पारपाचुके भएका अभिभावकहरूमध्ये अधिकांश अवस्थामा पिताहरू तिनका छोराछोरीको बिहे बटुलो र अन्य सांस्कृतिक कार्यक्रममा निम्तो नपाउने, छोराछोरीद्वारा कम खोजिने गरेको र यस कारणले आफूहरू बढी परित्यक्त बाबु बन्ने गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले आफ्ना सन्तानबाट जीवनको कालखण्डमा परित्यक्त भएको महसुस गर्ने गरेको हालै प्रकाशित एक अमेरिकी तथ्यांकले देखाएको छ।
पारपाचुकेपछि जुन बाबुले बिहे गर्दैन वा गरे पनि तिनलाई तिनका सन्तानले नसम्झने क्रम जीवनको उत्तराद्र्धमा बढ्ने पनि अध्ययनले देखाएको छ। पारपाचुकेपछि प्रायः सन्तान आमाहरूले हुर्काएको अवस्थामा पिताप्रति मोह घट्ने वा एक किसिमले घृणा नै गर्ने पनि देखिएको छ।
सन् १९९० मा यस्तो प्रवृत्ति २८ प्रतिशत थियो भने सन् २०१६ मा बढेर ४० प्रतिशत पुगेको देखिएको छ।
अध्ययनमा पारपाचुके पिताहरूले जीवनको एक मोडमा छोरीहरूद्वारा नसम्झिएकोमा गुनासो गर्ने गरेको पाइएको छ। गुनासो गर्नेहरूमा २६ प्रतिशत एकल पुरुष रहेका थिए।
मनोविज्ञानका ज्ञाता तथा ‘लोन्ली एट द टपः द हाइ कस्ट अफ मेन्स सक्सेस’ पुस्तकका लेखक थोमस जोइनर लेख्छन्, ‘बुढेशकाल लाग्दै जाँदा एकल पुरुषले आफ्ना सन्तानसँग मात्र होइन, अरूसँग पनि सम्बन्ध सुमधुर बनाउन सक्दैन। उसले नयाँ पुस्तासँग सम्बन्ध गाँस्न जान्दैन, सक्दैन। पुराना साथीभाइहरू पनि छुटिसकेका हुन्छन्। यस्तोमा उसले आफूलाई एक्लो महसुस गर्नु स्वाभाविक हो।’

बालबालिकाहरू हुर्कंदै गएपछि एकल पिताप्रतिको स्मृति विस्तारै कमजोर हुँदै जाने, पिताको सम्झना कम हुनेजस्ता कुराहरू सामान्य हुने मनोविज्ञानका अध्येता फ्रांक फस्टेनबर्ग बताउँछन्।यो अध्ययन हालै ‘जर्नल अफ म्यारिज एन्डफ्यामिली’मा प्रकाशित भएको हो। अध्ययनलाई रिन र गरेका थिए।
अध्ययनमा पारपाचुके पिताहरूले जीवनको एक मोडमा छोरीहरूद्वारा नसम्झिएकोमा गुनासो गर्ने गरेको पाइएको छ। गुनासो गर्नेहरूमा २६ प्रतिशत एकल पुरुष रहेका थिए।
दोस्रो बिहे गरिसकेका पुरुषहरूसँग भने आफ्ना सन्तानसँग सुखद् सम्बन्ध बन्ने गरेको र त्यसले उनीहरूसँग जीवनभर एउटा राम्रो सम्बन्ध निर्माण हुने गरेको देखिएको छ। यता सौतेनी बाबुसँग केही बालबालिकाको सम्बन्ध सुमधुर बन्न नसकेको पनि अनुभव हुने गरेको तथ्यांकमा देखिएको छ।सौतेनी बाबुको प्राथमिकता आफ्नै नयाँ सन्तानप्रति हुने र पहिल्यै अर्कै पुरुषबाट जन्मिएका सन्तान कम प्राथमिकता पर्ने गरेको देखिएको छ। ती सन्तान हुर्किएपछि नयाँ बाउसँग पनि राम्रो सम्बन्ध बनाउन सक्तैनन् र आफ्नै बाउसँग पनि उनीहरू भावनात्मक रूपमा जोडिन सक्तैनन्।
मनोविज्ञानका ज्ञाता तथा ‘लोन्ली एट द टपः द हाइ कस्ट अफ मेन्स सक्सेस’ पुस्तकका लेखक थोमस जोइनर लेख्छन्, ‘बुढेशकाल लाग्दै जाँदा एकल पुरुषले आफ्ना सन्तानसँग मात्र होइन, अरूसँग पनि सम्बन्ध सुमधुर बनाउन सक्दैन। उसले नयाँ पुस्तासँग सम्बन्ध गाँस्न जान्दैन, सक्दैन। पुराना साथीभाइहरू पनि छुटिसकेका हुन्छन्। यस्तोमा उसले आफूलाई एक्लो महसुस गर्नु स्वाभाविक हो।’
प्रस्तुतिः अच्युत कोइराला