सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा
०८ पौष २०८०
•
२ मिनेट पाठ
सीपमा पारंगत भएर पनि विदेसिन बाध्य छन् युवा
फाइल तस्बिर
सुर्खेत वीरेन्द्रनगर ३ का मानकुमारी विकले ३० वसन्त पार गरेकी छिन्। उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छिन्। उनी पाककलामा पारंगत छिन्, तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन्। उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश बिदेसिनुपरेको छ।




छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउँछिन्। उनी भन्छिन्, ‘मैले होटेल सञ्चालन गर्न ‘कुक’ को काम जानेकी छु तर लगानी गर्ने ल्याकत नहुँदा बिदेसिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ।’

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्छिन्। ‘म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु। त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्‍यो’, उनले भनिन्।

मानकुमारीजस्तै वडा नं.३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जानेकी छिन्। उनले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाएकी छैनन्। धनाको पारिवारिक आर्थिक अवस्था कमजोर छ। रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा छन्। घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ। स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उनी पनि भारतमै गएर रोजगारी गर्छिन्। चार छोराछोरी र रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन।

‘मैले सिलाइबुनाइको काम जानेकी छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु। एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्‍यो’, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भनिन्।

धना मात्रै होइन, अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन्। उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन्।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए। पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्। वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो। –रासस
अर्को समाचार
कामको खोजीमा बिदेसिनेको संख्या बढ्दै
२७ पौष २०७९
•
४ मिनेट पाठ
कामको खोजीमा बिदेसिनेको संख्या बढ्दै
राजनीतिक दलहरूले चुनावका बेला स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने भने पनि रोजगारीको खोजीमा विदेशिनेको संख्या भने दिनप्रति दिन बढ्दै गएको छ। प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार गठन भए पनि जनताले मुलुकभित्रै रोजगारीको अवसर खडा हुन्छ भन्नेमा आस्वथ हुननसक्दा विदेशीनेहरूके संख्या बढिरहेको हो। चालु आर्थिक वर्षको कात्तिक महिनामा ७१ हजार ३४ जना पुरुष र ७ हजार ३ सय ३६ जना महिला गरेर जम्मा ७८ हजार ३ सय ७० जना युवायुवतीले श्रम स्वीकृति लिई विभिन्न मुलुकमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। त्यस्तै चुनाव सम्पन्न भएको महिना मंसिरमा ६२ हजार ७ सय १३ जना पुरुष र ५ हजार ८ सय ५१ जना महिला गरी जम्मा ६८ हजार ५ सय ६४ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। यही पुस १२ गतेसम्मका तथ्यांकअनुसार २२ हजार ७ सय ५३ जना पुरुष र २ हजार ८७ जना महिला गरी जम्मा २४ हजार ८ सय ४० जना वैदेशिक रोजगारीमा गएका छन्। निवार्चनपछि पनि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी नआएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसाल बताउँछन्।




श्रम स्वीकृति लिएर मलेसिया जान लागेका सोलुखुम्बुका दीपेन्द्र राना मगरले त्रिभुवन विमानस्थलमा बिदा हुँदै गर्दा भने, ‘भोट त हालियो तर अझै देशमा राम्रो काम होला भन्ने विश्वास छैन।’ उनले त्यही कारणले विदेशिन लागेको बताए। विदेशको रोजगारीले आफूलगायत परिवारलाई पनि केही राहत मिल्ने उनको आशा छ। नयाँपनको खोजीको आशा रहे पनि अधिकान्स जनताहरू भोट चाहिँ तिनै पुरानो नेतालाई नै दिएका राना मगरको तर्क छ। केही नेताको जीवनस्तर त माथि उक्लेको छ तर जनताको जीवनस्तर झन् तल तल खस्केको उनको कथन छ। ‘नेताहरूले सुनको कचौरा हातमा लिएर भिख माग्दै गर्दा पनि यहाँ हुनेवाला केही छैन,’ उनले भने, ‘यति सुन्दर र प्रकृतिको धनी देशबिना अर्थमा नै सकिने भयो। हामी जस्तो बेरोजगारले आफ्नो बालबच्चा पाल्नको लागि र बिहान वेलुका हातमुख जोड्नको लागि यहाँ धेरै गाहे हुने भएकोले विदेश जानुबाहेक अरू विकल्प केही छैन।’  

‘दिन प्रति दिनको महँगी बढेको बढ्यै छ। झन् सहज होला भन्यो झन् धेरै बाच्न गाह्रो हुँदैछ। दिनभरि ज्याला गरेर कमाएको पैसाले एक छाक भात खान पुग्दैन। नेता सधैं नेता नै गरिब सधैं गरिबी नै, अनि यो देश कहाँ उकालो लाग्छ र!,’ उनले भने, ‘गन्तव्य मुलुक दिनदिनै फस्टाउँदै गएको छ तर हाम्रो देश नेपाल ओहिलाएको कर्कलोेको पात झैं भएको छ।’

देश उन्नति प्रगतितिर नभई दुर्गतितिर गएको उनको गुनासो छ। ‘यस्तो देशको के आशा छ र अब विदेश नगएर के गर्नु?,’ मगरले भने, ‘हामी गरिबीको आशा र सुझाव भनेकै महँगी घटाऊ भन्ने हो, तर यहाँ त एक दुई रूपैयाँ घटाए झैं गर्दछन् तर १०÷१५ रूपैयाँ बढाएको कसैले देख्दैनन्।’ त्रिभुवन विमानस्थ्लमा भेटिएका सिन्धुपाल्चोकका सोम तामाङ पनि चुनावपछि स्वदेशमा कामको केही भरोसा नलागेपछि उनी पनि पुस १२ गते मलेसिया गए। उनको पनि राना मगरको जस्तै गुनासो रहेको छ। उनले भने, ‘भोटहाल्दा सम्म हरेक आश्वासन दिलाएर भोट हाल्न लगाउँछन्, जितेर गएपछि मान्छे हराउँछन्,’ विदेश जानुको बाध्यता गरिबीको कारण नै रहेको उनले बताए। स्वदेशमा २५÷३० वर्ष हुँदासम्म पनि केही प्रगति गर्न नसकिने उनको भनाइ छ। विदेशमा गएर थोरै पैसा कमाउन सकिएला तर त्यो पैसा सुरक्षित हुनसक्ने उनको अनुमान बताए। यहाँ साथीभाइ, चाडपर्व सबै मनाउँदै गर्दा आफूसँग त्यो चाडबाड मान्न पनि पैसा नहुने खान बस्नलाई नै धौधौ भएको अनुभव तामाङको छ।  

‘आफ्नै स्वदेशमा काम गर्न, परिवारसँग बस्न पाउनुको छुट्टै आनन्द छ नै तर त्यो सेवा सुविधा छैन यहाँ,’ तामाङले भने, ‘सोझा साझा गरिबी जनतालाई प्रलोभनमा पारेर चुनावी ताका उम्मेदवाहरू भोजभत्तेर खुवाएर हुन्छ कि घर परिवारका सदस्यलाई रोजगार दिने जस्ता प्रोत्साहान गरेर भोट दिलाउने बनाउँछन्। तर त्यो आशावादी भाषण केही दिनलाई मात्र सीमित हो।’ यसरी देश र जनताको प्रगती नेताहरूले नदेख्दा गरिबीको पेट पाल्न भए पनि वैदेशिक रोजगारीमा जानुवाहेक अरू विकल्प केही नभएको तामाङले गुनासो गरे।  

तामाङले भने, ‘कतिपय अवस्था त परिवारको खुसी हेर्नको लागि पनि विदेश जानुपर्ने हुन्छ।’ कहिलेकाहीँ त बाँचुन्जेल पैसा र सम्पत्ति भएन, फलानोले यति कमायो, फलानाको छोरोे अमेरिकामा छ, फलानोले घडेरी खारिसक्यो, फलानोको घर गाडी भन्दै परिवारबाट पनि विदेश जानै पर्ने परिस्थिति आएको तामाङले बताए। उनले भने, ‘हुन त नेपालमा परिश्रम गरेर कमाएको पैसाले खानै पुग्दैन, कहाँ घडेरी घर किन्न सकिन्छ र? चाहिएको बेलामा ५ रूपैयाँ दाम गोजीबाट निकाल्न सकिँदैन।’ मान्छे विदेश रहरले कहाँ जान्छन् र बाध्यताले गएको हो, तामाङको भनाइ छ। नयाँ सरकार बने पनि युवाहरूलाई सरकारप्रति केही भरोसा नभएको र विदेशिनेको लर्को उस्तै रहेको तामाङले सुनाए। उनले भने, ‘कठै मेरो देश सरकार जो आए पनि कुरा मुखैको मात्र हो, व्यवहारमा लागु हुन सकेको छैन।’

‘देशको भ्रष्टाचार प्रवृत्ति अन्त्य गर्नुपर्‍यो, गरिबी निवारण गर्नुपर्‍यो, आफ्नै देशमा परिश्रम गर्छु भन्नेलाई पारिश्रमिकअनुसारको ज्याला दिलाइदिनुपर्‍यो, यो नयाँ सरकारलाई मेरो सुझाव छ,’ तामाङले भने। यसरी देश विकास सँगसँगै जनता मौलाउने बाटो पनि विकास गरिदिए दिनप्रतिदिन हजारौं युवा विदेशिन नपर्ने उनले बताए।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस