वीरेन्द्रनगरमा अवैध संरचना भत्काईदैं
१८ माघ २०८०
•
१ मिनेट पाठ
वीरेन्द्रनगरमा अवैध संरचना भत्काईदैं
सुर्खेत नगर विकास समितिको जग्गामा वर्षैदेखि पहुँचको भरमा बनाइएका संरचना भत्काइने भएको छ। पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने भएको हो।




समितिले ३५ दिनभित्र हटाउन अन्तिम पटकका लागि भनेर सूचना निकालेको छ। सुर्खेत उपत्यका नगर विकास समितिको जग्गा वर्षैदेखि अवैध भोग चलन गर्दै आएका थिए। नगर विकास समितिसँग सस्तोमा भाँडा लिएर व्यवसायीहरूले संरचना बनाएर लाखौँ रकम भाँडा असुल्ने गरेका थिए । नगर विकास समिति आफ्नो जग्गा प्राप्तिको लागि कडा देखिएपछि व्यवसायीहरू फेरी पावरको खेलमा लागेका छन्।

तोकिएको समयावधि भित्र पनि संरचना नभत्काई अटेर गरी बसेमा प्रचलित ऐन, कानुन, नियम र समितिको निर्णयअनुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट व्यहोर्ने गरी संरचना भत्काई जग्गा खाली गराउन समिति बाध्य हुने ब्यहोराको सूचना प्रकाशित गरिएको छ। सुर्खेत नगर विकास समितिको पुस १८ गते बसेको बैठकको निर्णयअनुसार वीरेन्द्रनगर नगरपालिका– ६, गोदाम क्षेत्र, साल्ट ट्रेडिङ्गदेखी उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखी पूर्व उत्तर तर्फ घण्टाघरदेखि दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालयदेखि पश्चिमतर्फका स्थानहरूमा रहेका सबै अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरू हटाउने भएको हो। समितिको जग्गामा सयौँ संरचना बनेका छन्।

नगर विकासको सम्पत्ति संरक्षणका लागि लामो समयपछि यो पहल गरिएको हो। व्यवसायीले एउटा कामको लागि जग्गा लिएर अर्को व्यवसाय गरेर लाखौँ रकम कुम्ल्याउने गरेका छन्। पक्की संरचनासमेत बनाएर लाखौँ रकम भाँडा असुलिरहेको छ। तर, नगर विकास समितिलाई भाँडा समेत दिएका छैनन्। सबै ब्यवसायीसंग नगर विकास समितिले गरेको सम्झौताको म्याद सकिएको वर्षै भएपनि व्यवसायीहरू दादागिरी शैलीमा जग्गा छोड्न मानेका छैनन्। 
अर्को समाचार
इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै
२७ मंसिर २०७९
•
२ मिनेट पाठ
इटहरीमा खोला मिचेर बनाइएको अवैध संरचना हटाइँदै
इटहरीका मेयर हेमकर्ण पौडेल नेतृत्व टोली अवैध संरचनाको अनुगमन गर्दै। तस्बिर: नागरिक
बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। ठूलो पानी पर्दा त इटहरीमा भयावह स्थिती सिर्जना हुने खतरा रहन्छ। जसले गर्दा हरेक बर्खाको बेला खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउँन इटहरी उप–महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेको छ।




मुख्य बजार क्षेत्रसँगै खोला तथा पैनी मिचेर निर्माण गरिएको अवैध संरचना हटाउन सुरु गरेको हो। मेयर हेमकर्ण पौडेलका अनुसार दुईवटा निर्माणधिन अवैध संरचना हटाउन सात दिन भित्र निर्देशन दिइएको छ। मेयर पौडेल नेतृत्व टोलीले  इटहरी वडा नं. ७ की आशा साह र इटहरी वडा नं. १० का पदम दर्नालले पैनीको जग्गामा बनाउँदै गरेका घर निर्माण रोकेको छ। इटहरी वडा नं. ६ का सुदिप दाहालको पैनी माथि बनाएको संरचना पनि भत्काइएको छ। लामो समयदेखि संरचना मुनि पैनी कुदिरहेकोले सहमतिमै भत्काउन लगाएको वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेलले बताए।

इटहरी उपमहानगरपालिकाले मंगलबार २० वडामा निर्माण भएको संरचना हटाउन निर्देशन जारी गरेको छ। निजी जग्गाबाहेक बाटो पैनी, खोलाको जग्गा नहड्प्न र हडपेर बसेकाहरुले तत्काल छोड्न निर्देशन जारी गरेको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्धारा जारी सूचनामा उपमहानगरको सूचनालाई बेवस्ता गरे कारबाही प्रक्रिया अगाडि बढ्ने चेतावनी दिएको छ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र  १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।

इटहरीमा २०७४ र २०७८ कात्र्तिक बाहेक २०४३ सालमा आएको बाढीले टेङ्ग्रा खोलाको सतह पुरि दिएको थियो। त्यसबाट साविक इटहरी १, ४ र ८ नं. वडाको भू–भागको जमिन कम्तिमा १० फुटसम्म डुवानमा परेको थियो। यस्तै, २०५३ सालमा आएको बाढीले पुनः इटहरी क्षेत्र डुबान गरेको थियो। त्यति बेला पनि इटहरीमा दुई फुुटसम्म जमिन पाङे माटोले पुरेको थियो। विसं २०७० भदौ २१ गते इटहरी क्षेत्रमा पानी परेन्। तर, त्यस दिन इटहरीका मानववस्तीमा बाढी प्रवेश गरेको थियो।

२०४० को दशकमा इटहरीको भूगोलमा मानववस्ती पातलो थियो। यहाँको सम्पूर्ण जमिन खेतीमा प्रयोग हुन्थे। जताततै खोला पैनी वा पानी बग्ने निकाशका ठाउँहरु खुला थिए। जसले गर्दा सहजै पानी निकास हुने गथ्र्याे।

जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दिर्घकालीन योजना बनाएर सदाँका लागि तटबन्ध नलगाउनु जस्ता कारणले पनि इटहरीका बासीन्दा पीडित हुँदै आएका छन्। 
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस