जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी
२५ जेष्ठ २०८१
•
१ मिनेट पाठ
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी
विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको आज  आयोजित कार्यक्रममा जानकारी दिइयो।




मकवानपुरको उत्तरपश्चिम भेगस्थित मनहरी गाउँपालिकामा सञ्चालित खोरिया सुधार कार्यक्रम, नवलपुरमा सञ्चालित गिद्ध संरक्षण कार्यक्रम, कास्कीमा सञ्चालित रुपा ताल पुनःस्थापना, तनहुँमा सञ्चालित पर्यापर्यटन र सांस्कृतिक पर्यटन प्रवर्द्धन लगायत कार्यक्रम प्रभावकारी भएको सो अवसरमा जानकारी गराइयो । जलवायु परिवर्तनबाट आउने समस्या समाधान गर्न यी कार्यक्रम गरिएको नेपालका लागि युएनडिपीका आवासीय प्रतिनिधि आसानी मेडागंगोडा–लेबले बताए । जलवायु परिवर्तनको समस्याबाट पर्ने प्रभाव न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले  आदिवासी जनजाति लक्षित कार्यक्रम भएकाले आयोगका तर्फबाट सक्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए । ‘जनजातिको जीवनस्तर सुधार गर्न अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ’, उनले भने। 

कार्यक्रममा जलवायु परिवर्तनले जनजाति समुदायमा पारेका प्रभाव र अनुदान कार्यक्रमका माध्यमबाट यसलाई न्यूनीकरण गर्न गरिएका प्रयासका विषयमा विभिन्न समूहमा संवाद गरिएको थियो । समूह संवादमा वन तथा वातावरण, अर्थ, परराष्ट्र, पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय दलित आयोग, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, वातावरण विभाग, विभिन्न स्थानीय तह, नेपाल नगरपालिका सङ्घलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।
अर्को समाचार
जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभावकारी
१८ वैशाख २०८०
•
५ मिनेट पाठ
जलवायु परिवर्तनका असर सम्बोधन र न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम प्रभावकारी
अछामको बाब्लामा निर्माण गरिएको संरक्षण पोखरी। तस्बिरः श्रीराम-नागरिक
जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन गरिएको छ।  




जलवायु परिवर्तनले मानिस र प्राकृतिक वातावरण दुवैलाई नराम्ररी बिथोलेको पृष्ठभूमिमा यस्ता कार्यक्रमले स्थानीय समुदायलाई फाइदा दिनुका साथै प्राकृतिक प्रणाली तथा जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सम्बोधन गर्ने दिशामा योगदान दिने मानिएको छ। ‘हाम्रो अनुभवले के देखाएको छ भने जनजीविकासँग संरक्षणका कार्यहरू जोडिँदा त्यसले दीर्घकालीन प्रभाव पर्दछ,’ सल्यान जिल्लाका वन अधिकृत जितेन्द्र रावत भन्छन्।  

सन् २०१९ देखि विश्व वातावरण कोष, संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र वन तथा वातावरण मन्त्रालयको सहयोगमा सल्यानमा सञ्चालित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन परियोजना (इबिए–२) सञ्चालन गरिएको छ। यो परियोजना अन्तर्गत जिल्लाका विभिन्न स्थानमा सतहको बहावबाट पानी संकलन र भण्डारण गर्न संरक्षण पोखरी, भिरालो जमिनमा पानीको बहाव घटाउन गल्ली तथा खोल्सामा फिल्टरिङ ड्याम, गह्रा सुधार, नदी किनार तथा पानीको मुहान संरक्षण, वनक्षेत्र पुनस्र्थापना तथा वृक्षरोपणलगायतका कार्यक्रम सञ्चालन गरिएको अधिकृत रावत बताउँछन्। स्थानीय सम्भावनाका आधारमा टिमुर, गिठा, तेजपात, अम्रिसो, नेपियर लगाउन सहयोग गरिएको बताउँदै अधिकृत रावत भन्छन्, ‘यस्ता कार्यक्रम कार्यान्वयनमा हामीले स्थानीय समुदाय र स्थानीय सरकारसँग हातेमालो गरेका छौं।’

यो परियोजना कार्यान्वयन भैरहेको अर्काे मध्यपहाडी जिल्ला अछामका वन अधिकृत भोजराज शर्मा यो अवधारणा नवीन रहेको तर सफल कार्यान्वयनका लागि स्थानीय तहले अपनत्व र रेखदेखमा जोड दिनुपर्ने ठान्छन्। ‘परियोजना अवधि रहुन्जेल र बाह्य सहयोग जारी रहँदासम्म विकास र संरक्षणका कार्यक्रमहरू सञ्चालना रहने र त्यसपछि त्यत्तिकै हराउने प्रचलनको अन्त्य गर्न स्थानीय समुदाय र सरकारको अर्थपूर्ण सहभागिता आवश्यक हुन्छ,’अधिकृत शर्मा भन्छन्।

गत साल निर्माण गरिएका कतिपय संरक्षण पोखरी, फिल्टरिङ ड्यामहरूको मर्मत नभएको उल्लेख गर्दै शर्मा भन्छन्, ‘जनसमुदाय जागरुक नभईकन प्रकृतिमा आधारित समस्या समाधानको अवधारणा परिणाममुखी परियोजनाअन्तर्गतका कार्यक्रम कार्यान्वन नहुँदा दण्ड र सही कार्यान्वयन हुँदा पुरस्कारको व्यवस्था हुनुपर्ने उनको सुझाव छ।  

‘परियोजना अवधि रहुन्जेल र बाह्य सहयोग जारी रहँदासम्म विकास र संरक्षणका कार्यक्रमहरू सञ्चालना रहने र त्यसपछि त्यत्तिकै हराउने प्रचलनको अन्त्य गर्न स्थानीय समुदाय र सरकारको अर्थपूर्ण सहभागिता आवश्यक हुन्छ,’अधिकृत शर्मा भन्छन्।
अछामको साफेबगर नगरपालिका–१३ का वडाध्यक्ष रूपबहादुर कुँवर जनतामा चेतना जगाउन अझै धेरै काम गर्नुपर्ने ठान्छन्। ‘हामीले प्रकृतिमा आधारित अनुकूलनको महत्व र यसबाट हुने दीर्घकालीन फाइदाबारेमा जनतालाई थप चेतना दिन आवश्यक छ,’उनी भन्छ्न्।  

उक्त वडाको उच्च भूभाग बाब्लामा निर्माण गरिएको ४० मिटर परिधि र १.२ मिटर गहिरो पोखरीमा कालो भालुजस्तो जंगली जनावरसमेत आएर पानी खाएको प्रमाण भेटिएको प्रसंग उल्लेख गर्दै कुँवर थप्छन्, ‘उच्च भागमा निर्माण गरिने यस्ता पोखरीको पानी जमिनभित्र पसेर भूमिगत जलभण्डारको सतह बढाउन र माटोमा ओसको मात्रा बढाउन सहयोगी हुने देखिएको छ।’पानी संरक्षण पोखरीले उक्त वडाका १३० घरधुरी लाभान्वित भएको उनी बताउँछन्।  

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले जलीय चक्रलाई नराम्ररी बिथोलेको छ, मनसुनको प्रकृति र प्रवृत्तिमा पनि फेरबदल ल्याइदिएको छ। जलवायु परिवर्तनको असरका कारण खडेरी, अनावृष्टि, अतिवृष्टि र खण्डवृष्टि भइरहेको छ, खास–खास क्षेत्रमा पानीको उपलब्धतामा कमी आएको छ। यस्तैयस्तै अनपेक्षित परिणामसँग अनुकूलित हुन स्थानीय स्तरमा गरिने प्रयास महत्वपूर्ण हुने इबिए–२ परियोजना प्रमुख टोप खत्री बताउँछन्।

अछामको साफेबगर नगरपालिका–१३ का वडाध्यक्ष रूपबहादुर कुँवर जनतामा चेतना जगाउन अझै धेरै काम गर्नुपर्ने ठान्छन्। ‘हामीले प्रकृतिमा आधारित अनुकूलनको महत्व र यसबाट हुने दीर्घकालीन फाइदाबारेमा जनतालाई थप चेतना दिन आवश्यक छ,’उनी भन्छ्न्।  
विगत केही वर्षदेखि सल्यान, अछाम र दोलखामा कार्यान्वयन भैरहेको यो परियोजना नेपालले कार्यान्वय गरिरहेको राष्ट्रिय अनुकूलन कार्ययोजना र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअन्तर्गत स्थापना भएको अनुकूलनका लागि अन्तर्राष्ट्रिय लक्ष्य (ग्लोबल गोल अन एड्प्टेसन) सँग जोडिएको छ। ‘परियोजनाले दिने नजिता र सिकाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले महत्वपूर्ण हुनेछ,’खत्री भन्छन्।  

खत्रीले भनेझै नेपालमा मात्र होइन, विश्वका विभिन्न देशले जलवायु परिवर्तनका कारणा उत्पन्न समस्या सम्बोधन गर्न प्रकृतिमा आधारित अनुकूलनका प्रयासलाई नीतिगत प्राथमिकतामा राखेका छन्, आ–आफ्नो राष्ट्रिय अनुकूलन योजनामा समेटेका छन्।  

जलवायु परिवर्तनसम्बन्धी अन्तर–सरकारी निकाय आइपिसिसीको दोस्रो कार्यगत समूहले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनले नित्याउने संकट सम्बोधन र जोखिम न्यूनीकरण गर्न प्रकृतिमा आधारित कार्यक्रम निकै सहयोगी हुने उल्लेख छ। ‘जलवायुजन्य विपद् थेग्न सक्ने क्षमता बढाउन यो अवधारणाको ठुलो महत्व छ। यसले प्रभावकारी र सम्भावनायुक्त समाधानका उपाय दिन सहयोग गर्छ,’प्रतिवेदनमा लेखिएको छ।  

अनुकूलनमा न्यून जलवायु वित्त  

नेपाललगायत विभिन्न देशले प्रकृतिमा आधारित जलवायु अनुकूलनका कार्यक्रमलाई आ–आफ्नो नीतिगत प्राथमिकतामा राखेका छन्, यसलाई राष्ट्रिय अनुकूलन कार्ययोजना (न्याप) मा समेटेका छन्। तर जलवायु परिवर्तनले निम्त्याएका चुनौती सम्बोधन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी अत्यन्त कम रहेको गुनासो आइरहेको छ।  

गत साता नेपालका जलवायु परिवर्तन र विकासको क्षेत्रमा काम गर्दै आएका ११ संस्थाले राष्ट्रिय बजेट प्रक्रियामा जलवायु वित्तलाई समावेश गर्न र आन्तरीकरण गर्न माग गरेका थिए। आगामी आर्थिक वर्षका लागि बजेट निर्माण प्रक्रिया सुरु भएको सन्दर्भमा ‘क्लाइमेट एन्ड डेभलपमेन्ट डायलग’नामक सञ्जालले राष्ट्रिय अनुकूलन योजना (न्याप) अनुरूप बजेट निर्माण गर्न र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त जलवायु वित्तलाई स्थानीय स्तरमा परिचालन गर्न अनुरोध गरेको छ। न्याप कार्यान्वयन गर्न नेपाललाई ४५.९ अर्ब अमेरिकी डलर आवश्यक पर्ने सरकारी आकलन छ। नेपालको जलवायु परिवर्तन नीति, २०१९ ले जलवायु क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रबाट आउने वित्तीय सहयोगको ८० प्रतिशत रकम स्थानीय स्तरमा प्रयोग हुनुपर्ने किटान गरे पनि २२ प्रतिशत मात्र स्थानीय स्तरमा पुगेको ‘क्लाइमेट एन्ड डेभलपमेन्ट डायलग’को आकलन छ।  
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस