लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा
२३ फागुन २०८०
•
४ मिनेट पाठ
लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आजदेखि लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ।




आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले संवैधानिक निकायमध्ये लामो इतिहास बोकेको आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवद्र्धन र संवद्र्धन गर्न र मातहतका कार्यालयमा आवश्यकताअनुसार समन्वय, सहकार्य र सहजीकरण गरी आपसी कार्यगत सम्बन्ध एवं समन्वयलाई कार्यरुप दिन राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिए।

आयोगले सङ्घीय कानुनबमोजिम अपनाएको सिद्धान्त र मापदण्डलाई अवलम्बन गर्दै आएको जनाउँदै अध्यक्ष रेग्मीले भने, ‘यसले विभिन्न सेवाका लागि उपयुक्त उम्मेदवार छनोटका लागि सञ्चालन गरिने परीक्षाको किसिम, पाठ्यक्रम तर्जुमा, परीक्षण विधि निर्धारण, विज्ञको छनोट, प्रश्नपत्र निर्माण तथा परिमार्जन, परीक्षा सञ्चालन, उत्तरपुस्तिकाको संकेत नम्बरको प्रयोग, परीक्षण, अन्तरवार्ता सञ्चालन, नतिजा प्रकाशन र सिफारिसलगायतका कामकारबाही तोकिएको अभ्यास, विधि र मापदण्डअनुसार गर्दै आएको छ।’

आयोगको मूल्य, मान्यता, सिद्धान्त, मापदण्ड, विधि र प्रविधिको पूर्णतः अनुसरण र समयानुकूल परिस्कृत गर्दै लैजान तथा राजनीतिक, सामाजिक र व्यक्तिगत सम्बन्धका आधारमा पर्न सक्ने प्रभाव, दबाब र आग्रहबाट मुक्त भई निष्पक्ष भर्ना र छनोटद्वारा राज्यको सेवामा वर्तमान र भावी चुनौतीको सामना गरी राज्यलाई निकास दिन सक्ने योग्य जनशक्ति प्रवेश गराउने साझा उद्देश्यका साथ आयोग अगाडि बढेको रेग्मीले दाबी गरे।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको आपसी सहकार्य र समन्वयअनुसार काम हुँदै आएको जनाउँदै अध्यक्ष रेग्मीले विसं २०७२ को राज्य पुनर्संरचनापछि प्रदेश सरकारअन्तर्गतका सोही कार्य क्षेत्रका कार्यसम्पादन गर्ने गरी सातै प्रदेशमा लोक सेवा आयोग गठन भई क्रियाशील रहेको जानकारी दिए। कर्मचारीको भर्नाको उत्कृष्ट केन्द्र बनाउनका लागि संघीय र प्रदेश लोक सेवा आयोगबीच प्रभावकारी सहकार्य र समन्वय हुन आवश्यक रहेको उनको भनाइ छ।

आयोगका सदस्य वीरबहादुर राईले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढीमा विसं २०७९ फागुन १९–२० गते सम्पन्न तेस्रो सम्मेलनबाट पाँचबुँदे घोषणापत्र र दशबुँदे निर्णय जारी गरिएको बताए। सम्मेलनबाट भएका अधिकांश निर्णय कार्यान्वयनको चरणमा गएका छन्’, उनले भने, ‘आयोगको कार्यसम्पादनमा निष्पक्षता र स्वच्छता कायम गर्न तथा यसको विश्वसनीयता बढाउँदै सात दशक लामो इतिहास बोकेको साख बचाउन निर्वाध अगाडि बढिरहेको छ।’

सुदूरपश्चिम लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहोराले गत वर्षको सम्मेलन उपलब्धिमूलक भएको जनाउँदै आयोगको स्थापनायता काम गर्न केही कठिनाइ पनि भएको जनाए। उनले अहिले ‘ओएमआर मेसिन’ ल्याएर परीक्षा प्रणाली सुरु गरिएको अवगत गराए।

आयोगको कर्णाली प्रदेशका अध्यक्ष रामप्रसाद उपाध्यायले आयोगको साखलाई आत्मसात गरेर अगाडि बढिरहेको बताए। उनले सम्मेलनबाट प्राप्त मार्गनिर्देशन र अनुभवबाट काम गर्ने ऊर्जा मिलेको जनाए।

लुम्बिनी प्रदेशका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले आयोगबाट पूर्णरुपमा सद्भाव पाएको र यो निरन्तर रहने विश्वास व्यक्त गरे। प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड २०७५ अनुसार अगाडि बढेको बताउँदै उनले ऐन नबनिसकेकाले अपेक्षित कार्य हुन नसकेको जनाए।

आयोगको गण्डकी प्रदेशका अध्यक्ष विष्ण्ुाप्रसाद नेपालले आयोगले बोकेको इतिहासमाथि कहींकतै टिप्पणी नहुने गरी अगाडि बढेको भन्दै यसले नागरिकको विश्वास जित्न सफल भएको जिकिर गरे।

बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगको केन्द्रीय कार्यालयबाट आवश्यक समन्वय भइरहेको बताए। आयोगको मूल्य र मान्यता अनुसार चौथोदेखि ११औँ तहसम्म विज्ञापन गरेर पदपूर्ति हुँदै आएको उनको भनाइ छ।

लोक सेवा आयोग कोशी प्रदेशका सदस्य सजना दाहालले निजामती सेवा ऐन आउन नसक्दा तल्लो तहका कर्मचारीको व्यवस्थापनमा समस्या आएको टिप्पणी गरे। पछिल्लो समयमा प्रतिभा पलायनको समस्या बढिरहेको जनाउँदै उनले उत्कृष्ट विद्यार्थी पनि निजामती सेवामा प्रवेश गराउन आकर्षण बढाउनुपर्नेमा जोड दिए।

कर्णाली प्रदेश सरकारका कायममुकायम सचिव चुडामणि पौडेलले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि लोक सेवा आयोगले सबै नेपालीको विश्वास जितेर अक्षुण्णरुपमा अगाडि बढिरहेको जनाए।

प्रदेश लोक सेवा आयोगले पनि आफ्नो विश्वसनीयता कायम गर्दै गएको जनाउँदै उनले आयोगका अभ्यासमा एकरुपता कायम गरी पाठ्यक्रम, विषयवस्तु र परीक्षा प्रणालीलाई समयसापेक्ष परिमार्जित गर्दै लैजानुपर्ने सुझाव दिए। सम्मेलन दुई दिनसम्म सञ्चालन हुने छ। –रासस
अर्को समाचार
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
१८ वैशाख २०८१
•
१ मिनेट पाठ
कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ
कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।




माओवादीबाट ३ जना र एमालेबाट २ जना सांसदले शपथग्रहण गरेका छन्। एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मुख्यमन्त्रीबाट नाम सिफारिस भएका सांसद विनोद कुमार शाहले शपथग्रहण बहिष्कार गरेका छन्। उनीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा इच्छा राखेको एमाले निकट श्रोतले जनाएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएसँगै मन्त्रीमा नियुक्त भएकाहरूमा माआवोदीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतले शपथ खाएका छन्।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भौतिक  पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गोमता विकले शपथ खाएका छन्। यसअघि माओवादीबाट विनाविभागिय मन्त्री शपथ खाएका रनसिंह परिवार जलश्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस