धनगढी उपमहानगरपालिका वडा नं १२ सिद्धार्थनगर स्थित सिद्धनाथ मा.वि.मा करिव छ सय बिद्यार्थी र शिक्षकलाई खानेपानीका लागी दुई वटा नल्का थिए । यस अघि सधै पानी आउने यि दुई नल्का सुकेका छन । नल्का सुकेपछि बिद्यालयमा खानेपानीको हाहाकार भएपछि मंगलवार धनगढी उपमहानगरपालिकाले ट्याकंरमा पानी लगेर बिद्यार्थीलाई खुवायो । नल्कामा पानी सुकेपछि प्राविधिक वोलाएर देखाउदाँ जमिनमा पानीको सतह घटेकोले पानी सुकेको बताएको बिद्यालयका प्राधाननाध्यापक प्रेम शाहीले बताए ।
यसैगरि धनगढी उपमहानगरपालिका वडा नं १२ ए गाउँ नवशान्ती टोलमा करिव ३५ घरधुरीको खानेपानीको श्रोत रहेको नल्काहरु सुकेका छन । नल्का सुकेपछि खानेपानीको हाहाकार भएको स्थानियले बताएका छन । ‘यस अघि कहिले यस्तो भएको थिएन्, अहिले हाम्रो टोलका ३५ घरका नल्काहरु सुकेर खानेपानीको हाहाकार भएको छ’नवशान्ती टोलका ४३ बर्षिय हरि रिजालले भने,‘छिमेकी टोल बाट पानी ल्याएर प्राण जोगाउनु परको छ ।’
यि प्रतिनिधी उदाहरण मात्र हुन । अहिले सम्मकै अत्यधिक बढी गर्मीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढीमा जमिनको सतहमा पानी घटेर नल्का सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ ।
खानेपानी संस्थानको खानेपानी सिमित घरधुरीमा मात्र उपलब्ध भएका कारण अधिकाशं घरधुरी जमिनको सतहबाट निकालिने नल्काको खानेपानीमा निर्भर रहेका छन । जमिनको सतहको पानी घटेर नल्कामा पानी सुक्न थालेको बुझिएको छ ।
भुमिगत पानीको सहत दुई मिटर घट्यो
अत्यधिक गर्मीका कारण धनगढीमा खानेपानीको सहत १ देखि २ मिटर सम्म घटेको बिज्ञहरुले बताएका छन । खानेपानी संस्थान धनगढीका प्रमुख शैलेन्द्र शाहले धनगढीमा पानीको सतह १ देखि २ मिटर सम्म घटेको बताएका छन । खानेपानी संस्थानले ९ हजार १ सय उपभोक्तालाई १४ लाख लिटर खानेपानी उपलब्ध गराउने गरेकोमा अहिले नल्का सुकेकोले १७ लाख लिटर सम्म माग भैरहेको उनले बताए । नल्का सुकेकाले सर्वसधारणहरु खानेपानीको धारा भएको ठाउँमा गएर खानेपानी लिने गरेकाले माग बढेको हो । बढ्दो गर्मी सँगै जमिनको भुमिगत पानीको सतह घट्न थालेपछि भुमिगत पानीको भण्डारणलाई रिचार्ज गरेर घट्न नदिने उपाय नअपनाइए अगामी बर्षहरुमा धनगढी लगायत तराईमा वस्ने वासिन्दाहरुलाई खानेपानीको समस्या बिकराल बन्दै जाने बिज्ञहरुको चिन्ता छ । यहि गतीमा पानीको सतह घट्ने हो र जमिनको पानीको भण्डारणलाई रिचार्ज गर्न ध्यान नदिने हो भने अगामी केहि बर्ष पछि धनगढीका वासिन्दालाई ट्याकंरमा बोकेर पानी खुवाउनु पर्ने अवस्था आउने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बताउछन । रुख रोप्नुृपर्ने, बर्षातका पानीलाई संकलन गरिराख्न तालतलैया जोगाउने तथा निर्माण गर्ने, बन बिनास जोगाउनु पर्ने लगायतका कुरामा सवैले ध्यान दिनुपर्ने उनको भनाई छ ।
चुरेबिनास र जंगल फडानीले संकट
लामो समय सम्म पानी नपर्नु, अत्यधिक गर्मी हुनु र पानीको जमिनको सतह घट्दै जानुमा तराईको सिरानमा रहेको चुरेको बिनास, व्यापक रुपमा बन फडानी, अनियन्त्रित तरिकाले जताततै नदीमा गिठ्ठी, वालुवा र ढुंगाको उत्खनन् जस्ता कारण जिम्मेवार रहेको बिज्ञहरु बताउछन । ‘यो अवस्था हुनुमा मानवका क्रियाकलाप नै मुख्य जिम्मेवार रहेका छन’शिक्षा बिद् कृपाराम उपाध्याय भन्छन । केहि बर्ष अघि सम्म पहाडहरुमा बाह्रौ महिना कलकल पानी झरिरहेको देखिन्थ्यो । अहिले पानीका मुहान सुकेर कतै नदेखिने गरेको उनी बताउछन ।
अहिले सम्मकै बढी गर्मी
धनगढीमा यस बर्ष अहिले सम्मकै बढी गर्मी महसुस भएको छ । गर्मीले पछिल्लो एक साता यता धनगढी लगायत कैलाली कंचनपुरको जनजिवन प्रभावित बनेको छ । मान्छेहरु अतिआबश्यक काम बाहेक दिउसो गर्मीको कारण घर बाहिर निस्कदैनन् । तातो हावा चल्ने गरेको छ । गर्मीले कयौ बिरामी समेत हुने गरेका छन । जल तथा मौसम बिज्ञान बिभाग महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख ईन्जिनिरय संजय शाह यस बर्ष धनगढीमा सवैभन्दा बढी गर्मी भएको बताउछन । अत्यधिक तापक्रम मात्र नभई न्युनतम तापक्रमले समेत गर्मी बढी महसुस गराउन भुमिका खेल्ने उनी बताउछन। धनगढीमा पछिल्लो ११ दिन यता निरन्तर ४० डिग्री सेल्सियस भन्दा माथी तापक्रम रहदै आएको छ । मे ३० मा अत्यधिक तापक्रम ४४. १ डिग्री रेकर्ड भएको थियो । मंगलवार ४३.१ डिग्री सेल्सियस रहेको थियो । गत सोमवार अधिकतम तापक्रम ४२.४ डिग्री सेल्सियस रहेको थियो भने न्युनतम तापक्रम अहिले सम्मकै सवैभन्दा बढी ३१.५ डिग्री सेल्सियस रहेको शाहले बताए। धनगढीमा सन १९९५ जुनमा सवैभन्दा बढी ४६.४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । तर त्यस दिन न्युनतम तापक्रम २३ डिग्री मात्र रहेको शाह बताउछन ।‘गर्मी महसुस हुनुमा अत्यधिक तापक्रम मात्र नभई न्युनतम तापक्रम कति छ भन्ने कुराले पनि प्रभाव पार्छ’उनी भन्छन,‘धनगढीमा अहिले अत्यधिक तापक्रम ४२, ४३, ४४ डिग्री सेल्सियस र न्युनतम तापक्रम पनि ३० डिग्री सेल्सियस भन्दा बढी भएकोले अत्यधिक गर्मी भैरहेको हो ।’
यस बर्ष बनमा अत्यधिक आगलागी भएकोले पनि गर्मी अत्यधिक बढेको उनको भनाई छ । प्री मनसुनमा पानी नपर्नु, जमिनमुनीको पानी उड्दै जानु तर पानी माथीबाट थप नहुनुले जमिन मुनी पानीको सतह घटेर गएको उनी बताउछन । चुरेबिनास, बन बिनास, आगलागी, अन्धाधुन्द, प्राकृतिक दोहोन जस्ता गतिबिधी नरोकिए अगामी बर्ष अझै संकटमय हुने निश्चित छ ।
नोट तस्विर पनि छ