भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीका सलिम लागे २१ वर्षका भए। तर उनमा अरु सामान्य युवाहरुमा जस्तै जसरी पनि विदेश जाने योजना छैन। बरु स्वदेशमै केही गर्ने विचार छ। यही कारण उनी अहिले भक्तपुरको सूर्यविनायकमा सञ्चालन भइरहेको ५० दिने कुक तालिममा सहभागी हृुने छन्।
उनले भने,‘अहिलेसम्म स्वेदशमै केही गर्छु भन्ने मनमा छ,मेरो परिवारको अहिले सामान्य होटल पनि छ, त्यसैमा केही गर्ने योजना छ।’
घरभन्दा झण्डै १५ मिनेटको हिडाई अर्थात् एक किलोमिटरको दुरीमा आफ्नै वडामा सामान्य चिया पसल खोलेको उनले बताए। पसलखोली सकेपछि केही गर्ने योजनासाथ कुक तालिममा सहभागी हुन आएको उनले सुनाए।
सोही वडाकै जगातीमा रहेको डिएनआर खाजा घरका व्यवस्थापक राजन नापित पनि आफ्नै खाजा घरलाई समृद्ध बनाउने योजनाकासाथ तालिममा सहभागी भएको बताउँछन्।
‘बुढाबुढी दुवैजना मिलेर आफ्नै गाउँं ठाउँंमा सामान्य खाजाघर चलाएर जिविकोपार्जन गरिरहेका छौं, तालिम लिन आउनुको कारण खुलाउँंदै नापितले थपे, त्यही पसलमै राम्रो कुक बनेर पसललाई नै समृद्ध बनाउने योजना छ’, उनले भने।
उद्योग तथा वाणिज्य मन्त्रालय शाखा कार्यालय भक्तपुरले स्थानीय युथ सोसाइटी फर सोसियल वेलफेयर सूर्यविनायकको सहकार्यमा त्यहाँं कुक तालिम चलिहरको छ। तालिम प्रत्येक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुन्छ। उनीहरुलाई दुई जना प्रशिक्षकहरुले तालिम दिँदै आएका छन्।
उद्योग तथा वाणिज्य मन्त्रालय शाखा कार्यालय भक्तपुरकी उद्यम विकास सहजकर्ता सरस्वती पौडेलले युवाहरुलाई सीप सिकाएर उद्यमशील बनाउने योजनाकासात विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको बताइन्।
उनले कुकका अतिरिक्त समय समयमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको र कुकका लागि पनि २० जनाको मात्रै कोटा रहे पनि युवाहरुको तीव्र इच्छा भएकोले २६ जनालाई तालिममा सहभागी गराएको उनले जानकारी दिइन्।
युथ सोसाइटी फर सोसियल वेलफेयर सूर्यविनायकका अध्यक्ष तुल्सी त्वायनाले युवाहरुलाई दक्ष बनाई स्वदेशमै केही गराउने महान उद्देश्यका साथ लिइएकाले आफूहरुले सहयोग गरेको सुनाइन् । तालिममा आफू पनि दैनिक सहभागी हुने गरेको भन्दै उनले युवाहरुमा देशमै केही गर्ने योजना पलाएको देखेर खुसी व्यक्त गरिन्।
तालिममा देशविदेशमा रहेर काम गरिसकेका, तथा होटल म्यानेजमेन्ट विषय नै लिएर स्नातक तह पूरा गरिसकेका विद्यार्थीलगायतको सहभागिता रहेको उनी बताउँछिन्।
यस्तै,प्रशिक्षक विष्णु श्रेष्ठले हातमा सिप भए भोकै बस्नु पर्दैन भन्ने मान्यताको स्मरण गर्दै तालिमपछि प्रमाणपत्र पनि प्रदान गरिने योजना रहेको सुनाए। यसले उनीहरुलाई देश विदेशमा काम गर्ने बाटो खुल्ने उनले बताए।
एकजना प्रशिक्षार्थी कृष्टिना दुवालले आफूले झण्डै ६ लाख खर्चेर होटल म्यानेजमेन्टमै स्नातक पूरा गरिसकेको र अब यसैमा केही गर्ने योजना रहेको बताए। तालिममा ७ जना युवतीसहित कुल २६ युवा सहभागी छन्। उनीहरु १९ देखि ४० वर्षसम्मका रहेको बताइएको छ।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।
त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...