श्रम स्वीकृति दिएपछि पनि ठगी गर्छन् म्यानपावर
११ पौष २०८०
•
५ मिनेट पाठ
श्रम स्वीकृति दिएपछि पनि ठगी गर्छन् म्यानपावर
फाइल तस्वीर
वैदेशिक रोजगारीको चक्करमा रकम फसाउनेको दिनचर्या फेरि त्यसलाई कसरी उठाउने भन्नेमा व्यतित हुन्छ। श्रम स्वीकृतिसहित अन्य सबै कागजात बनाएर ठगी गर्ने म्यानपावरको फन्दामा पर्दा दुःख पाएकी ताप्लेजुङकी रूपा लिम्बूको कथा यस्तै दुःखदायी छ। रकम उठाएर म्यानपावर सञ्चालक बेपत्ता भएपछि आफू ठगिएको उनले थाहा पाएकी थिइन्।




‘१३ लाख भनेको थोरै रकम होइन,’ उनी भन्छिन्, ‘हामीले सुरुमै पैसा दिएका होइनौं। सरकारी निकायबाटै श्रम स्वीकृति प्राप्त भएको थियो। म्यानपावरले कागजात हातमा हालिदिएपछि हामीले परीक्षण गर्दा सबै सक्कली थियो। क्रोएसिया जाने दिन पक्कापक्की भएपछि सबै पैसा दिएका थियौं। म्यानपावर सञ्चालक सम्पर्कविहीन भएपछि आफू फसेको चाल पायौं।’

उनले भनिन्, ‘लहरो तान्दा पहरो गर्जियो। वैदेशिक रोजगार विभाग पुग्दा हामी जस्तै त्यही म्यानपावरविरुद्ध १४ जना ठगीमा परेको भन्दै उजुरी दिन आएका थिए। ती युवाहरूबाट पनि माल्टा क्रोएसिया र नेदरल्याण्डस्  पठाउने भन्दै १५ लाखभन्दा बढी रकम उठाएको थियो।’
वैदेशिक रोजगारीको चक्करमा फसेको १३ लाख रूपैयाँ उठाउन रूपा दैनिक भौतारिरहेकी छिन्। दुई वर्षअघि मुन ह्युम्यान रिसोर्स म्यानपावरबाट उनका भाइ वैदेशिक रोजगारीका निम्ति क्रोएसिया जाने चाँजो मिलेको थियो।

त्यही बेला उनले ऋण गरेर पैसा बुझाए पनि उनी जान पाएनन्। अहिले उनको एक मात्र उद्देश्य जसरी पनि त्यो पैसा उठाउने छ। तर, यसमा उनीहरूको आशा मरिसकेको छ।

म्यानपावर सञ्चालक दुई-तीन जना भए पनि पैसा निर्दोष सर्वसाधारण व्यक्तिको नाममा जम्मा गर्न लगाएका कारण अहिलेसम्म सञ्चालक पक्राउ पर्न नसकेको रूपाले बताइन्। चिनजानका आफन्तबाटै घर न घाट भएका छौं,’ उनले भनिन्, ‘पैसा खाने अरू छन्। तर, निर्दोष व्यक्ति पक्राउ परेको छ।’

सरकारी निकायबाट श्रम स्वीकृत भएसँगै अन्य प्रक्रिया सही छ भन्ने विश्वासमा परेर आफू ठगिएको रूपाले बताइन्।

म्यानपावर सञ्चालकले १३ लाख बुझाए क्रोएसियाबाट सिधैं पोर्चुगल पुग्ने आश्वासन दिएको थियो।

रूपा भन्छिन्, ‘मुन म्यानपावरविरुद्ध विभागमा उजुरी दिन जाने पहिलो पीडित हामी थियौं। केही दिनमै ताप्लेजुङकै दुईजना, रसुवा र अन्य जिल्लाका पनि थुप्रै थिए। यसरी विभाग पुग्दा सबैको कहानी सुन्दै जादा एउटा सिनेमा हेर्दैछु भन्ने भान हुन्थ्यो।’
अहिलेको समयमा कही पढेका, जान्ने, बुझ्ने र केही गर्छौ भनेर अगाडि बढेका मान्छेलाई सरकारी निकायबाट सूचीकृत म्यानपावरहरूकै मिलेमतोमा ठगी भएको रूपाले बताइन्।

‘मुन म्यानपावरले खटाएका कर्मचारीको बैंक खातामा पैसा हाल्दा सञ्चालकले पैसा लिएको कुनै तवरले देखिन्न। वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधीकरणसम्म पुग्दा पनि ठग्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सकेका छैनौं। अब सर्वोच्च अदालतमा जाँदैछौं,’ उनले भनिन्।

ठगीमा परेका भाइका तर्फबाट दिदी रूपा लड्दै छन्। भाइलाई भने उनले डल्स म्यानपावरद्वारा क्रोएसिया पठाइसकेकी छिन्। ‘हाम्रो लागि त्यो पैसा जीवन हो। भाइ विदेश पठाउने सपनामा पैसा कसरी फस्यो थाहा नै भएन। सपना जस्तै लाग्छ। घरको परिवार सबै दुःखमा थिए,’ रूपाले भनिन्, ‘सधै चिन्तामा परेर पनि हुन्न नि ! कोही त आटिलो भएर लडाउनेसँग लड्नुपर्‍यो। एक न एक दिन अवश्य जितिन्छ।’

उनैले भाइलाई आँट दिएर क्रोएसिया पठाएकी हुन्। भाइ क्रोएसिया पुगेको वर्ष दिन पुग्न लागेको छ। पुनः आठ लाख ऋण गरेर क्रोएसिया पुगेका रूपाका भाइले अहिले घरमा करिब लाख रूपैयाँ पठाउने गरेको छ।  

भाइ क्रोएसिया पुगेकोमा भने उनी खुसी छन्। पहिलो पटक भाइ बिदेसिन नपाएपछि परिवारमा ठूलो दुःख आइपरेको थियो। छोरा विदेश पुगे पनि लिम्बू परिवारमा अझै खुसी छाएको छैन। ऋण गरेर मुन म्यानपावरलाई बुझाएको पैसा उठ्ला कि नउठ्ला भन्ने ठूलो अन्योलमा रूपा परेकी छिन्।

युवाहरू विदेश गइरहेको एउटा लहरले लाखौं रूपैयाँ डुब्यो। त्यो पैसा उठाउन दिन प्रतिदिन न्यायको भिक माग्न हरेक निकायमा पुगेको रूपा बताउँछिन्।
जहाँ पनि आफ्नो मान्छे भयो भने काम हुने हो। सरकारी निकायमा पनि आफ्नै मानिस चाहिने रहेछ। आफू ठगीएको गुनासो लिएर विभाग जाँदा धेरै भनाई खाएको उनी बताउँछिन्।  

विभागका कर्मचारीले आफूलाई असहयोग गरेको उनले बताइन्। ‘पढेलेखेको र जुत्ता लगाएर आउनुभएको रहेछ, चप्पल पट्काएर आउनु भएको भए हामीले ठेगान लगाउथ्यौं,’ कर्मचारीले आफूलाई भन्ने गरेको कुरा सम्झिँदै उनले भनिन्। यसो भन्दै गर्दा उनका आँखा भरिएका थिए।

‘घरमा आर्थिक संकट आएपछि कक्षा १२ मा अध्ययरत भाइ बिदेसिनुपर्‍यो।  चिन्ता लिएर पनि के गर्नु र? भाइको निराशा देख्न नसकेर ऋणमाथि ऋण थुपारी क्रोएसिया नै पठाए,’ रूपाले भनिन्।

म्यानपवार सञ्चालकको बैंक खातामा पैसा नहाल्दा ठूलो पश्चातापमा रहेको रूपा बताउँछिन्। जुन म्यानपावर, एजेन्ट र दलालको हातबाट विदेश जान लागेको हो, यसमा होसियार हुनुपर्ने उनले बताइन्।
‘विदेश जाँदै हुनुहुन्छ भने सम्बन्धित व्यक्तिको बैंक खातामा प्रयोजन खुलाएर मात्रै पैसा हाल्नुहोला। विदेश पुग्नु ठुलो कुरा होइन। त्यहाँ पुगेपछि झन् ठूलो समस्यामा पर्न सकिन्छ। त्यसको लागि पहिला स्वयं सचेत रहन जरुरी छ,’ उनी भन्छिन्।  

सरकारी निकाय मातहत रहेकै ठगी गर्ने म्यानपावरवालालाई कडा कारबाही नगर्दासम्म नेपाली युवा जोखिममा परिरहने वैदेशिक रोजगार उद्धार नेपालका अध्यक्ष इन्द्र गोलेले बताए।

‘सरकारी निकाय नै चुप छ। नेपालमा कानुन छ। तर, त्यसको कार्यान्वयन छैन। यहाँ म्यानपावरको त भर छैन। एजेन्ट र दलालको झन के भरोसा?,’ उनले भने।

‘कामदार विदेश पठाएपछि नेपाल फर्केर नआएसम्म वा श्रम स्वीकृतिको म्यादसम्मको नैतिक जिम्मेवारी म्यानपावर कम्पनीले लिनुपर्छ,’ गोलेले भने, ‘आफूले पठाएका कामदारको अवस्था के कस्तो छ भनी समय समयमा जानकारी लिनुपर्छ। विदेशमा बिचल्ली भएमा वा दुःख पाएमा आकस्मिक रूपमा उद्धार गर्नुपर्छ।’
गैरकानुनी काममा नलागी देशको कानुनअनुसार म्यानपावर कम्पनीले फेसागत मर्यादा र नैतिकतामा रहेर काम गर्नुपर्नु सुझाव गोलेको छ। कानुनविपरीत कार्य गर्ने म्यानपावरलाई कानुनी दाएरामा ल्याउने जिम्मा विभागको रहेको उनले बताए। जोखिममै परेर भए पनि विदेश जाने युवाको सोच भएकै  कारण ठगीमा पर्ने गरेका छन्।
अर्को समाचार
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
०६ वैशाख २०८१
•
४ मिनेट पाठ
कुवेतमा अवैध नेपाली विनाजरिवाना फर्कन पाउने
कुवेतले वैदेशिक रोजगारी वा यात्राका क्रममा विभिन्न देशबाट आएर अलपत्र परेका कामदारलाई आफ्नो देश फर्कन सहजीकरण गर्ने भएको छ। कामको सिलसिलामा वा अन्य देश पुग्ने उद्देश्यले कुवेत ट्रान्जिट परी अलपत्रमा भएका युवा, त्यहाँको भिसा नियम उल्लघंन गरी अवैध रूपमा बसेका वा काम गरिररेका आप्रवासीका लागि कुवेतले आममाफी कार्यक्रम सुरु गरेको हो।




अलपत्रमा परेका तथा अवैध रूपमा बसेका आप्रवासी श्रमिकका लागि १७ मार्च २०२४ देखि १७ जुनसम्म समयतोकी आममाफी घोषणा गरेको हो। विभिन्न देशबाट कुवेत पुगेका युवा जरिवानाका कारण आफ्नो देश फर्कन पाएका थिएनन्।

अवैध रूपमा कुवेत पुगेका युवा आफ्नो देश फर्कन अत्याधिक जरिवाना तिर्नुपर्दा उनीहरू लुकेर बस्न बाध्य थिए। कुवेतसरकारले शून्य जरिवानामा आफ्नो देश फर्कन पाउने व्यवस्था मिलाएको हो।

विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारलाई हरेक जरिवाना थियो। कुवेत सरकारले १० जनवरी २०१६ को सूचना अनुरूप आवासीय कानून उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका विदेशी कामदारहरूलाई जरिवाना तिरेर आफ्नो देश फर्कन वा भिसा लगाएर कुवेत बस्न पाउने विभिन्न व्यवस्था थियो।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको, आपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका बाहेक गैरकानूनी रूपमा कुवेतमा बसोबास गरिरहेका कामदारहरूले आआफ्नो पासपोर्ट वा राजदूतावासबाट जारी गरिएका (ट्राभल डकुमेन्ट) साथमा लिई कुवेतका गभर्नोरेटअन्तर्गतका भिसा कार्यालय/विभागमा गएर जरिवाना तिरेर नेपाल फर्कन पाउने व्यवस्था थियो। त्यतिबेला जरिवाना तिर्दाको समयमै कुवेत छाडेर स्वदेश फर्कने मिति तोकिने र सोही समयभित्र उक्त कामदारले नेपाल फर्किसक्नुपर्ने नियम थियो।

कुवेतको भिसा नियम उल्लघंन गरेको अवस्थामा कुवेतमा विदेशी श्रमिकहरूले ६ सय कुवेती दिनार (दुई लाख ५० हजारभन्दा बढी नेपाली रूपैयाँ) तिरेपछि भिसा नियमित हुने र त्यहीँ काम गर्न पाउने कुवेतले व्यवस्था गरेको छ। तर, यसरी बसेकाहरू आफ्नै देश फर्कन चाहेमा विनाजरिवाना फर्कन पाउने व्यवस्था कुवेतले गरेको हो। जरिवाना तिरेर स्वदेश फर्केकाहरू पुनः कुवेत जान चाहेमा नयाँ प्रक्रियाबाट जान सक्नेछन्।

१६ देखि ४० वर्ष उमेरका युवा नेपालीको आकर्षक श्रम गन्तव्य मुलुक कुवेत पनि एक हो। कुवेतमा एक लाख सात हजारभन्दा धेरै नेपाली रहेको पब्लिक अथोरिटी अफ सिभिल इन्फरमेसन कुवेतले जनाएको छ।

तोकेको अवधिमा आममाफी कार्यक्रममा सहभागी नभएकाहरूलाई फेरि कुवेत जान नपाउनेगरी डिपोर्ट (देश निकाला) गरिने उल्लेख गरिएको छ। त्यस्तै, गत डिसेम्बरसम्मको पब्लिक अथोरिटी कुवेतको तथ्यांकअनुसार ६२ हजार सात सय आठ पुरूष र ४४ हजार सात सय ८१ महिला छन्। जसमध्ये कम्पनीमा करिब ७७ हजार कार्यरत छन्। घरेलु काममा ३० हजारभन्दा धेरै नेपाली छन्। घरेलु काममा कार्यरत महिला ९५.३ प्रतिशत र पुरुष घरेलु कामदार ४.७ प्रतिशत रहेको तथ्यांक छ।

वैदेशिक रोजगार विभागको तथ्याकं अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ४३ हजार पाँच सय सातजना नेपाली युवा श्रम स्वीकृति लिएर कुवेत पुगेका छन्। आवासीय कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा कुवेतमा बस्दै आएका नेपालीहरू भए आममाफी कार्यक्रममा सहभागी हुन कुवेतस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

कुवेती कानुन उल्लंघन गरी विनाभिसा गैरकानुनी रूपमा बसोबास गर्दै आएका कुनै पनि मुद्दा नभएका र यात्रा बन्देज नलगाएका विदेशी कामदारहरू घोषित आममाफीभित्र सिधैं आफ्नो देश फर्कन मिल्ने दूतावासले जनाएको छ। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार कुवेतमा गैरकानुनी रूपमा रहेका विदेशी कामदारलाई तीन महिनाको आममाफीको घोषणा गरिएको हो।

‘आममाफीको सर्त भनेको गैरकानुनी रूपमा बसिरहेका तथा काम गरिरहेका विदेशी नागरिकको हकमा मात्रै हो,’ उनले भने, ‘यसमा कुनै अपराध, मुद्दा मामिलामा तथा अन्य किसिमबाट आएका कुनै जरिवानामा परेका व्यक्तिका लागि होइन। त्यस्ता मुद्दा मामिलामा परेका विदेशी कामदार कुवेतको नियमकानुन पूरा गरेरै आआफ्नो देश फर्कन पाइन्छ।’

उनका अनुसार भिषा नियम उल्लघंन गरेर बसेका वा भिषाको म्याद सकिएका कामदारको हकमा कुवेतमै काम गर्न चाहेमा नयाँ स्पोन्सर खोज्नुपर्छ। ‘विदेशी कामदारले कुवेती ६ सय केडी भिसाको जरिवाना तिरेपछि पुरानो स्पोन्सरको स्वीकृतिमा नयाँ स्पोन्सर खोजेर कुवेतमै बसेर काम गर्न सकिन्छ,’ उनले भने।

कुवेती आवासीय भिसा समाप्त भएको वा एउटा रोजगारदाताबाट भागेर अर्का रोजगारदातासँग काम गरेका कारण भगुवा मुद्दा लागेर गैरकानुनी भएकाले थपिएको अवधिभित्र आफ्नो प्रक्रिया पूरा गरी वैध बन्न पाउने दूतावासले जनाएको छ। आपराधिक गतिविधि गरेर उजुरी परेका वा आपराधिक गतिविधिमा संलग्न र बैंकबाट ऋण लिएका जस्ता हिसाब फर्स्याेट नभएसम्म जान नसक्ने उनले बताए।

गैरकानुनी रूपमा कुवेतमा अवस्थित नेपाली यो सुविधाको प्रयोग गरेर नेपाल समयमै फर्किन दूतावासले अनुरोध गरेको छ। विनाजरिवाना नेपाल फर्कन आममाफी पाएका नेपाली युवा अन्तिम समयमा भीडभाड, विभिन्न कारणले अप्ठेरो पर्ने र आफूले पाउनुपर्ने सुविधाबाट वञ्चित नभई चाँडै नै स्वदेश फर्कदा सहज हुने दूतावासले जनाएको छ।

‘समयअगावै करिब एक महिनापहिले नै यात्रा अनुमतिपत्र दूतावासबाट बनाएर समयमै कामको प्रक्रिया चालेर नेपाल फर्कन अनुरोध गर्न चाहन्छु। गैरकानुनी रूपमा जुन अवस्थामा कुवेत बसिरहनु भएको छ। उहाँहरूलाई विनाजरिवाना स्वदेश फर्कन आममाफीको सुनौलो अवसर हो। यो अवसर नगुमाउँन हार्दिक अनुरोध छ,’ आचार्यले भने।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १९ सेकेन्ड अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस