल चलाउँदा पनि उफार्ने गरेको बताउँदै अर्का स्थानीय विन्तिराम चौधरीले भने, ‘दबाएर सडक नबनाएका कारण मोटरसाइकल चलाउँदा पनि उफार्छ।’  

सडक निर्माण गर्दा स्थानीयले राम्रो बनाउन दबाब दिए पनि निर्माण कम्पनीले नटेरेको उनीहरू बताउँछन्। बनाएको ६ महिना नपुग्दै सडक र नाली भत्किन थालेपछि पत्र काटेर पुनः निर्माण गर्न निर्माण कम्पनीलाई भनेको धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्ट बताउँछन्।

‘लोकतान्त्रिक चौकदेखि विश्वनाथ मन्दिरसम्मको नवनिर्मित कालोपत्रे सडक भत्किन थालेपछि निर्माण कम्पनीलाई पुनः बनाउन पत्राचार गरेका छौं,’ उनले भने। ग्रामीण सडक निर्माणमा कतै कतै कमजोरी हुन सक्ने बताउँदै उनी भन्छन्, ‘तर त्यस्तो जानी जानी गल्ती भएको भने छैन।’ निर्माण कम्पनीसँग प्राविधिकको मिलेमतोमा कमसल सामग्री प्रयोग हुने गरेको भन्ने मिथ्या आरोप भएको उनले बताए। ‘आम सर्वसाधारणले लगाउने आरोप हो,’ उनले भने, ‘हामीले जानी जानी त्यस्तो गर्दैनौं ।’ 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस