१ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ
२० जेष्ठ २०८१
•
२ मिनेट पाठ
१ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ
एक अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा चन्द्रबहादुर लामालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। आइतबार नेपाल प्रहरीको काठमाडौं अपराध अनुसन्धान कार्यालयले राईलाई पक्राउ गरी सार्वजनिक गरेको हो। आइतबार पत्रकार सम्मेलनका क्रममा महाशाखाका प्रमख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले राईमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिटको–अपरेटिभ लि.को बिरुद्धमा ८५२ जना जाहेरवालाहरुले वचत गरेको रकमको माग दाबीसहित उजुरी परेको बताए। 




त्यस्तै,पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको र उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोडको हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको जानकारी दिए। 

उनले २०८० फागुन २० गतेदेखि नै सम्मानित काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई पक्राउ गरेको बताए।

उनले भने ‘काठमाडौं जिल्ला अदालतबाट अनुमति प्राप्त भइ फरार रहेका प्रतिवादी सिबी लामा भन्ने चन्द्रबहादुर लामा तामाङ पक्राउ गरेका छौँ। प्रहरी वित्त नयाँ बानेश्वरमा मुद्दा दर्ता भइ दुई तीन महिनादेखि नै फरार रहनुभएको अवस्था देखिन्छ। खोजतलास गर्दै जाँदा काठमाडौं उपत्यका भन्दा बाहिरका जिल्लामा बस्ने गरेको भन्ने सूचना थियो। २०८१ जेठ १८ गते चितवनको भरतपुरबाट पक्राउ गरेका थियौँ। उमेर ४९ वर्ष रहेको छ। काभ्रेपलाञ्चोक जिल्ला साविक नारायणथान गाविस ८ रहेको छ। २०४९ सालदेखि ओसिन एड्भटाइजन मिडियामा समाचार संकलनको रुपमा काम गरेको। २०५२ भदौ तत्कालीन श्री ५ को सरकारको स्थानीय विकास मन्त्रालयको प्राविधिक सहायक तहको ओभरसियर पदमा काम गरेको हुनुहुँदो रहेछ। बरामद सामग्रीहरुमा सामसुङ कम्पनीको मोबाइल २ वटा, नोकिया १, एसी कम्पनीको एउटा साधा सेट र सिम थान ६ रहेको छ। कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा ८५२ जना जाहेरवालाहरुले बचत गरेको रकमको माग दाबी रु.१,५१,८५,५२,०२७.१९/- ( १ अर्ब एकाउन्न करोड पचासी लाख बाउन्न हजार सत्ताईस रुपैयाँ उन्नाइस पैसा) रहेको खुल्न आएको। यो थपिने क्रममा रहेको। ८२०८०।०४।०१ गते पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ विरुद्धमा नेपाल सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ५४ जनाको निवेदन परेको। उक्त पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि.को विरुद्धमा १२ करोड को हाराहारीमा बिगो मागदाबी गर्दै जाहेरी परेको भन्ने बुझिन आएको।’

लामा अध्यक्ष रहेको पशुपति सहकारीको ठगी प्रकरणमा अहिले केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। 
अर्को समाचार
बराह सहकारी घोटाला: साढे चार हजार बचतकर्ताको १० अर्ब ७३ करोड हिनामिना
२२ फागुन २०८१
•
२ मिनेट पाठ
बराह सहकारी घोटाला: साढे चार हजार बचतकर्ताको १० अर्ब ७३ करोड हिनामिना
बराह बचत तथा ऋण सहकारी संस्था धरानका बचतकर्ताको १० अर्ब ७३ करोड भन्दा बढी रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका आठ जनालाई थुनामा पठाउने आदेश भएको छ। तीन जनालाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ।




सुनसरी जिल्ला अदालतका न्यायाधीश मुकेश उपाध्यायको इजलासले पक्राउ परेका मध्ये बराह ग्रुपका अध्यक्ष शिव लामिछानेकी पूर्व श्रीमती रिना राई, सञ्चालक समिति सदस्य फुलमाया राई, ऋण उपसमिति सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी,  पूर्वसञ्चालक र लेखा सुपरिवेक्षण संयोजक सुदिन बिक, ऋण उप-समितिपूर्व सदस्य इन्द्रकुमार ल्वागुन र  लेखापाल अर्पणा श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत सुनसरीका श्रेष्तेदार उपसचिव टिकेन्द्रवीरजंग राणाका अनुसार पक्राउ परेका ११ जनामध्ये मानबहादुर विश्वकर्माकी श्रीमती जतनमाया विश्वकर्मा, गंगा कालिकोटेकी श्रीमती सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई जनही ५-५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको छ। प्रहरीले २१० जना ऋणीसहित २६२ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो।

मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ। २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिमको कसुरमा सजाय माग गरिएको छ।

पाँचवटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ। बराह सहकारीका सञ्चालक र उच्चतहका कर्मचारीहरूलाई सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० बमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ।

अनुसन्धानका क्रममा चार हजार १६८ जना पीडितहरूले जाहेरी दिएकोमा चार हजार ७७२ पीडितहरू रहेको खुलेको छ। सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो।

प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको छ।

सहकारीका मुख्य सञ्चालक शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायतका व्यक्ति भने फरार छन्। बचतकर्ताको रकममध्ये सबैभन्दा हिनामिना शिवकुमार लामिछानेले गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ।

जसमा शिवकुमारले मात्र २ अर्ब ७१ करोड ३१ लख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ।
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस