बैतडीको सिगास गाउँपालिका वडा १ कार्यालयमा तालाबन्दी गरिएको छ। दुदिलाखान–गाँजरी–कुर्चेनेटा सडक संघर्ष समितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो।
सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणका विषयमा ठोस पहल नभएको भन्दै तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक पवन चन्दले बताए। समितिले वडा १ का स्थानीयहरुलाई गाउँपालिकाको केन्द्र गर्जे पुग्न समस्या भएको भन्दै दुदिलाखान–गाँजरी–कुर्चेनटा सडक निर्माण प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै विभिन्न संघर्षका कार्यक्रम गर्दै आएको छ।
उनीहरुले फागुन ८ गते बिहानैदेखि दुदिलाखान– गाँजरी र बिन्द्रावन– वडा कार्यालय जोड्ने सडक पूर्ण अवरुद्ध पारेका छन्। त्यसलगत्तै फागुन ९ गते जिल्लाबाट प्राविधिक टोली स्थलगत अनुगमनका लागि गएको थियो।
संघर्ष समितिले जान नदिएको भन्दै प्राविधिक टोली दुदिलाखानबाट फर्किएको थियो। तर संघर्ष समितिले भने सडक बन्द भएकाले गाडीसहित जान नमिल्ने र पैदल जान आग्रह गरे पनि प्राविधिक टोली फर्किएको बताएको छ। सडक निर्माणका विषयमा कुनै ठोस पहल नभएकाले फेरि सडक अवरुद्धसँगै वडा कार्यालयमा ताला लगाउन बाध्य भएको संघर्ष समितिले जनाएको छ।
दुदिलाखान गाँजरी धौलाडी काठा हुँदै गर्जे पुग्ने सडक पहिले अघि बढ्नुपर्ने सिगास गाउँपालिका २ का केही स्थानीयको माग छ भने दुवै सडक सँगै अघि बढ्नुपर्ने संघर्ष समितिले अडान राख्दै आएको छ।
यसअघि पनि सडक निर्माणका माग राख्दै पटकपटक विभिन्न विरोधका कार्यक्रम गर्दै आएको संघर्ष समितिले जनाएको छ।

.jpg)