विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट
१३ माघ २०८०
•
४ मिनेट पाठ
विमानस्थलमा कर्मचारी–प्रहरी कुटाकुट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारी र सुरक्षामा खटिएका प्रहरीबीच शुक्रबार कुटाकुट भएको छ। अन्तर्राष्ट्रिय ‘डिपार्चर’ क्षेत्रमा पुगेका अध्यागमन कर्मचारीलाई ‘स्टेराइल जोन’मा जाँच गर्ने/नगर्ने विषयमा विवाद हुँदा अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट भएको हो। यस विषयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विमानस्थल सुरक्षा कार्यालयले एकअर्कालाई दोषारोपण गरिरहेका छन्।




अध्यागमन कार्यालयका कर्मचारी आफूमाथि प्रहरीले कुटपिट गरेको भन्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर दोषी प्रहरीमाथि कारबाहीको माग राखेका छन्। गृह मन्त्रालयले घटना छानबिनका लागि समिति गठन गरेको छ।

यसरी भयो घटना

अध्यागमन कार्यालयका अनुसार अध्यागमन अधिकृत छायालाल मोक्तान विमानस्थलको ‘अराइभल’ क्षेत्रबाट लुगा परिवर्तन गर्न डिपार्चरतिर गएका थिए। उनीसँगै अन्य तीनजना कर्मचारी पनि गएको अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताए। त्यसक्रममा ‘मेटल डिटेक्टर’ भएको स्थानमा प्रहरीले जाँचका क्रममा अभद्र व्यवहार गरेपछि घटना भएको हमालले बताए।

‘ड्युटी चेन्ज हुँदा सधैं अराइभल क्षेत्रबाट डिपार्चरमा गएर कपडा फेर्नुपर्छ। त्यसैले सधैजसो ओहोरदोहोर भइरहन्छ,’ अध्यागमन प्रमुख हमाल भन्छन्, ‘यसरी ओहोरदोहोर गर्दा प्रहरीले कहिले जाँच गर्छ, कहिले गर्दैन। फेरि अध्यागमनका कर्मचारीलाई जाँच गरे पनि प्रहरीले आफ्नै कर्मचारीलाई भने गर्दैन। उहाँ (मोक्तान) ले त्यही कुरा उठाउँदा प्रहरीले अभद्र व्यवहार गर्‍यो।’

त्यहाँ विवाद भइरहँदा नजिक रहेका थप पाँच जवान पनि आएर अध्यागमन अधिकृत मोक्तानमाथि रगताम्य हुनेगरी कुटपिट गरेको अध्यागमन प्रमुख हमालले दाबी गरे।
त्यसपछि घटनाबारे सत्यतथ्य बुझ्न आफूसहित कर्मचारी सिसिटिभी रेकर्ड शाखामा पुगेको अध्यागमन प्रमुख हमालले बताए। ‘त्यहाँ पुग्दा प्रहरी कर्मचारीहरूले सहयोग गर्नुको साटो उल्टै विवाद झिके। त्यहाँ पनि मोक्तानजीमाथि हातपात भयो। मलाई पनि कहाँबाट हानेको लात्ती लागेको छ,’ उनले भने।

प्रहरीले भने ड्युटीमा रहेको प्रहरीमाथि पहिले अध्यागमन कर्मचारीबाटै हातपात भएको दाबी गरेको छ। ‘त्यो घटना स्टेराइल जोनमा भएको हो। जहाँ प्रहरीले जोकोही भए पनि जाँच गर्छ। अहिले त मेटल डिटेक्टरले बडीसमेत जाँच गर्ने भनिएको छ,’ विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दीपशमशेर राणाले भने, ‘ड्युटीमा बस्नेले त्यसो गर्न खोज्दा अध्यागमन कर्मचारीबाट मलाई किन जाँच गरिस् भनेर आक्रमण गर्दा प्रतिरक्षा मात्रै गर्न खोजेको देखिन्छ।

’त्यसपछि अध्यागमन प्रमुख हमालसहितको टोली सिसिटिभी जाँच गर्ने भन्दै आएको एसएसपी राणाले बताए। उनले भने, ‘त्यहाँ पनि एकदुईजना नभई १५/२० जनाको हुलमूल ल्याउनुभएछ। शान्तिपूर्वक सिसिटिभी हेर्नुको साटो त्यहाँ पनि होहल्ला, चर्काचर्की गर्दै ड्युटीमाथि खनिन थाल्नुभयो। सिसिटिभी फुटेजमै क्षति हुने अवस्था आएपछि प्रहरीले थोरै बल प्रयोग गरेको हो।’ 

सिसिटिभीमै हेर्दा पनि अध्यागमन कार्यालयका अधिकारीले प्रहरीमाथि पहिला हातपात र दुव्र्यवहार गरेको देखिने एसएसपी राणाले बताए। ‘ड्युटीमा बस्नेलाई जाँच नगर भन्ने हो भने एउटा कुरा, नत्र ड्युटी गर्न खोज्दा हातपात भयो। त्यसैको प्रतिरक्षा गरेको मात्रै देखिन्छ,’ उनले भने।
अध्यागमन कार्यालयका प्रमुख हमाल भने कर्मचारीले प्रहरीमाथि पहिले हातपात गर्ने कुरा सोच्न पनि नसकिने बताउँछन्। उनले भने, ‘वाहियात कुुरा हो, निजामती कर्मचारीले प्रहरीमाथि आक्रमण गर्ने कुरै आउँदैन। सिसिटिभीले नै त्यो कुरा देखाइहाल्छ नि !’

यो घटनालाई सामान्य रूपमा लिन नसकिने उनी बताउँछन्। ‘यो त सरासर प्रहरीको ज्यादती हो, अत्याचार हो। प्रहरीले आफू हाबी हुन र निजामती क्षेत्रलाई कमजोर पार्न भनेर यो आक्रमण गरेको हो,’ हमालले भने।

आफूहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर घटनाबारे जानकारी गराउँदै दोषी प्रहरी कर्मचारीलाई कारबाहीको माग गरेको हमालले बताए। उनले भने, ‘गृहमन्त्रीज्यूलाई भेटेर प्रस्ट कुरा राखेका छौं। उहाँले कारबाही गर्छौं भन्नुभएको छ।’

छानबिन समिति गठन

गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति सार्वजनिक गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको जानकारी दिएका छन्। समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखामा कार्यरत उपसचिव कुलबहादुर जिसी छन्। समितिलाई आवश्यक छानबिन गरी तीन दिनभित्र रायसहितको प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।
अर्को समाचार
मटा ज्वाइँको बाटो हेर्दै थिइन्, शव आइपुग्यो
२२ फागुन २०७८
•
३ मिनेट पाठ
मटा ज्वाइँको बाटो हेर्दै थिइन्, शव आइपुग्यो
वीरेन्द्रनगरकी कल्पना महताराले मंसिर ७ गते भागेर कालिकोटका कृष्ण हमालसँग विवाह गरिन्। कल्पनाकी आमा मटा र बुवा दानबहादुरले ज्वाइँको अनुहार देखेका थिएनन्। फोनमा भने कुराकानी हुन्थ्यो। शुक्रबार दिउँसो नेपालगञ्जबाट हिँड्नेबेला कृष्णले सासु–ससुरासँग फोनमा कुरा गरे। ‘राति सुर्खेत आइपुग्छु, भोलि (शनिबार) बिहान भेटेर कालिकोट जान्छु,’ कृष्णले फोनमा भनेको कुरा सम्झँदै मटाले भनिन्, ‘ज्वाइँलाई त भेटेँ, तर लास भइसक्नु भएको रहेछ।’




शनिबार विहान ज्वाइँ नआएपछि दानबहादुरले फोन सम्पर्क गर्न खोजे। मोबाइल अफ थियो। पौने १० बजेतिर ज्वाइँको नम्बरबाट फोन आयो। ‘तपाइँको आफन्त बेहोस् हुनुहुन्छ, सुर्खेत अस्पतालमा राखेका छौं,’ ज्वाइँ बेहोस अवस्थामा अस्पतालमा रहेको खबर पाउनेबित्तिकै दानबहादुर र मटा कोलडाँडाबाट अस्पताल आइपुगे। उनीहरू अस्पताल पुग्दासम्म कृष्णलाई डाक्टरले मृत घोषित गरिसकेका थिए।

तिलागुफा नगरपालिकाका कृष्णको नाममा पसल छ। उनी भे१क ९२२ नम्बरको मिनी ट्रकमा नेपालगञ्जबाट पसलका लागि आवश्यक सामान लोड गरेर कालिकोट जाँदै थिए। मिनी ट्रक सहचालक तिलक शाहीले चलाएका थिए। वीरेन्द्रनगर उपत्यका भित्रिने मुख्यनाका सुब्बाकुनामा प्रहरीले मिनी ट्रक जाँच गर्‍यो। चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र गाडीको कागजात फेला नपरेपछि सहचालक र कृष्णलाई कुटपिट गर्‍यो।

सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चोकपटक लागेको छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ। सहचालक शाहीले सुरुमा प्रहरीले आफूलाई कुटपिट गरेको बताए। ‘मलाई प्रहरीले कुटपिट गर्न थालेपछि उहाँ (कृष्ण)ले प्रतिकार गर्नुभयो,’ उनले भने, ‘त्यसपछि उहाँलाई ट्रकबाट ओरालेर प्रहरीले निर्घात् कुटपिट गर्‍यो ।’ शाहीले मोबाइल पनि प्रहरीले खोसेर लगेकाले आफन्तलाई फोन गर्न पनि नसकेको बताए।

छोराको मृत्युको खबर सुनेपछि कालिकोटमा रहेका उनका बुवा–आमा र श्रीमती आउँदैछन्। आफन्तहरूले लास बुझ्न मानेका छैनन्। प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाउँदै आफन्तले शनिबार दिनभर वीरेन्द्रनगरमा आन्दोलन गरे। केही प्रहरी बिट तोडफोड भए। प्रहरीको कुटाइबाट चारजना आन्दोलनकारी घाइते भएका छन्।

प्रहरीले घटनाबारेमा अनुसन्धान भइरहेको बताएको छ। ‘चालकले मदिरा सेवन गरेको र कागजात पनि नभएकाले ट्रकबाट झारेर अर्को ट्रकमा पठाएका थियौं, फेरि उनीहरू फर्केर गाडीमै सुतेछन्’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले भने, ‘शनिबार साढे आठ बजेतिर चालक बलबहादुर जिसीलाई गाडी बुझाएका हौं ।’ प्रहरीले सुब्बाकुनाबाट आएको गाडीले पेट्रोल पम्पमा तेल हालेर जुम्लारोडमा रहेको ओम बुद्ध ट्रेडिङमा समान लोड गरेको देखिएको बताएको छ। ‘त्यहीँ बेला कृष्ण एक्कासि बिरामी भएर अस्पताल पुर्‍याउँदै गर्दा बाटोमा मृत्यु भएको देखिन्छ,’ उनले भने, ‘घटना अनुसन्धानकै क्रममा रहेकाले अहिलेनै धेरै कुरा भन्न मिल्दैन।’

छानबिन समिति गठन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले घटना छानविनका लागि समिति गठन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो।  
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस