प्रधान सेनापतिको रोल क्रममा रहेका अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। प्रधानसेनापति प्रभुराम शर्माले रिक्त रथीमा बढुवा सिफारिस सिग्देलको जन्म मितिमा कैफियत नै कैफियत रहेको भन्दै अख्तियारमा उजुरी परेको हो। उपरथी सिग्देलको जन्म २०२१ र २०२३ साल गरी दुई पटक भएको प्रमाण फेला परेको छ।
उनले नागरिकताको प्रतिलिपि निकाल्दा जन्म मितिमा हेरफेर गरेको भेटिएको छ। त्रिविको अभिलेख र एसएलसीको अभिलेखमा केरमेट गरी प्रमाणपत्र बनाएको भन्दै सेनाकै कर्मचारीहरूले अख्तियार दुरुपयोग आयोगमा सिग्देल विरुद्ध उजुरी दर्ता गरेका छन्।
रुपन्देही सिद्धार्थनगर ७ स्थायी ठेगाना भएका सिग्देलले रथीमा बढुवाको सिफारिसको लागि जन्म मितिमा हेरफेर गरी नक्कली प्रमाणपत्र पेस गरेको भन्दै बढुवा रोक्का गर्नु पर्ने माग गर्दै सेनाकै अधिकृतहरूले उजुरी हालेका हुन्। सुरुको कागजमा उनको जन्ममिति २०२१ चैत्र १९ गते कायम भएको थियो। उनले २०३९ सालमा एसएलसी परीक्षा दिँदा ८८०५९ डब्लू थियो। यस बखत परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले समेत विसं २०२१ साल चैत्र १९ गते नै कायम गरी तथ्याङ्क सुरक्षित गरेको छ। तर २०४३ सालमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भक्तपुरमा रहेको सुपिङ मल्टिपल क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख केआरएस राथौडको मिलिभगतमा आफूखुसी उनको जन्ममिति २०२३ साल माघ १९ गते बदलिएको आरोप छ।
यस्तो नक्कली कागज भेटेपछि सेनाका अधिकृतहरूले उपरथी सिग्देलको बढुवा रोक्का गरिदिन भन्दै अख्तियार दुरुपयोग आयोगमा मंसिर १४ गते उजुरी दर्ता गराएका छन् भने यसअघि उनी विरुद्ध रक्षा मन्त्रालयमा समेत उजुरी दर्ता भएको छ। ‘हाल रिक्त रहेको नेपाली सेनाको रथी पदका लागि वरिष्ठ उपरथी अशोक सिग्देलको नाम सिफारिस गरिएको छ। तर उनले आफ्नो जन्ममिति चलाखी गरी सच्याउनु भएको प्रमाण हामीलाई फेलाप¥यो,’ सेनाको उजुरी कर्ताले भने, ‘यो कुरा हामी जुनियर अधिकृतहरूलाई थाह छ।’ यसअघि पनि रथीमा बढुवा भएका ताराध्वज पाण्डेका विषयमा पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएका थिए।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...