‘सूचना नदिने ४ अधिकारीलाई जरिवाना, को को परे कारबाहीमा’
०६ पौष २०८०
•
३ मिनेट पाठ
‘सूचना नदिने ४ अधिकारीलाई जरिवाना, को को परे कारबाहीमा’
सार्वजनिक निकायमा जनताले माग गरेको सूचना नदिने कार्यालय प्रमुख कानुन अनुरूप दण्डित भएका छन्। राष्ट्रिय सूचना आयोगले सूचनाको हक अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न चार जना सार्वजनिक निकायका प्रमुखलाई जरिमाना सहित कारबाही गरेको हो।




कारबाहीमा पर्नेमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार रुपैयाँ, सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार, सप्तरी कचनरूप नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रेणुका शाहलाई १५ हजार र कपिलवस्तु जिल्लाको मनकामना सामुदायिक वन उपभोक्ता समितिको कार्यालयका प्रमुख अमित पौडेललाई ५ हजार जरिवाना भएको छ। राष्ट्रिय सूचना आयोगले पुनरावेदन निवेदन माथि आवश्यक कारबाही  गर्दै सूचना दिन आदेश दिएपछि पनि अटेरी गर्ने ती अधिकारीहरूलाई जरिवाना सहित कारबाही गरेको हो।

रौतहट जिल्ला मलोहिया ५ निवासी राजीव दासले त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा २०७८ फागुन ४ मा पुनरावेदन माग गरेका थिए। तर जोशीले सूचना नदिएको भन्दै ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम २० हजार जरिमाना र विभागीय कारबाही  गरेको जानकारी उपलकूलपतिलाई गराएको छ। तर विभागीय कारबाही  बारे त्रिविले आयोगलाई जानकारी नै नदिएको आयोगका सूचना अधिकारी सुदर्शन ढकालले बताए।

त्यस्तै सिराहा नगरपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव विरुद्ध सिराहा नपा ७ का परशुराम शाहले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत समक्ष सूचना माग गरे पनि सूचना नपाएपछि उनले आयोगमा २०७९ जेठ २३ पुनरावेदन निवेदन गरेका थिए। 

त्यस्तै सप्तरी कञ्चन रूप नगरपालिका कार्यालयकी प्रमुख प्रशासकीय अधिकृत शाहलाई पनि १५ हजार रुपैयाँ जरिमाना गरेको छ। शाहसँग सप्तकोसी न.पा ११ निवासी कैलाश माझीले माग गरेको सूचना नपाएपछि आयोगमा २०७७ चैत्र १६ मा पुनरावेदन गरेका थिए।

सूचना माग गरेको १५ दिनमा सम्बन्धित निकायका अधिकारीले निवेदकलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ। नदिएको खण्डमा आयोगमा उजुरी दिने व्यवस्था छ। सूचना नदिएमा वा आंशिक दिएमा वा कार्यालय प्रमुखले गरेको निर्णय चित्त नबुझेमा ३५ दिनभित्र आयोगमा पुनरावेदन दिन सक्ने प्रावधान छ। आयोगले पुनरावेदन निवेदनमा ६० दिनभित्रै आवश्यक कारबाही गर्नुपर्छ। यसरी पुनरावेदनमार्फत सूचना पाउन ९५ दिन लाग्छ। तर यो प्रक्रियाबाट पनि निवेदकले चाहेको सूचना पाउन सकेका छैनन्।

पछिल्लो पाँच वर्षमा आयोगमा सूचना प्राप्तिका लागि परेका ६ हजार २४७ वटा पुनरावेदन निवेदनमा आदेश जारी भएको छ। आव ०७४/७५ मा १ हजार १७६, आव ०७५/७६ मा १ हजार १४४, आव ०७६/७७ मा १ हजार १३, आव ०७७/७८ मा ७५३, आव २०७८/७९ मा १ हजार ८३, आव ०७९/८० मा १ हजार ७८ वटा आदेश भएको आयोगले जनाएको छ।

पुनरावेदन निवेदन उपर भएका आदेश बमोजिम कतिले सूचना पाए भन्ने कुरा भने आयोगलाई जानकारी नहुने सूचना अधिकारी सुदर्शन ढकालले बताए। ‘पुनरावेदनपछि आयोगमा फेरि सूचना नपाएको भन्दै पुनरावेदकबाट निवेदन नपरेकाले पनि सूचना पाएको भन्ने आयोगको बुझाइ हो। पुनरावेदन निवेदन उपर आयोगको आदेशलाई उल्लङ्घन गरी सूचना नदिने प्रवृत्ति छ’, आयोगका सूचना अधिकारी ढकालले भने।

संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने हकको व्यवस्था छ। त्यस्तै सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले सार्वजनिक निकायसँग सूचना माग्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई प्रत्याभूत गरेको छ। तर कानुनअनुसार नागरिकले मागेका सूचना दिने संयन्त्र र संरचना बने पनि पाउन नसक्दा जनताले अनावश्यक हैरानी र दुःख पाइरहेका छन्।
अर्को समाचार
सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ
१६ वैशाख २०८०
•
२ मिनेट पाठ
सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएका छन्।




मध्यपुरथिमि नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले  आयोजना गरेको ‘सूचनाको हक र सार्वजनिक निकायको भूमिका’ विषयक कार्यशालामा उनले संविधानले नागरिकलाई शक्तिशाली बनाएको बताए।

देशका सबै सार्वजनिक निकायले पारदर्शीता, जवाफदेहिता, इमान्दारिता हुँदै भ्रष्टाचार नियन्न्त्रण गर्ने र सूचना व्यवस्थितरुपमा सार्वजनिक गर्दै जानुपर्ने बताए।

विश्वमा एक सय ३५ राष्ट्रमा सूचनाको हकसम्बन्धी कानुन रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले यो मानव अधिकारका रुपमा स्थापित बनेको बताए। सबै नागरिककोमा अधिकांश सूचना पु¥याउनै नसकिएको चर्चा गर्दै उनले भने,  ‘आयोगमा नौ हजारभन्दा बढी पुनरावेदन परेको छ, अहिलेसम्म ३३ जनालाई कारबाही गरिसक्यौँ। सकेसम्म आयोगले कसैलाई सूचना नदिएकै आधारमा कारबाही गर्न नपरोस् भन्ने हो, त्यसका लागि कानुनले देऊ भनेका सूचना सहजरुपमा दिनुस्।’

नगरपालिकाले कार्यालयको सबै निर्णयको अभिलेखीकरण राख्ने, दैनिक आफ्नो वेभसाइटमा सार्वजनिक गर्ने, तीन तीन महिनामा सबै सूचना सार्वजनिक गर्ने गरेमा सूचना माग्न आउनेको पनि कमी हुने उनको  भनाइ थियो।

कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष एवं वरिष्ठ पत्रकार तारानाथ दाहालले लामो समयको आन्दोलनपछि आएको सूचनाको हकसम्बन्धी कानुनको सबैले प्रयोग गर्नुपर्ने औँल्याए।

सूचनाको हक आफैँमा स्थानीय तहदेखि सबै सार्वजनिक निकायलाई अनुगमन गर्ने कार्य पनि हो भन्दै उनले यसले प्रत्येक नागरिकलाई प्रश्न सोध्ने अधिकार रहेको बताए। कार्यक्रममा सामुदायिक सारथीका प्रमुख ताराबहादुर भण्डारीले सूचनाको हक कार्यान्वयन र यसको आवश्यकता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विश्वमा रहेको यसको अभ्यास र नेपालमा सूचनाको हकको प्रयोगका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदी, नगरपालिकाका महाशाखा प्रमुख एवं सूचना अधिकारी केशव सिलवाल लगायतले सूचनाको हकको कार्यान्वयनले सार्वजनिक निकायको पनि जिम्मेवारी बढेको बताए।  
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस