करणी, बालयौन दुर्व्यवहार र बेचबिखनका मुद्दामा पीडित बढी होस्टाइल
३० साउन २०८१
•
३ मिनेट पाठ
करणी, बालयौन दुर्व्यवहार र बेचबिखनका मुद्दामा पीडित बढी होस्टाइल
चितवनको इलाका प्रहरी कार्यालय खैहरनीमा २०७६ जेठ २ गते एक युवतीले आफू बेचिएको भन्दै लिखित उजुरी दिइन्। प्रहरीले आफ्नो अनुसन्धान सकेपछि दुई जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा बुझायो।




सरकारी वकिल कार्यालयसँगको बयानमा ती युवतीले भनेकी छिन् ‘२०७५ चैत्र ७ गते नागरिकताको फोटो परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय भरतपुर जान लागेकी थिएँ। घर नजिकैको दिदीले हेटौँडामा कृष्ण (नाम परिवर्तन)ले पैसा पठाइदिएको छ। आफूलाई सन्चो नभएको भन्दै मलाई ल्याइदिन भन्नुभयो। मैले उहाँको आग्रहलाई नकार्न सकिन्।  हेटौँडा बसपार्क पुगेपछि ती व्यक्तिले बेहोस बनाउने औषधी राखेको पेय पदार्थ खान दिएछन्। मलाई उनले भारतको राँचि पुस¥याएछन्। त्यहाँ घरबाट पैसा मगाऊ नभए कोठीमा बेचिदिन्छु भन्दै धम्काउने र चरम यातना दिए। मैले लुकेर घरमा फोन गरेँ । मलाई पछि थ्रि एञ्जल संस्थाले उद्गार गरेर नेपाल ल्यायो।’

यही बकपत्रलाई आधार मानेर सरकारी वकिल कार्यालयले २०७८ बैशाख १९ गते जिल्ला अदालत चितवनमा मुद्दा दर्ता ग¥यो। तर, उनै युवतीले अदालत पुगेपछि बयान फेरिन्। उनले ती व्यक्तिसँग प्रेम सम्बन्ध रहेको समेत बताएकी छिन्।  उनले घरबाट निस्केर आफू वीरगञ्ज आएपछि प्रतिवादीलाई फोन गरी बोलाएको बताएकी छिन्। ‘म सँग आउनु भएन भने यही मर्छु समेत भने। उहाँले धेरै सम्झाउनुभएको थियो। दाइले घर पुर्‍याइदिन्छु भन्दा जबरजस्ती गएकी हुँ। दोष मैरै हो’, उनले अदालतको बकपत्रमा भनेकी छिन्। यसलाई आधार बनाएर जिल्ला न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले अभियोग दाबी नपुग्ने फैसला सुनायो।

रत्ननगर नगरपालिकाकी एक किशोरीले प्रहरीमा आफू जवरवस्ती करणीमा परेको उजुरी दिइन्। सरकारी वकिल कार्यालयले किशोरीको बयान सहित जिल्ला अदालतमा २०७९ साल असोज ३१ गते मुद्दा दर्ता समेत ग¥यो। किशोरीले पनि अदालतमा बयान फेरिन। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले छ पटकको पेशीपछि २०८० भदौ ३ गते मुद्दाको दाबी नपुग्ने फैसला ग¥यो। थुनामा रहेका प्रतिवादी एक बर्रपछि रिहा भए। नारायणगढमा भएको बाल यौन दुर्व्यवहारको घटनामा पनि पीडित बालबालिकाले बयान फेरेका छन्। सोही आधारमा पीडकले छुट्करा पाउँदै आएका छन्।

सरकारी वकिल कार्यालयका अनुसार, जबरजस्ती करणी, बालयौन दुर्व्यवहार र मानव बेचबिखनका मुद्दामा होस्टाइल हुने क्रम बढी छ। ‘मानिसहरु घटना घटेपछि जाहेरी हाल्छन्। हामीसँग बकपत्रमा एउटा कुरा उल्लेख गर्दछन्। अदालतमा अर्को बयान दिन्छन्,’ जिल्ला न्याधिवक्ता शान्तिप्रसाद लुइँटेलले भने ‘३० प्रतिशत मुद्दा त होस्टाइल नै भएको देखिन्छ।’ गएको वर्ष जबरजस्ती करणीका ३१ मुद्दा मध्ये १५ वटा मुद्दा मात्र जाहेरी वालाको पक्षमा फैसला भएको छ। बाँकी १६ वटा मुद्दामा अदालतले दाबी नपुगेको फैसला गरेको छ।

सरकारी वकिल कार्यालयले जाहेरी परेपछि अभियोग बनाएर अदालत पेश गर्ने गर्दछ। ‘पीडितहरूको अदालतमा बक पत्र हुन्छ। सरकारी कार्यालयमा एक खालको जाहेरी हाल्छन्। अदालतमा गएपछि होस्टाइल हुन्छन्,‘ लुइँटेलले भने‘उनीहरुले त्यहाँ हाम्रो भाषा त्यो थिएन। पुलिसले लेखिदिएछ भन्ने हुन्छ। अर्को तर्फ हामी बिक्रीमा परेका होइनौँ हामीलाई जबरजस्ती करणी भएको छैन भन्छन्।’ 

पीडितले अदालतमा गएर बयान फेर्नुमा आर्थिक तथा सामाजिक कारण समेत रहेको उनले बताए।  न्याय सम्पादन छिटो नहुँदा समेत पीडितहरूले बयान फेर्न बाध्य हुने उनले बताए।

पीडितहरूले होस्टाइल हुँदै गएपछि सरकारी वकिल कार्यालयबाट दर्ता भएका मुद्दाहरू सफल हुने क्रम घट्दै गएको छ। आर्थिक वर्ष २०८०/०८१मा फैसला भएका सात सय ३९ मुद्दामध्ये तीन सय ८ मुद्दा मात्र सफल भएका छन्। बाँकी दुई सय १० मुद्दा सफल नभएपछि पुनरावेदनका लागि हेटौँडा पुगेका छन्।

जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले हेर्ने फौजदारी मुद्दा एक हजार एक सय ३१ वटा मुद्दा दर्ता भएका थिए। समग्रमा पीडितले अदालतमा बयान फेर्दा मुद्दा सफल हुनमा ३० प्रतिशत असर गरेको उनले बताए। जबरजस्ती करणी उद्योगमा जिल्लाबाट पेश भएका तीन वटै मुद्दा असफल भएका छन्।

त्यस्तै हाड नाता करणीमा दुई वटा मुद्दा मध्ये एक वटा सफल भएको छ। मानव बेचबिखन सम्बन्धी तीन वटा मुद्दामा तीन वटै मुद्दा असफल भएका छन्। बाल यौन दुव्र्यबहारका १७ मुद्दा मध्ये ८ वटा सफल भएका छन्। 
अर्को समाचार
प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार विकल पौडेलसहित ४ जना दोषी ठहर, ५ जनालाई सफाई
०९ जेष्ठ २०८१
•
५ मिनेट पाठ
प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार विकल पौडेलसहित ४ जना दोषी ठहर, ५ जनालाई सफाई
विशेष अदालतले सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणमा कार्यकारी निर्देशक विकल पौडेलसहित ४ जनालाई दोषी ठहराउँदै ५ जनालाई सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले सामान खरिदमा मंगलबार अनियमितता ठहराएको हो। 




अदालतले प्रिन्टिङ प्रेस खरिद प्रकरणमा पौडेललाई २५ करोड ४७ लाख बिगो र सोही बमोजिमको जरिवानासहित २ वर्ष कैद ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललगायत ९ जनाविरुद्ध करिब ७० करोडको बिगो माग गर्दै विशेष अदालतमा २०८० वैशाख ३ मा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। 

यस मुद्दामा अदालतले ४ जनालाई दोषी ठहर गरेको छ भने ५ जनालाई सफाई दिने फैसला गरेको हो। मुद्दा दर्ता भएको एक वर्षमै विशेष अदालतले मुद्दा फैसला गरेको हो। २०७६ सालमा निकै चर्चामा आएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले पौडेललाई ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो, हदैसम्मको कैद, बिगो बमोजिम जरिवानासमेत असुल उपर गरी सजाय मागदाबी गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा तत्कालीन प्रतिनिधि मुद्दा दर्ताको समयमा वन तथा वातावरण मन्त्रालयका सीडीई नविनकुमार पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार जरिवाना र बिगो बराबरको रकम असुल हुनेगरी अदालतले फैसला गरेको छ। पोखरेलको हकमा अख्तियारले ४९ करोड ४६ लाख ३५ हजार ९४५ रुपैयाँ बिगोबमोजिम जरिवाना, सजाय हुन मागदाबी लिइएको थियो। मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानलाई पनि दोषी ठहर गर्दै ५ करोड ८४ लाख ५५ हजार रुपैयाँ जरिवाना र सोही बमोजिम बिगो तोकिएको छ।

अख्तियारले प्रधानको हकमा २३ करोड ४४ लाख ९६ हजार ९२१ रुपैयाँ बिगोसहित सजाय मागदाबी गरिएको थियो। त्यसैगरी विल्डिंग सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनलाई ५ करोड ७९ लाख ६२ हजार रुपैयाँ जरिवाना र सोही बमोजिम बिगो ठहर भएको छ। 

उनको हकमा अख्तियारले ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ बिगोसहित सजाय मागदाबी लिइएको थियो। सेक्युरिटी प्रिन्टिङ प्रेस र फ्युल स्टोरेज टयांक खरिदमा ठेकेदारसँग मिलेर कमिसन लिएर दुईवटा ठेक्का सम्झौता गरी भुक्तानी गरी अनियमितता गरेको अख्तियारको आरोप थियो। 

अदालतले सम्झौताविपरित गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद गरेको प्रमाणबाट पुष्टि भएको संक्षिप्त फैसलामा उल्लेख गरेको छ। त्यस्तै सम्झौताको शर्तविपरित तोकिएको देशबाट जेनेरेटर सेट खरिद नगरी फरक मुलुकमा बनेको जेनेटर सेट खरिद गरी भुक्तानी दिएको अदालतको ठहर छ।

‘फिडरलाइनको पूर्वाधारसमेत तयार भई विद्युत लाइन जडान गर्ने कार्य मात्रै बाँकी रहेको अवस्थामा औचित्य र आवश्यकता नै नरहेको ३ लाख लिटर क्षमताको बक फ्यूल ट्याङ्क सिस्टम खरिद तथा निर्माण गरी अनावश्यक रुपमा खर्च गरेको देखिन्छ,’ विशेष अदालतको संक्षिप्त फैसलामा भनिएको छ, ‘यसबाट प्रतिवादीले सरकारी सम्पत्तिको गैरकानुनी रुपमा हानी नोक्सानी पुराई भ्रष्टाचारजन्य कार्य गरेको देखिन आयो।’ प्रिन्टिङ प्रेस खरिद गर्नु अघि नै विभिन्न बहानामा अस्वभाविक लागत अनुमान तयार गरी भुक्तानी गरिएको भेटिएको थियो। 

सार्वजनिक खरिद ऐन, नियमावली विपरित सुरक्षण मुद्रण केन्द्रले लागत अनुमान तयार गर्दा कानुन विपरित अस्वभाविक बढी खर्च हुनेगरी ठेक्का लागत अनुमान तयार गरी कोटेसन लिइएको भेटिएको हो। गुणस्तरहिन ट्रान्सफर्मर खरिद गरेको भेटिएको छ।

सम्झौता शर्त विपरित अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भए सरह भुक्तानी भएको, वास्तविक रुपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने सामान खरिद भएको भेटिएको हो। प्रिन्टिङ प्रेसलाई चाहिने भन्दा बढी तयारी देखाइ अनेक शीर्षकमा खर्च गरेको प्रमाणपछि मुद्दा ठहर भएको हो।

यही प्रेस खरिदको चर्चा चलिरहेकै बेला २०७६ साल फागुन ८ मा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिनु परेको थियो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनबारे कुराकानीको अडियो सार्वजनिक भएको थियो। एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिएका थिए। मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गरेको थियो। लागत बढाउन अनेक उपायमा प्रेस ल्याउनु अघि जेनरेटरलगायतका नचाहिने प्राविधिक सामान किन्ने बहानामा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

दुवै ठेक्कामा लागत अनुमान, सामानको गुणस्तर, बढी भुक्तानी, शर्त विपरितको फरक देशवाट सामान खरिद भएको अख्तियारको आरोपपत्रमा ठहर छ। अख्तियारले खर्चको औचित्य बेगरको खरिद गरी छुट्टाछुट्टै ५ वटा शीर्षकमा खरिद गरिएको अख्तियारले भेटाएको हो।

‘प्रतिवादीहरुको संलग्नतामा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गरिएको, गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर खरिद सम्झौता विपरित स्वीकार गरिएको, सम्झौताभन्दा फरक देशबाट उत्पादित जेनेरेटर स्वीकार गरी भुक्तानी गरिएको, खरिद सम्झौता बमोजिम कामै नगरी अग्रीम बढी भुक्तानी दिइएको, आवश्यकतै नरहेको बक फ्युल ट्यांक सिस्टम खरिद गरिएको’ भेटिएको हो। ठेक्काको समयमा व्यवसायमा असंलग्न फर्महरूबाट समेत कोटेसन संकलन गरिएको थियो। ती फर्महरू सुरक्षण मुद्रण केन्द्रमा सूचीकृत समेत नभएको भेटिएका थिए। 

संकलित कोटेशन कोरिया, टर्कीका उत्पादनकर्ता, परामर्शस्वरुप दर्ता भएका फर्महरुबाट कोटेशन लिएको देखिएको हो। औसत दररेट प्रयोग गरी कायम गरेको लागत मूल्य बिनियोजित बजेट हाराहारीमै रहेको पाइएको र ठेक्कामा कायम गरिएको लागत अनुमान पूर्व नियोजित, बदनियत भएको अख्तियारको दाबी थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस