विशेष अदालतले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणमा कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जनालाई दोषी ठहराउँदै ५ जनालाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले सामान खरिदमा मंगलबार अनियमितता ठहराएको हो।
अदालतले प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पौडेललाई २५ करोड ४७ लाख बिगो र सोही बमोजिमको जरिवानासहित २ वर्ष कैद ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत ९ जनाविरुद्ध करिब ७० करोडको बिगो माग गर्दै विशेष अदालतमा २०८० वैशाख ३ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।
यस मुद्दामा अदालतले ४ जनालाई दोषी ठहर गरेको छ भने ५ जनालाई सफाई दिने फैसला गरेको हो। मुद्दा दर्ता भएको एक वर्षमै विशेष अदालतले मुद्दा फैसला गरेको हो। २०७६ सालमा निकै चर्चामा आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले पौडेललाई ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो, हदैसम्मको कैद, बिगो बमोजिम जरिवानासमेत असुल उपर गरी सजाय मागदाबी गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा तत्कालीन प्रतिनिधि मुद्दा दर्ताको समयमा वन तथा वातावरण मन्त्रालयका सीडीई नविनकुमार पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल हुनेगरी अदालतले फैसला गरेको छ। पोखरेलको हकमा अख्तियारले ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ बिगोबमोजिम जरिवाना, सजाय हुन मागदाबी लिइएको थियो। मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई पनि दोषी ठहर गर्दै ५ करोड ८४ लाख ५५ हजार रुपैयाँ जरिवाना र सोही बमोजिम बिगो तोकिएको छ।
अख्तियारले प्रधानको हकमा २३ करोड ४४ लाख ९६ हजार ९२१ रुपैयाँ बिगोसहित सजाय मागदाबी गरिएको थियो। त्यसैगरी विल्डिंग सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनलाई ५ करोड ७९ लाख ६२ हजार रुपैयाँ जरिवाना र सोही बमोजिम बिगो ठहर भएको छ।
उनको हकमा अख्तियारले ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ बिगोसहित सजाय मागदाबी लिइएको थियो। सेक्युरिटी प्रिन्टिङ प्रेस र फ्युल स्टोरेज टयांक खरिदमा ठेकेदारसँग मिलेर कमिसन लिएर दुईवटा ठेक्का सम्झौता गरी भुक्तानी गरी अनियमितता गरेको अख्तियारको आरोप थियो।
अदालतले सम्झौताविपरित गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद गरेको प्रमाणबाट पुष्टि भएको संक्षिप्त फैसलामा उल्लेख गरेको छ। त्यस्तै सम्झौताको शर्तविपरित तोकिएको देशबाट जेनेरेटर सेट खरिद नगरी फरक मुलुकमा बनेको जेनेटर सेट खरिद गरी भुक्तानी दिएको अदालतको ठहर छ।
‘फिडरलाइनको पूर्वाधारसमेत तयार भई विद्युत लाइन जडान गर्ने कार्य मात्रै बाँकी रहेको अवस्थामा औचित्य र आवश्यकता नै नरहेको ३ लाख लिटर क्षमताको बक फ्यूल ट्याङ्क सिस्टम खरिद तथा निर्माण गरी अनावश्यक रुपमा खर्च गरेको देखिन्छ,’ विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, ‘यसबाट प्रतिवादीले सरकारी सम्पत्तिको गैरकानुनी रुपमा हानी नोक्सानी पुराई भ्रष्टाचारजन्य कार्य गरेको देखिन आयो।’ प्रिन्टिङ प्रेस खरिद गर्नु अघि नै विभिन्न बहानामा अस्वभाविक लागत अनुमान तयार गरी भुक्तानी गरिएको भेटिएको थियो।
सार्वजनिक खरिद ऐन, नियमावली विपरित सुरक्षण मुद्रण केन्द्रले लागत अनुमान तयार गर्दा कानुन विपरित अस्वभाविक बढी खर्च हुनेगरी ठेक्का लागत अनुमान तयार गरी कोटेसन लिइएको भेटिएको हो। गुणस्तरहिन ट्रान्सफर्मर खरिद गरेको भेटिएको छ।
सम्झौता शर्त विपरित अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भए सरह भुक्तानी भएको, वास्तविक रुपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने सामान खरिद भएको भेटिएको हो। प्रिन्टिङ प्रेसलाई चाहिने भन्दा बढी तयारी देखाइ अनेक शीर्षकमा खर्च गरेको प्रमाणपछि मुद्दा ठहर भएको हो।
यही प्रेस खरिदको चर्चा चलिरहेकै बेला २०७६ साल फागुन ८ मा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनु परेको थियो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनबारे कुराकानीको अडियो सार्वजनिक भएको थियो। एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए। मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गरेको थियो। लागत बढाउन अनेक उपायमा प्रेस ल्याउनु अघि जेनरेटरलगायतका नचाहिने प्राविधिक सामान किन्ने बहानामा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।
दुवै ठेक्कामा लागत अनुमान, सामानको गुणस्तर, बढी भुक्तानी, शर्त विपरितको फरक देशवाट सामान खरिद भएको अख्तियारको आरोपपत्रमा ठहर छ। अख्तियारले खर्चको औचित्य बेगरको खरिद गरी छुट्टाछुट्टै ५ वटा शीर्षकमा खरिद गरिएको अख्तियारले भेटाएको हो।
‘प्रतिवादीहरुको संलग्नतामा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गरिएको, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद सम्झौता विपरित स्वीकार गरिएको, सम्झौताभन्दा फरक देशबाट उत्पादित जेनेरेटर स्वीकार गरी भुक्तानी गरिएको, खरिद सम्झौता बमोजिम कामै नगरी अग्रीम बढी भुक्तानी दिइएको, आवश्यकतै नरहेको बक फ्युल ट्यांक सिस्टम खरिद गरिएको’ भेटिएको हो। ठेक्काको समयमा व्यवसायमा असंलग्न फर्महरूबाट समेत कोटेसन संकलन गरिएको थियो। ती फर्महरू सुरक्षण मुद्रण केन्द्रमा सूचीकृत समेत नभएको भेटिएका थिए।
संकलित कोटेशन कोरिया, टर्कीका उत्पादनकर्ता, परामर्शस्वरुप दर्ता भएका फर्महरुबाट कोटेशन लिएको देखिएको हो। औसत दररेट प्रयोग गरी कायम गरेको लागत मूल्य बिनियोजित बजेट हाराहारीमै रहेको पाइएको र ठेक्कामा कायम गरिएको लागत अनुमान पूर्व नियोजित, बदनियत भएको अख्तियारको दाबी थियो।