राष्ट्रिय पर्व छठ जलाशयमै गएर घाटमै मनाउनु पर्ने संस्कृति भए पनि पछिल्लो समय घरका छतमै मनाउने चलन बढ्न थालेको छ। यसको उदाहरण आइतबार र सोमबार काठमाडौंको टंकेश्वरस्थित विष्णुमती नदीमा देखिने छठ ब्रतालुहरुको भिड कम थियो भने घरघरका छत भरिएका थिए।
जलाशायहरु फोहोर, दुर्गन्धित र ज्यादै भिडभाड हुने भएकाले विकल्पका रुपमा छतमै छठ मनाउने चलन बढ्न थालेको काठमाडौं वाफलकि पुनम रौनियारले बताइन्।
उनी आठ वर्षदेखि छठ व्रत बस्दै आएकी छिन्। विगतमा नदिमा गएर व्रत बस्ने गरेको भए पनि कोरोना अवधिमा छठ पर्व घरको छतमा मनाउन सुरु गरेको सुनाइन्।
उनले मन चोखो भए बाटाको पानीमै भगवान् भेटिने बताउँदै आफ्नो भोजपुरी भाषामा उखान भन्छिन् ‘मन चंगा त कठौती में गंगा।’ (चोखे मनले पूजा गरे घरमै भगवान् भेटिन्छन्।)
पुनमका अनुसार घरको छतमा इँटा र सिमेन्टले बारेर पोखरी जस्तै छतमा बनाइएकोमा गंगाजल र पानी मिलाएर जलाशय बनाएर फुल र रंगीचंगी कपडाले सजाइएर घाट बनाइयो। त्यही घाटलाई जलाशय मानेर वरिपरि दियो बत्ती बालेर छठ पूजा सामग्री ठेकुवा, पुरी, फलफूल लगायतलाई बासको दौरीमा सजाएर पूजा गरेको सुनाइन्।
‘एक त विष्णुमती नदिमा ढल बग्ने भएर धेरै फोहोर र दुर्गन्धित छ भने नदी किनारमा बस्ने ठाउँ समेत व्यवस्थित छैन,’ पुनमले विगतमा पूजा गर्दा भोगेको भोगाइ सुनाइन् ‘जलाशयमा नुहाएर खुटा डुबाएर चिसो शरीरले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनु पर्ने छठको मुख्य चलन हो। तर विष्णुमतीको पानी खुटामा पर्दा खुटा चिलाउने र एलर्जी हुन्छ।’
उनी थप्छिन् ‘सरकार, महानगरपालिका तथा वडा कार्यालयले कम्तीमा महान् पर्व छठमा नदी, खोला तथा जलाशय सरसफाईमा ध्यानदिनु पर्ने हो। तर कहिल्यै नदी सफाइतिर ध्यान दिएको हामीलाई लागेन। त्यही भएर सहजतासाथ घरको छठमा श्रद्धा र भक्तिभावसाथ स–परिवार बसेर छठ मनायौँ।’
यस पटक कालिमाटी क्षेत्रको विष्णुमती नदी किनार छठमा पनि खालि देखियो। भिडभाड थिएन। लगनटोलकी बेवी गुप्ताले पनि नदी फोहोर र अव्यवस्थित भएकै कारण घरको छतमै कृत्रिम नदी बनाएर छठ मनाएको सुनाइन्।
‘खासमा छठ व्रत भनेको नदी तलाउ तथा जलशालयमै गएर नदिको पानीमा खुटा डुबाएर उभिएर पूजा गर्नु पर्छ। पर्वकै बहानामै भएपनि वर्षभरि मेट नभएका इष्टभित्र भेट हुने र एक अर्कासँग खुसीयाली साट्ने पनि परिवारसहित जलाशयमा पुग्ने गरिन्थ्यो,’ बेबीले गुनासो गरिन्, ‘तर सरकारले कहिल्यै नदी, खोला र तलाउको संरक्षण गरेको हामीलाई अनुभूति भएन। बरु थप दुर्गन्धित हुँदै गएको छ। यस कारण मैले सपरिवार यस पालिको छठ छतमै जलाशय बनाएर गंगाजल र पानी तथा सिँगारिएर बनाएको कृत्रिम घाटमै पूजा गरि श्रद्धा र सहज रुपमा छठ व्रत सम्पन्न गरे।’
विगत ६० वर्षदेखि छठ व्रत बस्दै आएकी सुनधाराकी ७३ वर्षीय मायादेवी रौनियार पनि अचले नदी तलाउ फोहोर हुँदै गएको कारण उनका दुई जना बुहारीले पनि घरको छतमै छठ गरेको सुनाइन्।
‘५० वर्ष अघि विष्णुमती नदी किनारमा हामीले छठ व्रत बस्दा कति आनन्द महसुस हुन्थ्यो ज्यादै निश्चल पानी बग्थ्यो। हामी जलशालयमै नुहाएर पानीमा डुबुल्की लगाएर चिसो शरीरमै नदिमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाउने गरेका थियौँ,’ मायादेवीले विगत सम्झेर रमाउँदै भनिन् ‘यति मात्र कहाँ हो र छठमा सबै परिवार आउँदा छोराछोरीलाई घाटमा देखाउने माध्यम पनि थियो छठ पर्व। अनि विवाह समेत तय हुन्थ्यो। रात्रिमा हामी घाटमै जागरम बसेर समेत व्रत बस्थ्यौं। र आज हेर्नुस्। नदी दुर्गन्धित भएकै कारण किनारमा उभिन सक्ने अवस्था छैन। त्यही भएर सहज र सरल रुपममा मेरा बुहारीलाई मैले छतमै छठ व्रत बस्न लगाए। के गर्ने अब ? सरकारले मात्र होइन अब त स्थानीय सरकार र नगरपालिकाका मेयरले पनि आफ्नो क्षेत्रको जलाशय सफाइमा ध्यान दिनुपर्यो।’
एकातिर केही व्रतालुले नदी फोहोर भएकोले छतमा कृत्रिम घाट बनाएर छठ मनाए भने अधिकांशले विष्णुमती खोल दुर्गन्धित र फोहोर तथा अव्यवस्थित भए पनि खोला किनारमै बसेर मनाए।
अरू समयमा विष्णुमती किनारमा जान समेत त्रास मान्ने छठ परमेश्वरी प्रतिको आस्था र विश्वासकै कारण आफूहरू खोला किनारमै आएर बसेर धर्मको मर्म अनुसार व्रत पूजा गरेको छठ व्रतालु निर्मला देवी रौनियारले बताइन्।
५५ वर्षीय निर्मला विगत ३५ वर्षदेखि छठ व्रत बस्दै आएकी छिन्। ‘मेरो जेठो छोरा पाउनासाथ हाम्रो परम्परा अनुसार छठ व्रत बस्दै आए। कोरोना कालमा मैले नि छतमा गरे तर मनै मानेन,’ निर्मलाले सोमबार उदाउँदो सूर्यलाई विष्णुमती किनारमै अर्घ दिएसँगै भनिन् ‘हेर्नुस् त खुला जलाशय जति फोहोर भएनि हाम्रो आस्था र विश्वासका कारण हामीलाई यही पानी गंगा लाग्ने,’ उनले थपिन्,‘यसो हो भन्दैमा सरकारले नदी भने फोहोर गर्न मना गर्नु पर्छ। सफाईमा ध्यान दिनै पर्छ।’
संस्कृतिविद् रामभरोस कापडी (भ्रमर) का अनुसार छठ पर्व लोक आस्था र संस्कृतिको परम्परागत विधिविधानसंगत गर्नु पर्ने पर्व हो। यसमा पवित्रता र सुद्धताको विशेष ख्याल राख्नु पर्छ। छठ पर्वकै प्रकृति पूजासँग जोडिएकोले पर्वकै निहुँमा नदी, तलाउ तथा पोखरीहरु स्वच्छ, सफा र पवित्र गर्ने परम्परा छ।
कम्तीमा वर्षको एक पटक छठकै निहुँमा देशभरिका व्रतालु, जनसमुदाय, टोल, छिमेक र स्थानीयबासीहरु मिलेर नजिकैको जलशालयलाई सफा गर्ने, पानी स्वच्छ पार्ने, घाट सिँगार्ने काम गर्ने गरेको संस्कृतिविद् कापडको ठहर हो।
‘प्रकृतिमा देखिने सूर्य देव नै हुन्। सबै समान हुन् भने समातानको भावना समेत छठले दर्शाएको छ। किन भने यो पर्वमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अर्घ दिएर पूजा गरेपछि मात्र पर्व सम्पन्न हुन्छ,’ संस्कृतिविद् कापडी भन्छन् ‘यही आधारमा व्रतालुहरू परिवारसहित नदी, खोला, तलाउ लगायत जलाशयमा गएर नुहाएर सफा भएर कम्मरसम्मको पानीमा उभिएर सूर्यको अर्घ दिन्छन्। यो हाम्रो लोक आस्था र विश्वास हो। कुनै शास्त्रीय विधान भने छैन।’
उनले थपे ‘नदी सफाई नगर्नु हाम्रो गल्ती हो अनि आफ्नो गल्ती ढाकछोप गर्न मनलाग्दी तरिकाले छतमा छठ मनाउनु हुँदैन। स्वच्छता पवित्रतादेखि हामी पछि भाग्न मिल्दैन।’
उनले नगरपालिका, गाउँपालिका, स्थानीय सरकार, समुदाय तथा केन्द्र सरकारले बजेट छुटाएर नदी खोला सफाई गर्नु पर्नेमा जोड दिए।
‘संस्कृति दृष्टिले छतमा छठ उचित होइन। छठ पर्व कृषितन्त्रमा आधारित पर्व हो,’ उनले भने ‘जसरी दिपावदीमा दियो बालेर उमंगसाथ मनाउँदा लामखुटे मर्ने, हुकाकैली बालेर खेतमा दिवपालिमा राख्नुको मूल कारण किटनाश गर्नु र अन्नबाली राम्रो उब्जनीमूलक पार्नु हो।’
उनले थपे ‘यसैगरी छठ पर्व पनि जलाशयमा मनाउँदा जलाशय सफा स्वच्छ र पवित्र बनाउनु नै हो। नदी जीवन पद्धतिको प्रमुख स्रोत भएकोले पनि राज्य लागेर बजेट छुटाएर भएपनि छठ पर्वकै निहुँमा सफाई अनिवार्य गर्नुपर्छ।’
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...